|
यी अध्ययन
सामाग्रीहरू
मीडलटाउन बाइबल चर्चद्वारा
प्रकाशित सामाग्रीहरूबाट नेपालीमा अनुवाद गरिएका हुन्। नेपालमा हाम्रो
सम्पर्क ठेगाना: पालुङ चर्च, ओखरबजार, पालुङ - १, मकवानपुर।
फोन: ९७४१०-२८११९ वा
इमेल गर्नुहोस्। यी बाइबल
अध्ययनहरू गर्ने क्रममा किंग जेम्स भर्सनसँग मिलान गर्दै अनुवाद गरिएको
नेपाली नयाँ नियम प्रयोग गर्नुभयो भने अलमल हुनेछैन। परमेश्वरको
वचनबाटका यी अध्ययनहरूले तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँको
पुत्र प्रभु येशू ख्रीष्टतर्फ डोर्याउन मदत गरून् भन्ने हाम्रो
चाहना हो। तपाईंले उहाँलाई व्यक्तिगत रूपमा चिन्न सक्नुभएको होस्।
तपाईं उहाँको अनुग्रह र पहिचानमा बढ्दै जान उत्साहित बन्नुभएको होस्! १
पत्रुस २:२; २ पत्रुस ३:१८। |