"आदिमा ___________”
(उत्पत्ति १:१)
“शुरुमा _________ हुनुहुन्थ्यो”
(यूहन्ना १:१; "वचन" को हुनुहुन्छ भनेर जान्न पद १४ हेर्नुहोस्)
सबभन्दा शुरुमा के थियो? सबभन्दा प्राचीन अस्तित्व केको वा कसको थियो? सबभन्दा शुरुको घडीमा यदि फर्केर जान सम्भव भएको भए, त्यहाँ हामीले परमेश्वरको अस्तित्व रहेको पाउनेथ्यौं। परमेश्वर सधैं हुनुहुन्थ्यो। परमेश्वरको अस्तित्व नभएको कुनै घडी थिएन। सबै कुराभन्दा अगाडि परमेश्वर हुनुहुन्थ्यो।
परमेश्वरको शुरुआत नै थिएन! उहाँ शुरूदेखिनै हुनुहुन्थ्यो (यूहन्ना १:१, १ यूहन्ना १:१)। परमेश्वरको शुरुआत थिएन तर तपाईंको शुरुआत भने थियो। तपाईंको शुरुआत कहिले भएको हो? ______________________ (आफ्नो जन्म मिति लेख्नुहोस्)। मनुष्य (मानव जाति) को एक शुरुआत थियो: “के तिमीहरुले पढेका छैनौ? _______मा जसले तिनीहरुलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरुलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)। “के तिमीहरुले पढेका छैनौ?” भनी सोध्नुहुँदा प्रभुले उत्पत्तिको पुस्तकको एउटा खण्डको विचार गर्दैहुनुहुन्थ्यो जसलाई उहाँका श्रोता (फरिसीहरु) ले अवश्य बुझेका थिए। मानव जातिको पहिलो बाबु-आमाको सृष्टिको बयान गर्ने उत्पत्ति अध्याय १ का पदहरु कुन-कुन हुन्? उत्पत्ति १: __________।
संसार (आकाश र पृथ्वी) को पनि एक शुरुआत थियो (हेर्नुहोस् उत्पत्ति १:१)। एक समय (उत्पत्ति १:१ भन्दा अघि) थियो जब संसारै थिएन! तर सृष्टिकर्ता स्वयं नहुनुभएको कुनै समय थिएन! सृष्टिकर्ता ___________ ________ हुनुहुने (यशैया ५७:१५) व्यक्ति हुनुहुन्छ!
प्रस्थान २०:११ लाई ध्यानपूर्वक पढ्नुहोस्। सृष्टिका यी छ दिन अघि त्यहाँ आ______ थिएन, पृ____ थिएन, स______ थिएन। साथै आ_______मा कुनै कुरा (पंक्षी, तारा आदि) थिएन, पृ____मा कुनै कुरा (मानिस, पशु, बनस्पति आदि) थिएन अनि स______मा कुनै कुरा (माछा, अन्य जलजन्तु आदि) थिएन किनभने यी छ दिन अघि त्यहाँ न आ______ थियो न पृ_____ न स______! यी सबैको शुरुआत थियो!
शैतानको समेत एक शुरुआत थियो: “त्यो ______देखि नै हत्यारा थियो” (यूहन्ना ८:४४)। शैतानले ______देखि नै पाप गर्दै आएको छ” (१ यूहन्ना ३:८)। उसको पतन हुनभन्दा (हेर्नुहोस् यशैया १४:१२-१५) अघि र उसले आफ्नो पापपूर्ण र हत्यापूर्ण क्रियाकलाप शुरु गर्नभन्दा अघि ऊ एक स्वर्गदूत थियो जसको नाम “वि______को ______” (यशैया १४:१२) थियो जसलाई किङ्ग जेम्स् बाइबलमा “लुसिफर” भनी रुपान्तर गरिएको छ। तर शैतानको समेत एक शुरुआत थियो किनकि एक निश्चित दिनमा उसको सृष्टि भएको भनी बाइबलले उल्लेख गर्दछ: “तँ _________को ______देखि तँमा अधर्म फेला नपरेको दिनसम्म, तेरो चाल-ढङ्गमा तँ निर्दोष थिइस्” (इजकिएल २८:१५; पद १३ पनि हेर्नुहोस्)।
अन्य स्वर्गदूतहरुको पनि शुरुआत थियो: “किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरु, देखिने र नदेखिने (हामी स्वर्गदूतहरु देख्न सक्दैनौ) कुराहरु, चाहे सिंहासनहरु चाहे प्रभुताहरु, चाहे प्रधानहरु, चाहे अधिकारीहरु (यी शब्दहरुले स्वर्गदूतहरुलाई जनाउँदछन् – हेर्नुहोस् रोमी ८:३८; एफेसी १:२१; ३:१०; ६:१२; कलस्सी २:१०,१५), ______ उहाँद्वारा नै ______ __________ हुन्; सबै कुराहरु उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्” (कलस्सी १:१६)। तर सृष्टिकर्ता परमेश्वरको शुरुआत थिएन!
जोडा मिलाउनुहोस्:| १.
______ परमेश्वरको शुरुआत २. ______ लुसिफरको शुरुआत ३. ______ स्वर्गदूतहरुको शुरुआत४. ______ संसारको शुरुआत ५. ______ मानवजातिको शुरुआत |
(क) इजिकिएल २८:१३,१५ (ख) उत्पत्ति १:१ (ग) उत्पत्ति १:२६-२७(घ) उहाँको शुरुआत थिएन! उहाँ सधैंदेखि हुनुहन्थ्यो!! यूहन्ना १:१ (ङ) कलस्सी १:१६ |
टिप्पणी: “उत्पत्ति” को पुस्तक शुरुआतहरुको पुस्तक हो। यस पुस्तकमा हामीलाई संसारको शुरुआतको (उत्पत्ति १:१), मानिसको शुरुआतको (उत्पत्ति १:२६), पाप र मृत्युको (उत्पत्ति २:१७; ३:६) र विवाहको शुरुआतको (उत्पत्ति २:२४) बारेमा बताइएको छ। यस पुस्तकमा अन्य कुन कुराहरुको शुरुआतहरुको बारेमा बताइएको छ?

कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघि नै परमेश्वर हुनुहुन्थ्यो: “अनि सबै कुराहरुका ______ उहाँ हुनुहुन्छ” (कलस्सी १:१७)। उहाँ “परमेश्वरको सृष्टिका ______ हुनुहुन्छ” (प्रकाश ३:१४ लाई कलस्सी १:१५ सित दाँज्नुहोस्)। यसको मतलव कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघिको घडीमा यदि हामी फर्केर जान सम्भव भएको भए त्यहाँ हामीले परमेश्वरको अस्तित्व पाउनेथ्यौं। भजनसंग्रह ९०:२ मा परमेश्वरको जन मोशाले यसरी लेखे: “पहाडहरु उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, _________देखि _________सम्म तपाईं नै ______________ हुनुहुन्छ।”

भजनसंग्रह ९०:१० मा मोशाले मानिसको औसत आयु ________ वर्ष छ भनी बताएका छन्। के सबै यति नै जिउँछन्? ____________। उक्त पदमा मोशाले कतिपय मानिस ________ वर्षसम्म बाँच्दछन् भनी बताएका छन्। तपाईंले त्यति उमेर पुग्नुभएका वा त्योभन्दा बढी उमेर पुग्नुभएका कतिजनालाई चिन्नुभएको छ? मोशा कति उमेरमा मरे (व्यवस्था ३४:७)? ________________। मानिसको अल्प आयु र परमेश्वरको अनन्त जीवनबीच रहेको ठूलो अन्तरलाई बिचार गरौं:

शिक्षकलाई निर्देशन: कक्षामा एउटा मैनबत्ती वा सलाइ बाल्न सक्नुहुन्छ (होश गर्नुहोस्!)। अब त्यसलाई निभाउन कसैलाई फुक्न लगाउनुहोस् र सबैलाई त्यसको धुवाँलाई अवलोकन गर्न लगाउनुहोस् जबसम्म त्यो विलिन भएर जाँदैन। सो बिलिन हुन कति समय लाग्यो?
अब याकूब ४:१४ पढ्नुहोस्। तपाईंले भर्खरै आफ्नो जीवनको एउटा दृष्टान्त देख्नुभयो! यसलाई यशैया ४०:६-८ र १ पत्रुस १:२४-२५ सित दाँज्नुहोस्।
यसको दाँजोमा परमेश्वरको अनन्त र अविनाशी जीवन कति फरक छ! निम्न पदहरुलाई विचार गर्नुहोस्:

अल्फा (Α) ग्रीक वर्णमाला (अल्फाबेट) को पहिलो अक्षर हो।
ओमेगा (Ω)ग्रीक वर्णमालाको अन्तिम अक्षर हो।
सृष्टिकर्ता परमेश्वर प्रथम र अन्तिम, शुरु र अन्त, अल्फा र ओमेगा हुनुहुन्छ!! उहाँ सृष्टि गरिनुभएको होइन। उहाँ जन्मिनुपरेन। उहाँको अस्तित्वको शुरु छैन। उहाँको उत्पत्ति छैन। उहाँको शुरु छैन।उहाँ सधैं नै हुनुहुन्थ्यो! उहाँ परमेश्वर हुनुहुन्छ, "जो ____________, जो _____________ र जो ______________" (प्रकाश १:४,८; हेर्नुहोस् प्रकाश ३:१४ र यूहन्ना ८:५८)। सृष्टिकर्ताको शुरुआत थिएन!! "शुरुमा परमेश्वर"।
"आदिमा ______________ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो" (उत्पत्ति १:१)। यस पदअनुसार, सृष्टिकर्ता को हुनुहुन्थ्यो? ______________। यहाँ हिब्रू शब्द "एलोहीम" लाई "परमेश्वर" भनी अनुवाद गरिएको छ। "एलोहीम" को "ईम" प्रत्ययले हिब्रू भाषामा बहुवचनको संकेत दिन्छ। नेपाली भाषामा बहुवचन जनाउन "हरू" प्रत्यय लगाइन्छ। निम्न शब्दहरूलाई बहुवचन बनाउनुहोस्:
| १) कुकुर____ २) कलम____ ३) खरबुजा____ |
४) हजुरआमा____ ५) ईश्वर____ ६) चरा___ |
राम्रो! अब निम्न हिब्रू शब्दहरूलाई बहुवचन बनाउनुहोस्:
त्यसैले "एलोहीम" एक बहुवचन शब्द हो। बाइबलमा धेरैचोटि एलोहीम शब्दले "ईश्वरहरू" लाई अर्थात् झूटा ईश्वरहरूलाई जनाएको पाइन्छ:
सत्य परमेश्वरलाई जनाउन एलोहीम प्रयोग गरिँदा (जस्तै उत्पत्ति १:१ मा) यसलाई नेपालीमा "परमेश्वर" रूपान्तर गरिएको छ। तर "ऐलोहीम" एउटा बहुवचन शब्द हो! त्यसो भए उत्पत्ति १:१ लाई नेपालीमा "आदिमा परमेश्वरहरूले आकाश र पृथ्वी सृष्टि गर्नुभयो"? भनेर लेखिनुपर्नेथियो त? परमेश्वर कतिओटा हुनुहुन्छ (१ कोरिन्थी ८:५-६; मर्कूस १२:२९-३०; व्यवस्था ४:३९; यशैया ४४:६-८; ४५:५-६)? ________। के संसार तीनओटा परमेश्वरहरूद्वारा सृष्टि गरिएको हो? ______।
उत्पत्ति १:१ को "सृष्टि गर्नुभयो" भन्ने क्रियापद एकवचन क्रियापद हो अनि यसलाई "उहाँले सृष्टि गर्नुभयो" भनी अनुवाद गर्न सकिन्छ। त्यसैले, "आकाश र पृथ्वी कसले सृष्टि गर्नुभयो?" भन्ने प्रश्नको जवाफ दुइटा छ:
त्यसैले संसार सृष्टि गर्नुहुने दुवै एकवचन पनि बहुवचन पनि हुनुहुन्छ! उहाँ एक हुनुहुन्छ तर साथै उहाँ एकभन्दा धेरै पनि हुनुहुन्छ! उहाँ "बहु-एक" हुनुहुन्छ! ब्यवस्था ६:४—"सुन, हे इस्राएल" हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुभएको हुनाले, हामीले उहाँलाई कसरी प्रेम गर्न सक्छौं (ब्यवस्था ६:५)? ____________________________________________________________________ ________________________। दुइटा परमेश्वरहरू हुनुभएका भए, के हामीले दुवैलाई त्यसरी प्रेम गर्न सक्नेथ्यौं होला (लूका १६:१३)? ______________।
उत्पत्ति १:२६-२७ मा पनि परमेश्वरको "बहु-एकता" देख्छौं। पद २६ ले परमेश्वर "बहु" हुनुहुन्छ भनी देखाउँछ। पद २७ ले परमेश्वर एउटै हुनुहुन्छ भनी देखाउँछ।
"फेरि _________ (एलोहीम) ले भन्नुभयो, 'मानिसलाई ______ प्रतिरूपमा _______' (उत्पत्ति ३:२२; ११:७; यशैया ६:८)।
"यसैकारण परमेश्वरले मानिसलाई _______ स्वरूपमा _______ ___________ (एकवचन क्रियापद - उहाँले सृष्टि गर्नुभयो)। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई _______ ___________। नर र नारी नै गरी _______ तिनीहरूलाई _______ ______________।"
सृष्टिकर्ता कसरी "बहु" पनि "एक" पनि हुन सम्भव छ? सृष्टिकर्ता कसरी "बहुएक" हुन सम्भव छ? यसको जवाफ नयाँ नियममा छ जहाँ हामी पाउँछौं कि एउटै परमेश्वर तीन व्यक्तिहरूमा हुनुहुन्छ।
| मत्ती २८:१९ | २ कोरिन्थी १३:१४ |
| १) ______________________ २) ______________________ ३) ______________________ |
१)
______________________ २) ______________________ ३) ______________________ |
यस सत्यतालाई परमेश्वरको त्रिएकता भनिन्छ:

यो बुझ्नलाई यसरी विचार गर्न सकिन्छ: पानी ३ भिन्न रूपहरूमा पाइन्छ (१. बरफ २. तरल ३. बाफ) तरैपनि प्रत्येक रूप पानी नै हो र प्रत्येक नै एउटै तत्व (H2O) ले बनेको छ। अब, परमेश्वर ३ भिन्न व्यक्तिहरू (१. पि__ २. पु__ ३. प____ आ____) मा हुनुहुन्छ तरैपनि प्रत्येक व्यक्ति परमेश्वर नै हुनुहुन्छ र प्रत्येकमा एउटै तत्व समानरूपमा छ। परमेश्वर आफैंमा जे-जस्तो हुनुहुन्छ त्यसलाई परमेश्वरको तत्व भनिन्छ।
|
परमेश्वरको तत्व |
||
|
परमेश्वर यस्तो हुनुहुन्छ |
||
| सर्वशक्तिमान | सर्वज्ञानी | बद्धिमान |
|
सर्वव्यापी |
अपरिवर्तनीय |
विश्वासयोग्य |
|
सत्य |
अनन्त |
प्रेम |
|
पवित्र |
धर्मी |
सार्वभौम |
परमेश्वर यी सब गुणहरूभन्दा पनि अझ बढी हुनुहुन्छ!!!

सृष्टिको अध्ययन गर्ने क्रममा, सृष्टि गर्ने कार्यमा त्रिएक परमेश्वरका तीनै व्यक्तिहरू संलग्न हुनुहुन्थ्यो भन्ने सिक्छौं:
एफेसी ३:९—"परमेश्वर (परमेश्वर पिता) ले येशू ख्रीष्टद्वारा ____ ____________ ______ गर्नुभयो" (हिब्रू १:२ मा पनि हेर्नुहोस्)।
सृष्टि गर्ने कार्यमा प्रमुख कर्ता परमेश्वर पुत्र हुनुहुन्थ्यो! सृष्टि गर्ने कार्य वास्तवमा उहाँले गर्नुभयो! येशू ख्रीष्ट नै सृष्टिकर्ता हुनुहुन्छ!
कलस्सी १:१६—"______ ______ (परमेश्वरको पुत्र, पद १३ हेर्नुहोस्) द्वारा नै _______ गरिएका हुन्; सबै कुराहरू ________ र उहाँकै निम्ति ______ __________ ______।"
यूहन्ना १:३—"_____ ___________ ______ (वचन, पद १४ मा हेर्नुहोस्) द्वारा __________, अनि हुनआएका कुराहरूमध्ये कुनै पनि उहाँबिना हुनआएन।" परमेश्वर पुत्रबिना कति थोकहरू बनिए? ________________________।
हिब्रू १:२—"(परमेश्वर पिता) यी अन्तिम दिनहरूमा चाहिँ हामीसँग आफ्ना ______द्वारा बोल्नुभएको छ; जसलाई उहाँले सबै कुराहरूको हकवाला नियुक्त गर्नुभएको छ, जसद्वारा उहाँले संसारहरू (युगहरू) पनि ______________।"
एफेसी ३:९—"परमेश्वर (पिता) ले ______ _______द्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो।"
उत्पत्ति १:२—"र ____________ _______ पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।"
अय्युब २६:१३—(नेपाली अनुवादलाई सच्च्याएर लेख्दा) "उहाँले आफ्नो आत्माद्वारा आकाशलाई सिंगार्नुभएको छ।" "सिंगार्नु" को अर्थ हो, "सुन्दर बनाउनु।" यस पदले बताउँछ, सृष्टिको कार्यमा पवित्र आत्मा चाहिँ ईश्वरीय चित्रकार हुनुहुन्छ। पृथ्वी "आकारविनाको र शून्य" भएको बखतमा परमेश्वरको आत्मा क्रियाशील बन्नुभयो र नवसृजित पृथ्वीलाई ढाल्न, सुन्दर बनाउन र त्यसलाई जीवन दिने कार्य गर्न थाल्नुभयो (उत्पत्ति १:२)!

त्रिएक परमेश्वर सृष्टि गर्ने कार्यमा मात्र नभएर नयाँ सृष्टि गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो (२ कोरिन्थी ५:१७; एफेसी २:१०), अर्थात् उद्धारको कार्यमा!
त्रिएक परमेश्वर र हाम्रो उद्धार:
|
पिता |
|
|
पुत्र |
|
|
पवित्र आत्मा |
|

यूहन्ना ३:१६ लाई यूहन्ना ३:५ सित तुलना गर्नुहोस्। पिता चाहिँ दाता हुनुहुन्छ, पुत्र चाहिँ दान र विश्वास गर्ने पापीले उक्त दानलाई प्राप्त गरोस् भनी पक्का गरिदिनुहुने चाहिँ पवित्र आत्मा हुनुहुन्छ!
सृष्टिकर्ता परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ: "जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुहानहरू सृष्टि गर्नुभयो, उहाँलाई _____________ गर (प्रकाश १४:७)। "हे शैतान, हटिजा! किनभने यो लेखिएको छ, 'तिमीले आफ्ना परमेश्वर प्रभुलाई ____________ गर, र उहाँकै _______ सेवा गर" (मत्ती ४:१०)।
सृष्टिकर्ता ________ गर्ने परमेश्वर हुनुहुन्छ (प्रस्थान २०:५); उहाँको नाम समेत "_______" हो (प्रस्थान ३४:१४)। यसलाई विचार गरौं:
डल्ले डम्बर मीठ्ठु मायालाई मन पराउँछ। एक दिन उसले थाहा पाउँछ कि उसको मीठ्ठुमाया त चंखे च्याँङ्बा प्रति चासो देखाउँदै छ भनेर। एक्कासी डल्ले डम्बर डाही डम्बर बन्दछ! ऊ चाहन्छ, मीठ्ठुमायाले उसैमात्र मन पराओस्, अरू कसैलाई होइन!
यो कथाले डाहाको नकरात्मक पक्षलाई दर्शाउँछ। यसमा डल्ले डम्बर स्वार्थी छ, र आफ्नै फाइदाको निम्ति उक्त केटी चाहन्छ। तर परमेश्वरको डाहा फरक छ। उहाँ हाम्रो प्रेमको डाही हुनुहुन्छ किनभने उहाँ जान्नुहुन्छ हामीलाई तृप्त पार्न सक्ने र हाम्रो सबैभन्दा गहीरो खाँचोहरू पूरा गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ। परमेश्वर नै सबभन्दा उच्चतम् र सर्वोत्तम् हुनुहुन्छ अनि हामीले उहाँलाई पाएको चाहनुहुन्छ जो नै उच्चतम् र सर्वोत्तम् हुनुहुन्छ।
सृष्टिकर्ता परमेश्वर पवित्र डाहाले डाही हुनुहुन्छ! मानिसहरूले उहाँलाई मात्र उपासना गरेको चाहनुहुन्छ! उहाँलाई भन्दा अरू कसैलाई वा कुनै थोकलाई प्रेम गरेको चाहनुहुन्न। आफ्ना सन्तानले सबैभन्दा उत्तम भन्दा कमसल कुरा प्राप्त गरेको उहाँ चाहनुहुन्न। हामीले प्राप्त गर्न सक्ने सर्वोत्तम उहाँ नै हुनुहुन्छ भनेर उहाँ जान्नुहुन्छ।
हामीले उहाँलाई पहिलो स्थान दिएको उहाँ चाहनुहुन्छ:
"मबाहेक _______ _______ ____________________ नमान्नू" (प्रकाश २०:३)।
उहाँ नै हाम्रो पहिलो प्रेम हुन चाहनुहुन्छ:
"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो ______ हृदयले आफ्नो ______ प्राणले र आफ्नो ______ शक्तिले प्रेम गर" (प्रस्थान ६:५; साथै हेर्नुहोस्, मत्ती १०:३७ र प्रकाश २:४)।
सृष्टिकर्ता (सारा थोक सृष्टि गर्नुहुने परमेश्वर) र सृष्टि (स्वर्गदूत, मानिस, पशु, बनस्पति वा सृष्टि गरिएको बस्तु) को बीचमा अत्यन्तै ठूलो र अतुलनीय अन्तर छ। सृष्टिकर्ता सृष्टिको कुनै पनि प्राणीभन्दा ज्यादै महान् हुनुहुन्छ। शैतान (१ यूहन्ना ४:४), दुष्टआत्माहरू, मानसिहरू (भजनसंग्रह ८:४), पशु-प्राणीहरू (भजनसंग्रह ८:७-८) सब भन्दा सृष्टिकर्ता उच्च हुनुहुन्छ।
"यहोवाका साक्षी" नाम बोकेका झूटा शिक्षकहरूले येशू ख्रीष्ट परमेश्वरबाट सृष्टि गरिएका हुन् भनेर गलत सिकाउँछन्। एक समय परमेश्वरका पुत्रको अस्तित्व नै थिएन भनी उनीहरू विश्वास गर्छन्। उनीहरूको शिक्षा अनुसार, उहाँ परमेश्वरबाट सृष्टि गरिनुभयो (परमेश्वरले सृष्टि गर्नुभएको पहिलो प्राणी) जसको मतलब यो हुन्छ कि उहाँ सृष्टि गरिनु भन्दा अघिको समयमा उहाँ हुनुहुन्नथ्यो। यस झूटा शिक्षाले प्रभु येशूलाई सृष्टिकर्ता नभएर सृष्टिको एक प्राणी बनाउँदछ! उनीहरू यो पनि सिकाउँछन् कि येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भनेर। यस झूटा शिक्षा सम्बन्धी थप जानकारी प्राप्त गर्न मीडलटाउन बाइबल चर्चको ख्रीष्टको ईश्वरत्व नामक अध्ययन सामाग्री पढ्नुहोस्।
यस गलत शिक्षाको बाबजुद, बाइबलले प्रस्टै बताउँछ, पुत्र (येशू ख्रीष्ट) ____________ हुनुहुन्छ (हिब्रू १:८) र उहाँ सृष्टिकर्ता हुनुहुन्छ (हिब्रू १:१०) अनि परमेश्वर पिताले आफ्ना सबै स्वर्गदूतहरूलाई उहाँलाई ____________ गर्न लगाउनुहुन्छ (हिब्रू १:६)। सृष्टिकर्तालाई सृष्टिको दर्जामा झार्नु कति निन्दनीय कुरा हो! परमेश्वर वास्तवमा जो हुनुहुन्छ उहाँलाई त्यो भन्दा कम हामीले कहिल्यै बनाउनु हुँदैन।
सृष्टिकर्तालाई भन्दा सृष्टिलाई पुज्नु ठूलो पाप हो। रोमी १:२५ ले बयान गर्छ कसरी मानिसले आफ्नो पापमा _______________को सट्टामा तिनीहरूले ________को _______ र सेवा गर (साथै २०-२४ पदहरू पनि पढ्नुहोस्)।
जोडा मिलाउनुहोस्:
| १. ________ | शैतान पूजा | (क) यर्मिया १:१६; यशैया २:८ |
| २. ________ | स्वर्गदूत पूजा | (ख) कलस्सी २:१८ |
| ३. ________ | पशु (ख्रीष्ट विरोधी) पूजा | (ग) व्यवस्था ४:१९ |
| ४. ________ | मूर्तिपूजा (मानिसका हातद्वारा निर्मित ईश्वरहरू) | (घ) २ राजा १७:१६; २१:३ |
| ५. ________ | तारा पूजा | (ङ) प्रकाश १४:७ |
| ६. ________ | सूर्य पूजा | (च) प्रकाश १३:८,१२; १४:९; तुलना गर्नुहोस् २ थेस्सलोनिकी २:४ |
| ७. ________ | सूर्य, चन्द्रमा र ताराहरूको पूजा | (छ) मत्ती ४:९; प्रकाश १३:४क |
| ८. ________ | सुनको बाछाको पूजा | (ज) प्रस्थान ३२:८; भजनसंग्रह १०६:१९ |
| ९. ________ | सृष्टिकर्ताको उपासना -- परमेश्वरलाई प्रसन्न तुल्याउने यही मात्र हो | (झ) इजिकिएल ८:१६ |
कर्नेलियसले कसलाई दण्डवत् गरे (पद २५)? _________________। उक्त दण्डवत् गलत थियो किनकि पत्रुस एउटा ____________ मात्र थिए (पद २६)!
मानिसहरूले कसलाई दण्डवत् गरे (पद १२)? ___________________________। उक्त दण्डवत् गलत थियो किनकि बर्नबास र पावल केवल ______________ मात्र थिए (पद १५)। उनीहरूलाई दण्डवत् गर्नुको सट्टा उनीहरूले ___________ परमेश्वर (सृष्टिकर्ता) लाई दण्डवत् गर्नुपर्थ्यो जसले "आकाश, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै थोकहरू बनाउनुभयो" (पद १५)।
के मानिसहरूले कन्या मरियमलाई दण्डवत् गर्न हुन्छ? के मानिसहरूले "सन्तहरू" लाई दण्डवत् गर्न हुन्छ? के मानिसहरूले पोपलाई दण्डवत् गर्न हुन्छ? के कुनै मानिसलाई दण्डवत् गर्न हुन्छ?
यूहन्नाले कसलाई दण्डवत् गरे, सृष्टिकर्तालाई कि सृष्टिलाई? ____________। यो गलत थियो किनकि सृष्टिको उक्त प्राणीले यूहन्नालाई भने, ___________________________।
यूहन्नाले कसलाई दण्डवत् गरे (पद ८)? __________________। दण्डवत् गरिन योग्य एउटै मात्र व्यक्ति को हुनुहुन्छ (पद ९)? __________________।
के प्रभु येशू ख्रीष्टले मानिसहरूलाई उहाँलाई दण्डवत् गर्न दिनुभयो (हेर्नुहोस्, मत्ती १४:३३; १५:२५; २८:९; २८:१७; यूहन्ना ९:३८; २०:२८-२९)? ___________________। जब कुनै मान्छेले प्रभु येशू ख्रीष्टलाई दण्डवत् गर्दछ, उसले कसलाई दण्डवत् गरेको हुन्छ, सृष्टिलाई कि सृष्टिकर्तालाई? ________________।
१) भजनसंग्रह ११५:५ -- मूर्तिहरूका मुखहरू हुन्छन्, तर तिनीहरू ______________। सृष्टिकर्ताको नि? पढ्नुहोस् यशैया ४०:५; ४५:२३; ५५:११।
२) भजनसंग्रह ११५:५ -- मूर्तिहरूका आँखाहरू हुन्छन्, तर तिनीहरूले ______________। सृष्टिकर्ताको नि? पढ्नुहोस् यशैया २ इतिहास १६:९; हिब्रू ४:१३ र १ पत्रुस ३:१२।
३) भजनसंग्रह ११५:६ -- मूर्तिहरूका कानहरू हुन्छन्, तर तिनीहरूले ______________। सृष्टिकर्ताको नि? पढ्नुहोस् यशैया भजनसंग्रह ३४:१५; १३०:२; याकूब ५:४।
४) भजनसंग्रह ११५:६ -- मूर्तिहरूका नाकहरू हुन्छन्, तर तिनीहरूले ______________। सृष्टिकर्ताको नि? पढ्नुहोस् यशैया २ शमूएल २२:९,१६; उत्पत्ति ८:२१; एफेसी ५:२।
५) भजनसंग्रह ११५:७ -- मूर्तिहरूका हातहरू हुन्छन्, तर तिनीहरूले ______________। सृष्टिकर्ताको नि? पढ्नुहोस् भजनसंग्रह ८:३,६; हिब्रू १:१०।
६) भजनसंग्रह ११५:७ -- मूर्तिहरूका खुट्टाहरू हुन्छन्, तर तिनीहरू ______________। सृष्टिकर्ता नि? पढ्नुहोस् उत्पत्ति ३:८; व्यवस्था २३:१४; प्रकाश २:१।
टिप्पणी: हेर्नुहोस् भजनसंग्रह ११५:८ मा। मूर्तिहरू बनाउनेहरू मूर्तिहरू जस्तै लाटा हुन्छन्!! उनीहरूले आफ्ना मूर्तिहरू आफ्नै स्वरूपमा बनाए। बोल्न नसकेकाले मूर्तिहरू "लाटा" हुन्छन्। मूर्तिपूजकहरू भने मूर्ख भएकाले "लाटा" हुन्छन।
७) यर्मिया १०:५ -- मूर्तिहरूलाई बोकिदिनुपर्छ, उनीहरू आफै यताउता गर्न सक्दैनन्! सृष्टिकर्ता नि? पढ्नुहोस्, भजनसंग्रह १३९:७-१०; प्रेरित १७:२७।
८) यर्मिया १०:५ -- मूर्तिहरूले कुनै खराबी गर्न सक्दैनन्। उनीहरूको डर नमान्नुहोस्! सृष्टिकर्ता नि? पढ्नुहोस् प्रकाश १४:७; व्यवस्था ६:१३,२४।
९) यर्मिया १०:५ -- मूर्तिहरूले केही __________ गर्न सक्दैन्, नता तिनीहरूले केही ___________ गर्न सक्छन्; बास्तवमा तिनीहरूले केही गर्न सक्दैनन्! सृष्टिकर्ता नि? पढ्नुहोस् मत्ती १९:२६; उत्पत्ति १८:१४।
१०) १ राजा १८:२७ -- मूर्तिहरू सुतेझैं गर्छन्! सृष्टिकर्ता नि? पढ्नुहोस् भजनसंग्रह १२१:३-४; यशैया ४०:२८।
* * * *
निष्कर्ष
सृष्टिकर्तालाई दण्डवत गर (प्रेरित १४:१५; प्रकाश १४:७) अनि
आफूलाई ___________बाट जोगाइराख (१ यूहन्ना ५:२१)।
|
पालुङ चर्च |