बाइबलका आधारभूत शिक्षाहरू
पाठ १

जीवनका लक्षणहरू
साँचो विश्वासीका गुणहरू

जीवनका लक्षणहरू
साँचो विश्वासीले परमेश्वरको वचनको तृष्णा गर्दछ
साँचो विश्वासीले स्वर्गमा बस्नुहुने आफ्नो पितासित प्रार्थना गर्दछ

. एउटा साँचो विश्वासीले परमेश्वरको वचनको तृष्णा गर्दछ (१ पत्रुस २:२)

१ पत्रुस १:२३ मा हामी सिक्छौं, एक व्यक्तिले __________________को ____________द्वारा ________ ____________ पाएको हुन्छ। १ पत्रुस २:२ अनुसार नयाँ जन्म पाएको व्यक्ति एउटा ________ __________ ____________ जस्तै हुन्छ भनिएको छ। शिशुहरू कुन कुराको निम्ति औधी चाहना गर्छन् र जुन कुरा नपाउँदा उनीहरू छट्पटाउँछन् वा रून्छन्? ________। यदि कुनै शिशुलाई ________को चाहना छैन भने उसको कुनै न कुनै समस्या हुनुपर्छ! स्वस्थ शिशुलाई ________को ठूलो तृष्णा हुन्छ। त्यसरी नै नयाँ जन्म पाएको एक विश्वासीले कुन कुराको निम्ति बडो तृष्णा र चाहना गर्नुपर्दछ (१ पत्रुस २:२)? ____________________ ____________________________________। यदि एक विश्वासीलाई ______________________________________को कुनै तृष्णा छैन भने उसको कुनै न कुनै ____________ हुनुपर्छ! एक स्वस्थ विश्वासीलाई ______________________ ______________को तृष्णा हुनुपर्दछ। के आफ्नो बाइबल कहिल्यै पढ्न नचाहने ख्रीष्टियनको जीवनमा कुनै समस्या छ होला? __________। यदि एक विश्वासीलाई परमेश्वरको वचनको तृष्णा साँच्चै छ भने के उसले परमेश्वरको वचन अरू जान्नलाई एक बाइबलीय मण्डलीमा नियमित उपस्थित हुने इच्छा गर्नेछ? _____________।

साँच्चै नयाँ जन्म पाएको व्यक्तिले निम्न कुराहरू भन्न सक्नुपर्छ:

१. "प्रभु, म साँच्चै तपाईंको वचनलाई ________ गर्दछु" (भ.सं. ११९:९७, ११३, ११९, १२७, १६७)।

२. "प्रभु, तपाईंको वचन मेरो ______________ हो" (भ.सं. ११९:९७; भ.सं. १:२; भ.सं. ११९:१६,४७,१४३,१७४).

३. "प्रभु, तपाईंको वचन ____________________ छन्" (भ.सं. ११९:१२९)।

४. "प्रभु, मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका ________________ कुराहरू देख्‍न सकूँ (भ.सं. ११९:१८)।

५. "प्रभु, तपाईंको वचनले मेरा आँखालाई ____________ दिन्छ" (भ.सं. १९:८) अनि __________ प्रदान गर्छ (भ.सं. ११९:१८; साथै पद १०५ लाई २ पत्रुस १:१९ सित दाँज्नुहोस्) र ____________________ दिन्छ" (भ.सं. ११९:१३०)।

६. "प्रभु, तपाईंको वचनले मेरो हृदयलाई ____________ तुल्याउँछन्" (भ.सं. १९:८; ११९:१११,१६२)।

७. "प्रभु, तपाईंका वचनहरू संसारको सारा धन सम्पत्तिभन्दा बढी __________________ छन्!" (भ.सं. ११९:७२)

८. "प्रभु, तपाईंका वचनहरू सुनभन्दा पनि बढी ____________ गर्ने __________ छन्। तपाईंको वचन मेरो निम्ति कति अनमोल छ!" (भ.सं. १९:१०)।

९. "प्रभु, तपाईंका वचनहरू चाकाबाट टप्कने महभन्दा बढी ____________ छन् अनि म मेरो पेटको निम्ति तयार गरिएको सबैभन्दा स्वादिष्ठ भोजनको भन्दा तपाईंको वचनकै स्वाद लिन इच्छा गर्दछु!" (भ.सं. १९:१०; भ.सं. ११९:१०३)।

१०. "प्रभु, साँच्चै म तपाईंको वचनको ________________ छु" (भ.सं. ११९:४०, १३१)।

बाइबल परमेश्वरको मलाई व्यक्तिगत प्रेम-पत्र हो, यही सोचाइमा बाइबल पढिनुपर्छ! आफ्नो परमेश्वरलाई भेट्न मैले दिनहूँ समय अलग गर्नुपर्छ! प्रभुलाई म साँच्चै प्रेम गर्दछु भने, म उहाँको बोली सुन्न चाहनेछु! उहाँको वचन पढ्दा नै परमेश्वर मसित बोल्नुहुन्छ! के म परमेश्वरको वचनलाई साँच्चै प्रेम गर्दछु? के म साँच्चै धन-सम्पत्ति र भौतिक कुराहरूको भन्दा परमेश्वरको वचनको बढी चाहना गर्दछु? के बाइबल पढ्न र जीवित परमेश्वरबाट सत्यता सिक्नलाई म उत्साहित छु? के म परमेश्वरको वचनको निम्ति साँच्चै भोकाउँछु? के मण्डली सभाहरूमा जान र बाइबलबाट अरू सिक्न साँच्चै मन पराउँदछु? के भ.सं. १९:७-११ मा लेखिएका कुराहरू मेरो जीवनमा भेट्टाउन सकिन्छ? "तिमीहरू विश्वासमा छौ कि छैनौ, आफैलाई जाँच।"

टिप्पणीः यदि कसैले प्रत्येक दिन भजन संग्रह ११९ को एउटा पदलाई मनन गर्दछ भने, उसले यो अनमोल भजनलाई (जो बाइबलकै सबैभन्दा लामो अध्याय हो) एक वर्षमा दुई पटक दोहोर्‍याउन सक्नेछ!

. एउटा साँचो विश्वासीले स्वर्गमा बस्नुहुने आफ्नो पितासँग प्रार्थना गर्दछ (रोमी ८:१५-१६)

एउटा दूधे बालक रूँदा उसले आफूभित्र भएको जीवनलाई एक किसिमले व्यक्त गरिरहेको हुन्छ। उसलाई भोक लाग्दा, कतै दुख्दा, दिसा-पिसाब गर्दा, असजिलो हुँदा, ऊ रून्छ। रूवाईकै कारण यो प्रमाणित हुन्छ, ऊ निश्चय ____________ छ! के मरेका बच्चा रून्छन्? ______________। त्यसरी नै जब एक व्यक्ति परमेश्वरको परिवारमा जन्मिन्छ (गलाती ३:२६), उसले एउटा नयाँ, अपूर्व सम्बन्धको स्वाद पाउँदछ! अब उसले यसो भन्दै पुकार्न सक्दछ, "हे __________! हे ________!" (रोमी ८:१५; गलाती ४:६; दाँज्नुहोस् मर्कूस १४:३६)! अब एकमात्र __________ ____________________ (यूहन्ना १७:३) लाई उसले व्यक्तिगत रुपमा चिन्दछ र उहाँसँग उसको सम्बन्ध गाँसिएको हुनाले उसले उहाँलाई आफ्नो ____________ ________ (मत्ती ६:३२) भनी सम्बोधन गर्न सक्दछ। अब उसले ________ ________________का निम्ति ______________ ________________ चढाउन सक्दछ (एफेसी ५:२०)। परमेश्वरको प्रत्येक सन्तानको सबै पाप पूर्ण रूपले धोइएका र क्षमा गरिएका हुनाले (हिब्रू १०:१७) ऊ परमेश्वरको ____________मा ________ सक्दछ अनि ऊ साहससँग ______________को ______________को नजिक ____________ सक्दछ र ________ पाउन सक्दछ, अनि ________ पर्दा सहायता पाउनलाई ______________ प्राप्‍त गर्न सक्दछ (हिब्रू ४:१६)। जब विश्वासी जन परमेश्वरको नजिक आउँदछ तब परमेश्वरले के गर्ने प्रतिज्ञा दिनुभएको छ (याकूब ४:८; दाँज्नुहोस् जकरिया १:३)? ________________________________________________________।

प्रार्थना भनेको जीवित परमेश्वरसँग बातचीत गर्नु हो! जसरी एउटा बालकले बोल्न सिक्नुपर्छ, त्यसरी नै एउटा विश्वासी जनले परमेश्वरसँग ____________ गर्न सिक्नुपर्छ! लूका ११:१ मा चेलाहरूले प्रार्थना गरेजस्तै हामीले पनि प्रार्थना गर्नुपर्दछः "हे प्रभु, मलाई ____________ ______ ____________________।" एउटा बालकले बोलेर नै बोल्न सिक्छ (यद्यपि शुरूमा उसको तोतेबोलीको खासै अर्थ नहोला)! एक विश्वासी जनले ____________ गर्दै गरेर नै प्रार्थना गर्न सिक्दछ! विश्वासी जनले जति प्रार्थना गर्दछ त्यति नै सजिलो हुँदै जान्छ! कुनै बालक बोल्नै नसिकी ठूलो भयो भने के त्यो एक समस्याजनक कुरो होइन? ____। यदि कसैले आफू परमेश्वरको सन्तान भएको दाबी गर्दछ तर कहिल्यै प्रभुसँग बोल्दैन भने, के तपाईं त्यहाँ कुनै न कुनै समस्या छ भन्ने ठान्नुहुनेछ? ____________।

. एउटा साँचो विश्वासीले आफ्ना ख्रीष्टिय दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दछ (१ यूहन्ना ३:१४)

प्रभु येशूले हामीलाई भन्नुभएको छ, एक साँचो विश्वासी __________बाट ____________मा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)। म __________बाट ____________मा सरिसकेको छु कि छैन भनी मैले कसरी जान्न सक्छु? परमेश्वरको जवाफ १ यूहन्ना ३:१४ मा पाइन्छः हामी ______________ हामी __________बाट ____________मा सरिसकेका छौं, किनभने हामी ________________लाई ________ गर्छौं। जसले आफ्नो भाइलाई ________ गर्दैन, त्यो व्यक्ति __________बाट ____________मा सरिसकेको छैन किनभने त्यो __________मा रहिरहन्छ (१ यूहन्ना ३:१४)।

जुन व्यक्ति शैतानको सन्तान हो उसको जीवनमा निम्न दुई कुराहरू भेटिन्छन् (१ यूहन्ना ३:१०):

१. ऊ एक धर्मी जीवन जिउँदैन

२. उसले ______________________________________________ गर्दैन।

परमेश्वरले विश्वासी जनलाई कुनचाहिँ समाचार दिनुभएको छ (१ यूहन्ना ३:११)? ________________ ________________________________________। १ यूहन्ना ३:१२ मा सिक्छौं, कयिन (उत्पत्ति ४:१-११ हेर्नुहोस्) __________को सन्तान थियो किनकि कयिनको जीवनमा निम्न दुई कुराहरू भेटिए (१ यूहन्ना ३:१२):

१. कयिनले धर्मी जीवन बिताएन भन्ने हामीलाई थाहा छ, किनभने त्यसका आफ्ना कामहरू __________ ________।

२. कयिनले आफ्नो भाइलाई प्रेम गरेन भन्ने हामीलाई थाहा छ, किनभने ____________________ __________________________________।

के कयिनले हाबिललाई घृणा गरे? ________। ________को पापले अन्तमा हत्याको पापमा पुर्‍यायो! मत्ती ५:२१-२२ सित तुलना गर्नुहोस्। हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो ________________ हो (१ यूहन्ना ३:१५)। हत्याराको बारेमा हामी के जान्दछौं (१ यूहन्ना ३:१५)? ______________________________ ________________________। हामीले हाम्रा भाइहरूका निम्ति आफ्ना प्राणहरू किन अर्पण गर्नुपर्छ (१ यूहन्ना ३:१६)? ________________________________________________________।

१ यूहन्ना ३:१७ पढेर ठीक कि बेठीक छुट्टयाउनुहोस्:

__________ यहाँ कुनै व्यक्तिले आफ्नो भाइलाई एउटा वास्तविक खाँचोमा परेको देखेको कुरा उल्लेख छ।

__________ उक्त व्यक्तिसँग त्यो खाँचो पूरा गरिदिने क्षमता छ।

__________ उक्त व्यक्ति त्यो खाँचो पूरा गरिदिन तत्पर छ।

__________ उक्त व्यक्तिले त्यो खाँचो पूरा गरिदिन इन्कार गर्छ।

__________ उक्त व्यक्तिमा परमेश्वरको प्रेमले वास गर्दछ।

__________ उक्त व्यक्ति एक साँचो विश्वासी नै हुनुपर्छ।

__________ उक्त व्यक्ति याकूब २:१५-१६ मा उल्लेख गरिएको व्यक्तिसँग मेल खान्छ।

हामीले कसरी प्रेम गरेको परमेश्वर चाहनुहुन्छ (१ यूहन्ना ३:१८)? ______________________________। हामी ख्रीष्टमा विश्वास गर्नेहरू भएका हुनाले, हामीले के गरिरहनुपर्छ (१ यूहन्ना ४:७)? ______________ ____________________________________________। हामीले यसो किन गर्नुपर्छ (१ यूहन्ना ४:७)? ____________ ________________________________________________। साँचो प्रेम गर्ने व्यक्तिको जीवनमा दुइटा कुरा सत्य हुन्छन् (१ यूहन्ना ४:७):

१. ऊ ________________बाट ______________ हो

२. उसले __________________लाई __________ (यूहन्ना १७:३ सित दाँज्नुहोस्)।

प्रेम नगर्ने व्यक्तिको विषयमा हामीले के भन्न सक्छौं (१ यूहन्ना ४:८)? ____________________________ ______________। परमेश्वर के हुनुहुन्छ (१ यूहन्ना ४:८)? ________। यसकारण, प्रिय बालकहरूझैं हामीले परमेश्वरका देखासिकी गर्दछौं भने (एफेसी ५:१), हाम्रो जीवनमा कुन कुरा पाइनेछ? ________। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भनी हामी कसरी जान्दछौं (१ यूहन्ना ४:९?१०)? ________________________________ __________________________________________________________। के यसरी नै परमेश्वरले हामीलाई प्रेम गर्नुभएको हो (१ यूहन्ना ४:११; यूहन्ना ३:१६ सित दाँज्नुहोस्)? ________। १ यूहन्ना ४:११ अनुसार हामीले एकअर्कालाई किन प्रेम गर्नुपर्दछ? __________________________________________________________________। हामी किन प्रेम गर्दछौं (१ यूहन्ना ४:१९)? __________________________________________________________। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर आफ्नो भाइलाई चाहिँ घृणा गर्ने व्यक्ति कस्तो व्यक्ति हो (१ यूहन्ना ४:२०)? __________________। आफूले देखेको आफ्नो भाइलाई घृणा गर्ने व्यक्तिले आफूले नदेखेका परमेश्वरलाई के साँच्चै प्रेम गर्दछ (१ यूहन्ना ४:२०)? ____________। परमेश्वरलाई साँच्चै प्रेम गर्ने व्यक्तिले __________________________________________________________ (१ यूहन्ना ४:२१)। कृपया १ यूहन्ना २:९-११ पनि पढ्नुहोस्।

यूहन्ना १३:३४ मा, आफू क्रूसमा मर्नुभन्दा अघिल्लो रात, प्रभु येशूले आफ्ना चेलाहरूलाई एउटा नयाँ आज्ञा दिनुभयो -- "तिमीहरूले एक-अर्कालाई ________ गर; ____________________________________________ ____________________, उसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर।" एफेसी ४:३२ ले हामीलाई सिकाउँछ, जसरी ____________________ले हामीहरूलाई क्षमा गर्नुभएको छ, उसरी नै हामीहरूले पनि ________________लाई क्षमा गर्नुपर्छ! यदि ख्रीष्टले तपाईंजस्तो घिनलाग्दो पापीलाई प्रेम गर्न सक्नुभयो भने (रोमी ५:६-८), के तपाईंले ख्रीष्टमा भएका आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सक्नुहुन्छ? __________। यदि ख्रीष्टले तपाईंका सबै ______________________ (कलस्सी २:१३) क्षमा गर्न सक्नुभयो भने के तपाईंले तपाईंलाई खराबी गरेकाहरूलाई क्षमा गर्न सक्नुहुन्छ? ____________।

हामी ख्रीष्टका साँचा चेलाहरू हौं भनेर संसारले कसरी चिन्नेछन् (यूहन्ना १३:३५)? ________________ ________________________________।

यदि कसैले ख्रीष्टमा भएका आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दछ भने, के उसले तिनीहरूसँगै एक बाइबलीय मण्डलीमा भेला हुने इच्छा गर्नेछ (हिब्रू १०:२५ र प्रेरित २:४२ सित दाँज्नुहोस्)? ____________। के शुरुको मण्डलीले प्रेममा एक-अर्काको वास्ता गर्थ्यो (प्रेरित २:४४-४५)? ____________।

के तपाईं पवित्रजनहरूलाई साँच्चै प्रेम गर्नुहुन्छ? के तपाईं अरु विश्वासीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुहुन्छ? के तपाईंले आफैंलाई अरुका निम्ति दिने गर्नुहुन्छ? के तपाईं उहाँहरूलाई काम र सत्यतामै प्रेम गर्नुहुन्छ? के तपाईं उहाँहरूका निम्ति प्रार्थना गर्नुहुन्छ? के तपाईं उहाँहरूलाई हर प्रकारले सहायता गर्ने प्रयास गर्नुहुन्छ? के तपाईं सकेसम्म धेरै पटक परमेश्वरका जनहरूसँगै भेला हुने गर्नुहुन्छ? ख्रीष्टले तपाईंलाई प्रेम गर्नुभएको कारण तपाईं उहाँहरूलाई प्रेम गर्ने गर्नुहुन्छ? "तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।"