|
बाइबलका आधारभूत शिक्षाहरू |
|
जीवनका लक्षणहरू |
|
जीवनका लक्षणहरू |
एफेसी २:८-९ र एफेसी २:१० पढ्नुहोस् अनि ठीक कि बेठीक जवाफ छुट्टयाउनुहोस्:
१. ________ मुक्ति पाउन असल कामहरू आवश्यक छन्।
२. ________ असल कामहरूद्वारा मुक्ति पाउन सम्भव भएको भए, एक व्यक्तिले परमेश्वरको सामु घमण्ड गर्न सक्नेथ्यो।
३. ________ एक दिन परमेश्वरको सामु केही व्यक्तिहरूले गर्व गर्न र घमण्ड गर्न सक्नेछन् (१ कोरिन्थी १:२९-३१; रोमी ३:२७)।
४. ________ असल कामहरू मुक्तिका प्रतिफल हुन् किनकि असल कामहरू गर्न सकोस् भनी परमेश्वरले साँचो विश्वासीको जीवनमा काम गर्नुहुन्छ।
५. ________ केवल साँचो विश्वासीहरूले मात्र परमेश्वरलाई मन पर्ने असल कामहरू गर्न सक्दछन् (रोमी ८:८-९)।
६. ________ विश्वासीजनको निम्ति परमेश्वरको सिद्घ इच्छा यो हो, विश्वासी जन असल-असल कामहरू गर्दै हिँडोस् र एक फलदायी जीवन बिताओस् (यूहन्ना १५:१६)।
एफेसी अध्याय २ का कुन दुई पदहरूले तीतस ३:५ ले सिकाएकै सत्यताहरू सिकाउँछन्? पद ____ र ____। एफेसी अध्याय २ को कुन पदले तीतस ३:१,८,१४ ले सिकाएकै सत्यता सिकाउँछ? पद ____।
साँच्चै परमेश्वरको जन बनेको व्यक्तिको विषयमा कुन कुरा साँचो हुन्छ (३ यूहन्ना ११)? ____________________________________। खराब गरिरहने (वर्तमान काल) व्यक्तिको विषयमा हामी के जान्दछौं (३ यूहन्ना ११)? ____________________________________________। १ यूहन्ना ३:६ अनुसार परमेश्वरलाई नदेखेको व्यक्ति त्यो हो जसले परमेश्वरलाई ____________ छैन। के उसले मुक्ति पाएको हुन्छ? ________।
प्रभुले आफ्ना चेलाहरूलाई कस्ता व्यक्तिहरूदेखि सावधान गराउनुभयो (मत्ती ७:१५)? ______________________________। ती मानिसहरू बाहिरबाट कस्ता देखिन्छन् (मत्ती ७:१५)? ______________। तिनीहरू वास्तवमा भित्रपट्टि कस्ता हुन्छन् (मत्ती ७:१५)? ____________________। प्रेरित २० अध्यायको कुन पदमा पावलले यही खतरा सम्बन्धी चेताउनी दिए? पद ____। तिनीहरू वास्तवमा कस्ता मानिसहरू हुन् भनी कसरी जान्ने (मत्ती ७:१६,२०)? ____________________________________। काँडाको झाङले अंगुर फलाउँछ? ________________। दाखको बोटले काँडा उमार्छ? ______________। दाखको बोटबाट हामी के पाउने आशा गर्न सक्छौं? ____________। स्याउको बोटबाट हामी के को आशा गर्छौं?_________। असल रूखबाट हामी के को आशा गर्छौं (मत्ती ७:१७)? ____________________। बिग्रेको रूखबाट हामी के को आशा गर्छौं? ____________________। बिग्रेको रूखले के फलाउँछ (मत्ती ७:१७)? ____________________। असल रूखले ____________ फल फलाउन असम्भव छ अनि बिग्रेको रूखले ____________ फल फलाउन असम्भव छ (मत्ती ७:१८)। कस्तो रूखले असल फल फलाउँदैन (मत्ती ७:१८?१९)? ______________________। बिग्रेको प्रत्येक रूखलाई के गरिनेछ? (मत्ती ७:१९)? ____________________________________________________। तसर्थ, झूटा शिक्षकहरू र भविष्यवक्ताहरूलाई के गरिनेछ (२ पत्रुस २:१)? ________________________________।
के सबै साँचा विश्वासीहरू फलदायी हुन्छन् (मत्ती १३:८,२३)? ______________। के कुनै विश्वासीहरू अरुभन्दा बढी फलदायी हुन्छन् (मत्ती १३:८,२३)? ______________। परमेश्वर आफ्ना सन्तानले ________ फल फलाएको (यूहन्ना १५:५,८) र ________ ________ फल फलाएको (यूहन्ना १५:२) चाहनुहुन्छ। प्रभुले कस्तो फलको कुरा गर्नुभएको हो? गलाती ५:२२ अनुसार __________को ______ हो -- १) ________ २) ____________ ३) ________________ (शान्ति)। प्रभुले यूहन्ना १४-१६ अध्यायहरूमा उल्लेख गर्नुभएको फल यिनै हुन् या होइनन्, हामी अब हेरौं। यूहन्ना १५:९-१० मा कुन फलको चर्चा गरिएको छ? ________। यूहन्ना १४:२७; १६:३३ मा कुन फलको चर्चा गरिएको छ? __________। यूहन्ना १५:११; १६:२०,२२ मा कुन फलको चर्चा गरिएको छ? ______________। के गलाती ५:२२ मा उल्लेख गरिएको फल पनि उही हो? ________।
कामबिनाको विश्वास ____________ हुन्छ (याकूब २:१७,२०,२६)। जोडा मिलाउनुहोस्:
| १. ______ मरेको विश्वास |
(क) विश्वास तथा कामहरू |
| २. ______ जिउँदो विश्वास |
(ख) शरीर मात्रै (आत्माबिनाको शरीर) |
| ३. ______ मरेको शरीर (पद २६) |
(ग) शरीर र आत्मा |
| ४. ______ जिउँदो शरीर (पद २६) |
(घ) विश्वास मात्र (कामबिनाको विश्वास) |
याकूबले मानिस ________________द्वारा धर्मी ठहरिँदछ (अर्थात् धर्मी भनी घोषणा गरिँदछ) भनी सिकाउँदछ (याकूब २:२१,२४) अनि पावलले मानिस ______________द्वारा धर्मी ठहरिँदछ भनी सिकाउँदछ (रोमी ५:१)। याकूबले अब्राहाम ______________द्वारा धर्मी ठहरिए भनी सिकाउँदछ अनि पावलले अब्राहाम ______________ द्वारा होइन तर ______________द्वारा धर्मी ठहरिए भनी सिकाउँदछ (रोमी ४:१-५ लाई रोमी ३:२६-२८ सित दाँज्नुहोस्)। के बाइबलमा कुनै अन्तरविरोध तथा त्रुटी छन् (यूहन्ना १७:१७; २ तिमोथी ३:१६; भजनसंग्रह ११९:८९,१६० आदि)? ____________।
अब्राहामले मुक्ति कसरी पाए? बाइबलले के भन्दछ (रोमी ४:३)? ______________________________ __________________________________________। तसर्थ, अब्राहामले विश्वासद्वारा मुक्ति पाए कि कामहरूद्वारा? ______________________। अब्राहाम विश्वासद्वारा धर्मी ठहरिए (धर्मी भनी घोषणा गरिए) भनी सिकाउने पद उत्पत्ति १५ मा भेट्टाउनुहोस्: पद ____। के पावल र याकूब दुवैले उक्त पदलाई उदृत गरेका छन् (रोमी ४:३ र याकूब २:२३)? __________। अब्राहाम कुन बेला कामहरूद्वारा धर्मी ठहरिएका हुन् (याकूब २:२१)? __________________________________________________________________। उक्त घटना अब्राहाम विश्वासद्वारा धर्मी ठहरिनुभन्दा अगाडि कि पछाडि घटेको थियो (उत्पत्ति १५:६ लाई उत्पत्ति २२ सित दाँज्नुहोस्)? ____________। ठीक कि बेठीक जवाफ दिनुहोस्:
______ अब्राहाम पहिला कामहरूद्वारा धर्मी ठहरिए अनि पछिबाट विश्वासद्वारा धर्मी ठहरिए।
______ अब्राहाम पहिला विश्वासद्वारा धर्मी ठहरिए अनि पछिबाट कामहरूद्वारा धर्मी ठहरिए।
______ परमेश्वरको नजरमा अब्राहाम उहाँमाथि विश्वास गरेकै घडी धर्मी ठहरिए (उत्पत्ति १५:६; रोमी ४:३-५)।
यदि अब्राहामले कामहरूद्वारा नै आफ्नो मुक्ति कमाएका भए उनले के गर्न सक्नेछन् (एफेसी २:९; रोमी ४:२)? ______________________________________________।
अब्राहाम साँचो विश्वासी हुन् भनेर परमेश्वरलाई थाहा थियो (उत्पत्ति १५:५-६)? __________________। तपाईं साँचो विश्वासी हुनुहुन्छ या हुनुहुन्न भनेर के परमेश्वरलाई थाहा छ (२ तिमोथी २:१९)? __________________। हाम्रो हृदय साँच्चै जान्नुहुने र ख्रीष्टमा हाम्रो विश्वास साँच्चै छ या छैन भनी देख्न सक्नुहुने एउटै मात्र व्यक्ति को हुनुहुन्छ (यर्मिया १७:१०)? ____________________। अब हाम्रो अगाडि एउटा प्रश्न खडा छः अब्राहाम एक विश्वासका मानिस हुन् भनेर मानिसहरूले चाहिँ जान्ने कसरी? प्रभुमाथिको उनको विश्वास निष्कपट छ भनेर देखाउने त्यस्तो कुनै कुरा अब्राहामको जीवनमा थियो? दैनिक जीवनमा परमेश्वरमाथि उनी जिउँदो र सक्रिय रूपले विश्वास गर्दैछन् भनेर अब्राहामले कसरी प्रकट गरे? हामी अब यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछौं।
उत्पत्ति १२:२ मा परमेश्वरले अब्राहामबाट एक ________ ________ खडा हुनेछ भनी प्रतिज्ञा गर्नुभयो। अब्राहामको कस्तो समस्या थियो जसले गर्दा सो प्रतिज्ञा पूरा हुन कठीन देखिन्थ्यो (उत्पत्ति १५:२-३)? ________ ________________________________। परमेश्वरले अब्राहामलाई उत्पत्ति १५:५ मा दिनुभएको महान् प्रतिज्ञा के थियो? ____________________________________________________________। के अब्राहामले उक्त प्रतिज्ञालाई विश्वास गरे (उत्पत्ति १५:६)? ________। के उनी धर्मी ठहरिए (उत्पत्ति १५:६)? ________________। उनी कामहरूद्वारा धर्मी ठहरिएका हुन् कि विश्वासद्वारा? ____________________। उत्पत्ति १६:१ मा कुन समस्या उल्लेख छ? ________________________________________________। परमेश्वरले अब्राहामलाई के तुल्याउने प्रतिज्ञा दिनुभयो (उत्पत्ति १७:५)? ________________________________________। के परमेश्वरले अब्राहामसित उनलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १७:६-८)? ______________। उत्पत्ति १७:१५-१६ मा परमेश्वरले अब्राहामलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभयो? ____________________। ठीक कि बेठीकः ________ उक्त प्रतिज्ञा सुन्नेबित्तिकै अब्राहामले रमाउँदै भने, "तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ सो तपाईंले पूरा पनि गर्नुहुनेछ भनी म पूरा निश्चित छु!" (हेर्नुहोस्, उत्पत्ति १७:१७)। उत्पत्ति १७:१९ मा फेरि पनि अब्राहामलाई एउटा ________ दिने प्रतिज्ञा गर्नुभयो र उनको नाम ________________ राखिने कुरा समेत गर्नुभयो। के परमेश्वरले इसहाकलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १७:१९)? ________________। तसर्थ, अब्राहाम जान्दथे, इसहाकबाट सन्तान आउनैपर्छ! साराले आफ्नो वृद्घ उमेरमा एउटा छोरा जन्माउन कसरी सम्भव थियो (उत्पत्ति १८:१४)? ______________________________________________ (लूका १:३४-३७ सित दाँज्नुहोस्)। के प्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (उत्पत्ति २१:१-२)? ________________। रोमी ४:१६-२२ पढ्नुहोस्।
अब्राहामलाई प्रतिज्ञा गरिएको जाति उनको कुनचाहिँ छोरोबाट आउने भनियो, हागारबाटका छोरो इश्माएलद्वारा कि साराबाटका छोरो इसहाकद्वारा (उत्पत्ति २१:१०-१२ र रोमी ९:७)? ______________________। यसर्थ, उत्पत्ति १५:५ मा प्रतिज्ञा गरिएका सन्तान इसहाकबाट आउनेवाला थिए, इश्माएलबाट होइन। कसका सन्तान मिश्रमा ४०० वर्षसम्म दासत्वमा परे, इसहाकका कि इश्माएलका (उत्पत्ति १५:१३)? ________________________________। ठीक कि बेठीकः ______ उत्पत्ति १७:१९ र २१:१२ मा परमेश्वरले दिनुभएको प्रतिज्ञाबाट अब्राहामलाई थाहा थियो, इसहाकबाट सन्तान आउनैपर्छ।
उत्पत्ति २२ मा परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्नुभयो (पद १)। परमेश्वरले अब्राहामलाई उनको विश्वासको प्रमाण सबैलाई देखाउने अवसर दिनुभयो। याकूब बताउँछन् कि यसैबेला अब्राहाम ________________द्वारा ________ ठहरिए (याकूब २:२१)। यहाँ उत्पत्ति २२ मा अब्राहामले आफ्नो विश्वास मरेको विश्वास नभएर सक्रिय र जिउँदो विश्वास भएको तथ्यलाई संसारका सामु प्रस्टै देखाए!
अब्राहामलाई परमेश्वरको आज्ञा के थियो (उत्पत्ति २२:२)? ____________________________________ ____________________________________________________ (अर्थात् परमेश्वरले उनलाई आफ्नो एउटै छोरोलाई बलिस्वरूप मार्ने आज्ञा दिनुभयो!)। परमेश्वरको आज्ञालाई एउटा विश्वासको मान्छेले के गर्दछ (हिब्रू ११:८)? ____________________________________________। आज्ञापालन गर्न के अब्राहामले हतार गरे (उत्पत्ति २२:३)? ________। हामीलाई थाहा छ, परमेश्वरले अब्राहामलाई उनको छोरालाई मार्नदेखि रोक्नुभयो (उत्पत्ति २२:१०-१३)। तर परमेश्वरले त्यस्तै गर्नुहुनेछ भनेर के अब्राहामलाई अघिबाटै थाहा थियो? अब्राहाम, परमेश्वरले तोक्नुभएको स्थानमा पुगेर के गर्ने योजना राखेका थिए (उत्पत्ति २२:९-१०)? __________________________________________________________________। के वेदीमा आफ्नो छोरालाई मार्ने नै उनको योजना थियो? ________। यसर्थ, अब्राहामको सामु एउटा असम्भाव्य समस्या खडा थियो:
१) परमेश्वरले उनलाई एउटा प्रतिज्ञा दिनुभएको थियो:
"इसहाकका सन्तानहरू हुनेछन्"
विश्वासको मान्छेले प्रतिज्ञालाई विश्वास गर्नैपर्दछ। अब्राहामले उक्त प्रतिज्ञालाई विश्वास गरे पनि। अब्राहाम जान्दथे, इसहाकबाट सन्तानहरू उत्पन्न हुने नै छन् किनकि "उहाँले जे ____________ गर्नुभएको छ, सो ________ ________लाई उहाँ ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे" (रोमी ४:२१)।
२) परमेश्वरले उनलाई एउटा आज्ञा दिनुभएको थियो:
"तिम्रो छोरालाई मार"
विश्वासको मान्छेले आज्ञालाई पालन गर्नैपर्दछ। अब्राहामले उक्त आज्ञालाई पालन गर्न थाले। उनको विचारमा उनी आफ्नो छोरालाई मार्नेवाला नै थिए। अब्राहाम जान्दथे अब चाँडै उनका छोरा मर्नेछन्!
एउटा मरेको छोरोले सन्तान कसरी जन्माउलान् त?
यो मानिसको चित्तमै नपसेको कुरा हो! यो असम्भव कुरा हो! तर परमेश्वरले अब्राहामलाई असम्भव कुराको अनुभव दिइसक्नुभएको थियो! अर्को कुन कुरा पनि असम्भव थियो (उत्पत्ति १८:११-१३)? ________ ____________________________________________________________________________। के परमेश्वरले मृत्युबाट जीवन ल्याउन सक्नुभयो (रोमी ४:१८-१९)? __________________। मरेका इसहाकले सन्तान जन्माउन सक्दैनन् भन्ने कुरा अब्राहाम जान्दथे, तर उनले अर्को कुन कुरा पनि जान्दथे (उत्पत्ति १८:१४)? __________ ____________________________________________________________________।
अब्राहाम जान्दथे इसहाक मर्नैपर्छ अनि उनी यो पनि जान्दथे इसहाकका सन्तानहरू हुनैपर्छ! यो कसरी सम्भव थियो? विश्वासद्वारा अब्राहामले समस्याको समाधान देखे!! उनले यो विश्वास गरे कि ________________ ____________________बाट पनि बौराएर उठाउनलाई परमेश्वर ____________ हुनुहुन्छ (हिब्रू ११:१९, १७-१८ पनि पढ्नुहोस्)। उत्पत्ति २२:५ लाई राम्ररी हेर्नुहोस्। अब्राहामले यी मानिसहरूलाई पर्खी बस्न आदेश दिए। इसहाक र आफूचाहिँ गएर उपासना गर्ने कुरा बताए (अब्राहामको विचारमा "उपासना" भन्नाले परमेश्वरले जे भन्नुभएको छ त्यो काम पूरा गर्नु थियो, अर्थात्, आफ्नो छोरालाई बलि चढाउने काम)। अर्को शब्दमा भन्ने हो भने, अब्राहाम यसो भन्दै थिए, "म र यो केटो ऊ परसम्म जानेछौं। तब म आफ्नो छोरालाई बलि चढाउनेछु, अनि "तिमीहरूकहाँ ____________ __________________" (उत्पत्ति २२:५)। "म आफ्नो छोरालाई मार्न लागिरहेको छु तर हामी दुवै जीवितै फर्कनेछौं!" अब्राहामको विश्वास थियो परमेश्वरले इसहाकलाई मरेकाबाट पनि जीवित पार्नुहुनेछ! अब्राहामको कत्रो विश्वास! परमेश्वरले उनको विश्वासको जाँच गर्नुभएको थियो; अब्राहाम जाँचमा उत्कृष्ट रीतिले सफल भए!
उत्पत्ति २२ को घटना वास्तवमा एउटा अद्वित्तीय बलिदान र बौरिउठाइको केवल एक ________________ (हिब्रू ११:१९) थियो। परमेश्वरले अब्राहामलाई उनले प्रेम गर्ने एउटै छोरोलाई बलि चढाउनदेखि रोके (उत्पत्ति २२:१२)। सैयौं वर्ष बिते। एक दिन रोमी ८:३२ अनुसार परमेश्वरले कुन काम गर्नुभयो? ______________________________________________________________________________ __________________________। तर प्रभु येशू ख्रीष्ट मृत्युको पकडमा रहनु असम्भव थियो (हेर्नुहोस् प्रेरित २:२४) किनकि उहाँद्वारा सन्तान आउनैपर्थ्यो (यशैया ५३:१०); उहाँले ________ ________________लाई महिमामा ल्याउनैपर्थ्यो (हिब्रू २:१०)। यसकारण परमेश्वरले के गर्नुभयो (प्रेरित ४:१०)? ________________________________________________________________________________।
अब हामी याकूब २ मा फर्कौं। याकूब २:१४ ले विश्वास भएको व्यक्तिको कुरा गर्दैछ कि विश्वास आफूसँग छ भनेर भन्ने व्यक्तिको? ______________________________________________________। के विश्वास साँच्चै देख्न सकिने कुरो हो ? __________। कुनै अपरिचित व्यक्तिसँग भेट हुँदा, ऊ एक विश्वासी हो या होइन भन्ने कुरा के तपाईंले उसलाई केवल हेरेर नै बताउन सक्नुहुन्छ? ______________। कुनै व्यक्तिले आफूसँग विश्वास छ भन्ने कुराको प्रमाण दिने हो भने उसले त्यस्ता असल कामहरू गर्नुपर्छ जुन कामहरू साँचो विश्वासको साथ-साथै हुने गर्दछन् (हेर्नुहोस्, एफेसी २:१० र तीतस ३:८)।
के याकूब २:१६ मा बयान गरिएको व्यक्तिले आफूसँग जिउँदो विश्वास छ भनेर देखायो? ______________। उसले वास्तवमा के को प्रमाण दियो (१ यूहन्ना ३:१४)? __________________________________________। उसले आफूसँग विश्वास छ भनी दाबी गरे तापनि, उसको विश्वास कस्तो विश्वास रहेछ (याकूब २:१७)? __________________________। पद १८ ले यो सिकाउँछ, असल कामहरू गरेको या नगरेकोबाट नै एक व्यक्तिले आफ्नो विश्वासलाई देखाउँदछ! जन क्याल्भिनले भनेका छन्, "विश्वास एकलैले बचाउँदछ, तर बचाउने विश्वास एकलो हुँदैन।" कामहरू धर्मी ठहरिएपछिका प्रतिफल हुन्! संसार त्यस्ता नामधारी ख्रीष्टियनहरूदेखि वाक्क भइसकेको छ जो ठूलो स्वरमा अनुग्रहको कुरा गर्छन् तर शैतानजस्तै जिउँदछन्!
के पावल प्रेरितले विश्वास र कामहरू सँगसँगै जानुपर्छ भनी सिकाए (एफेसी २:८-१० र तीतस ३:८)? ____________। के पावल र याकूब दुवै नै अब्राहाम विश्वाद्वारा धर्मी ठहरिएका हुन् भन्ने कुरामा सहमत थिए (रोमी ४:२-३ र याकूब २:२३)? ________। के हिब्रूका लेखक (सायद पावल?) र याकूब दुवै नै अब्राहामले आफ्नो छोरालाई बलि चढाउँदा उनी कामहरूद्वारा धर्मी ठहरिएका हुन् भन्ने कुरामा सहमत थिए (हिब्रू ११:१७-१९ र याकूब २:२१)? ________। पवित्रशास्त्रका खण्डहरू आपसमा बाझ्छन् कि आपसमा सिद्घ रूपमा मेल खान्छन्? ______________________________________________।
मरेको विश्वास भएको व्यक्तिले एकमात्र परमेश्वरको अस्तित्वलाई सजिलै स्वीकार्न सक्ला, तर यस्तै विश्वास कसको पनि छ (याकूब २:१९)? ____________________________। तिनीहरू एक दिन कुन ठाउँमा पुग्नेछन् (मत्ती २५:४१)? ________________________________________।
याकूब २:२६ लाई विचार गरौं। अस्पतालको एक शैयामा पस्रिराखेको एउटा शरीर छ। त्यस शरीरमा प्राण छ कि छैन भनेर पत्ता लगाउन त्यहाँ जीवनका लक्षणहरूको खोजी गर्नु पर्ने हुन्छ! शारीरिक जीवनका के कस्ता लक्षणहरू हुन्छन्? १. ____________________________________ २. ______________________________ ३. ______________________________। कुनै व्यक्तिसँग बचाउने खालको अर्थात् साँचो विश्वास छ भनी जान्न पनि जीवनका लक्षणहरूको खोजी गर्नु पर्ने हुन्छ! आत्मिक जीवनका केही लक्षणहरू के-के हुन्? १. (१ यूहन्ना ३:१४) ____________________________________________ २. (१ यूहन्ना २:३) ________________ ________________________________________ ३. (१ यूहन्ना ३:९) ________________________________________।
तपाईंको जीवन फलदायी छ कि फलहीन (हेर्नुहोस् २ पत्रुस १:८)? के तपाईं असल कामहरूमा लागिरहनमा ध्यान दिने गर्नुहुन्छ? के तपाईंले आफ्ना कामहरूद्वारा आफू विश्वासको मान्छे हुँ भन्ने प्रमाण दिँदै हुनुहुन्छ? "तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!!"
ग्रीक शब्द होमोलोगेओलाई "स्वीकार" भनी अनुवाद गरिएको छ। लोगेओ चाहिँ लेगो अथवा "भन्नु" क्रियापदबाट आएको हो। त्यसैले स्वीकारको अर्थ हुन्छ, "अर्काले जे भन्छ त्यही भन्नु", अथवा "सहमत हुनु"। ख्रीष्टमा विश्वास गर्नेले आफ्नो ________ले ________ ________लाई स्वीकार गर्दछ (रोमी १०:९)। उसले मौखिक तथा सार्वजनिक रूपमा परमेश्वरले आफ्नो पुत्रको विषयमा भन्नुभएको कुरासित आफू सहमत भएको कुरा जनाउँदछ (१ यूहन्ना ५:९-१२)।
जसरी एउटा शीशीभित्रको चीजलाई शीशीको लेबुलले स्वीकार गर्दछ, त्यस्तै गरी एउटा विश्वासीले आफ्नो प्रभु र मुक्तिदातालाई बिनाशर्म खुल्लमखुल्ला स्वीकार गर्नुपर्दछः "उहाँमाथि __________ गर्ने हरेक ____________ ________________" (रोमी १०:११)। प्रत्येक साँचो विश्वासीले पावलसँगै भन्न सक्नुपर्छ, "किनकि म ख्रीष्टको ____________________सँग ____________________; किनकि विश्वास गर्ने हरेकका लागि ( पहिले यहूदीका लागि र ग्रीकका लागि पनि __________का निम्ति यो परमेश्वरको ____________ हो" (रोमी १:१६)। के ख्रीष्ट हाम्रो निम्ति खुल्लमखुल्ला सार्वजनिक रूपमा मर्न लजाउनुभयो (मत्ती २७:३९,५४-५५ आदि)? ________________________।
"स्वीकार" गर्नु को विपरित अर्थ लाग्ने एउटा शब्द कुन हो (यूहन्ना १:२०; १ यूहन्ना २:२२-२३)? ______________। स्वीकार गर्नु भनेको "हो" भन्नु हो; इन्कार गर्नु भनेको "होइन" भन्नु हो। लूका २२:५७-६० मा पत्रुसले यसो भन्नुपर्थ्यो, "____, म उहाँलाई चिन्छु" (पद ५७)! "____, म तिनीहरू मध्येको हुँ" (पद ५८)! "____, म उहाँसँगै थिएँ" (पद ५९-६०)! तर पत्रुसले उहाँलाई ______________ गरे (पद ५७)। पत्रुस विश्वासमा नराम्ररी चुके तापनि उनी एक साँचो विश्वासी नै थिए भन्ने सङ्केत केले दिन्छ (पद ६२)? __________________________________ । के पत्रुसले पछिबाट हजारौं मानिसका सामु प्रभुलाई सार्वजनिक रूपमा स्वीकार गरे (प्रेरित २:४१,२२-२४,२९,३६,४१)? ________। "के तपाईं येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी स्वीकार गर्नुहुन्छ?" भनी कसैले तपाईंलाई प्रश्न गर्यो भने तपाईं के जवाफ दिनुहुन्छ? ________________________________ _________________________________________________________________________________________________________________ ____________________________________________________________________________________________________।
हाम्रो मुखको स्वीकार हाम्रो जीवनको व्यवहारसित मेल खानुपर्छ। तीतस १:१६ ले स्वीकार गर्नेहरूको एउटा समूहको बयान गर्दछ। जोडा मिलाउनुहोस्:
| १. ______ उनीहरूको जिब्रोको सन्देश |
(क) "हामी परमेश्वरलाई चिन्दैनौं!!" |
| २. ______ उनीहरूको जीवनको सन्देश |
(ख) "तिनीहरू घिनलाग्दा छन्!!" |
| ३. ______ उनीहरूप्रति परमेश्वरको भावना |
(ग) "हामी परमेश्वरलाई चिन्दछौं!!" |
उनीहरूको व्यवहार उनीहरूको बोलीको विपरीत थियो; यो परमेश्वरलाई घिनलाग्ने कुरा थियो! यद्यपि उनीहरू परमेश्वरलाई चिन्छौं भनी दाबी गर्छन्, उनीहरू ________ हुन् र उनीहरूमा __________ छैन (१ यूहन्ना २:३-४)। जसको नामलाई हाम्रो जिब्रोले स्वीकार गरेको छ, उहाँ नै हाम्रो जीवनद्वारा सेवा गरिनुभएको परमेश्वर हुनुहुन्छ भनी संसारले देख्न सकोस्!
ठीक कि बेठीकः
_______ एक अविश्वासीले ख्रीष्टलाई स्वीकार गर्नु असम्भव छ। केवल विश्वासीहरूले मात्र उनीहरू ख्रीष्टका हुन् भनी स्वीकार गर्दछन् (तीतस १:१६; २ तिमोथी २:१९; १ यूहन्ना २:४,६,९)।
_______ प्रत्येक साँचो विश्वासीले ख्रीष्टलाई स्वीकार गर्नेछ अनि उहाँलाई आफ्नो मुक्तिदाता र प्रभु भनी मान्दछ (रोमी १०:९-११; १ यूहन्ना ४:१५)।
_______ एउटा साँचो विश्वासी पनि अस्थायी रूपमा विश्वासमा चुक्न सक्दछ र प्रभुलाई इन्कार समेत गर्न सक्दछ (लूका २२:५७-६०)।
मत्ती १०:३२ मा मानिसहरूका सामु उहाँलाई स्वीकार गर्नेहरूलाई प्रभुले कुन प्रतिज्ञा दिनुभयो? ____________________________________________________________________। लूका १२:८ मा? ______________ ______________________________________। प्रकाश ३:५ मा ______________________________________________ ____________________________। १ यूहन्ना ५:५ अनुसार, प्रकाश ३:५ मा उल्लेख गरिएको जय पाउने व्यक्ति को हो? __________________________________________________________________________।
टिप्पणीः येशू नै मसीह हुनुहुन्छ भनी स्वीकार गर्दा केही मूल्य चुकाउनुपर्ने हुन्छ (यूहन्ना ९:२२)। यसो हुनाले कतिले उहाँलाई स्वीकार गर्दैनन् (यूहन्ना १२:४२)। दोश्रो र तेश्रो शताब्दीहरूमा ख्रीष्टियनहरूको विरूद्घ उठेको ठूलो सतावटको समयमा भयङ्कर पीडा र कष्ट भोग्नु पर्ने सम्भावनाका बाबजुद पनि ख्रीष्टलाई इन्कार नगर्ने विश्वासीहरूलाई कन्फेसर्स (CONFESSORS) अर्थात् "स्वीकार गर्नेहरू" भन्ने नाम दिइन्थ्यो!
के तपाईं ख्रीष्टलाई सार्वजनिक रूपमा आफ्नो परिवार, साथीहरू, प्रियहरू र छिमेकीहरूका बीचमा स्वीकार गर्ने गर्नुहुन्छ? के तपाईं उहाँलाई खुशीसाथ आफ्नो प्रभु भनी मानिलिनुहुन्छ (यूहन्ना १०:२८)? उहाँले के गरिदिनुभएको छ र के भन्नुभएको छ भनी उहाँको विषयमा अरूहरूलाई बताउन के तपाईं लजाउनुहुन्छ? "तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!!"
|
पालुङ चर्च |