|
बाइबलका आधारभूत शिक्षाहरू |
|
अनन्त सुरक्षा |
|
साँचो विश्वासी
अनन्तसम्म सुरक्षित छ |
ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला (रोमी ८:३५)? ____________________________________। सङ्कष्टले? __________। क्लेशले? __________। सतावटले? __________। अनिकालले? __________। नाङ्गो अवस्थाले? __________। खतराले? __________। तरवारले? __________।
रोमी ८:३६ अनुसार के परमेश्वरले हामीलाई एउटा सजिलो जीवनको प्रतिक्षा गर्न दिनुभएको छ? ________। २ कोरिन्थी ११:२३-२८ पढ्नुहोस्। के पावलले रोमी ८:३५ मा लेखेकै कुराहरू भोगे? __________।
सङ्कट, परीक्षा र कष्टको बीचमा पनि के एक विश्वासी जनले विजयी जीवन बिताउन सक्छ (रोमी ८:३७)? __________। के परमेश्वरको प्रेमदेखि उसलाई कुनै पनि कुराले अलग पार्न सक्दैन भन्ने कुराको निश्चयता पावललाई थियो (रोमी ८:३८-३९)? __________। पद ३८ मा पावलको निर्धक्कता जनाउने वाक्यांश कुन हो? पू______ नि__________________। के एउटा विश्वास नगर्ने व्यक्तिले रोमी ८:३८-३९ को आशिषपूर्ण प्रतिज्ञालाई आफ्नो निम्ति दाबी गर्न सक्छ (तुलना गर्नुहोस् २ थेस्सलोनिकी १:८-९)? एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन ऊ परमेश्वरको प्रेमबाट अलग पारिनुपर्छ। के यो सम्भव छ? ______।
यस बाइबलीय प्रश्नको जवाफ के हो: "परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला?" (रोमी ८:३१)? ______________________________। पद ३२-३४ ले परमेश्वर हाम्रो विरूद्घमा होइन तर हाम्रो पक्षमा हुनुहुन्छ भनी प्रमाणित गर्दछ। निम्न भनाइहरूलाई ती पाइने पदहरूसित जोडा मिलाउनुहोस्:
| १) __________ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। | (क) रोमी ८:३२ |
| २) __________परमेश्वर पिताले आफ्नै पुत्रलाई हामी सबका निम्ति सुम्पनुभयो। | |
| ३)__________ख्रीष्ट हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। | (ख) रोमी ८:३३ |
| ४)__________परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ। | |
| ५)__________ख्रीष्ट हाम्रा निम्ति बौरिउठ्नुभयो। | (ग) रोमी ८:३४ |
यदि परमप्रभु हाम्रो ज्योति र हाम्रो मुक्ति हुनुहुन्छ भने, के हामी कसैदेखि डराउनुपर्ला (भजनसंग्रह २७:१)? ____________। परमप्रभु हाम्रो जीवनको किल्ला हुनुहुन्छ भने, हामी ________________ हुनुपर्दैन (भजनसंग्रह २७:१)। परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कटमा सधैं हाजिर रहने सहायता। यसकारण हामी ______________________ (भजनसंग्रह ४६:१-२)। परमप्रभु हाम्रो साथमा हुनुभएको हुनाले, हामी ______________ हुँदैनौं (भजनसंग्रह ११८:६)। हाम्रो सहायक को हुनुहुन्छ (यशैया ५०:७-९)? ________________________________। परमेश्वर हाम्रो सहायक हुनुहुन्छ भने के हामीले मानिसको डर मान्न आवश्यक छ (हिब्रू १३:६)? ________। प्रभु हामीभित्रै हुनुहुन्छ भने के हामीले शैतानको डर मान्नु आवश्यक छ (१ यूहन्ना ४:४)? ________।
एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउन सक्न परमेश्वर नै उसको विरूद्घमा हुन आवश्यक पर्न जान्छ। के परमेश्वर विश्वासी जनको विरूद्घमा हुन सम्भव छ? ________।
१ पत्रुस १:५ अनुसार विश्वासीहरू " ________का निम्ति परमेश्वरको ________ले ____________द्वारा ________________ छन् (शब्दार्थ: "सुरक्षित छौ" ("बचाइराखिएका छौ, रक्षा गरिएका छौ)। विश्वासीहरूलाई "तिमीहरू सुरक्षित छौ" भनी बताइएकोबाट निम्न तथ्यहरू पुष्टि हुन्छन् (क) विश्वासीहरू परमेश्वरको ________ले पलपलमा र निरन्तर सु____________ छन्। (ख) एक विश्वासीलाई सुरक्षित राख्ने कार्य विश्वासी आफैले गर्दैन तर ______________ले गर्नुहुन्छ! १ पत्रुस १:५ ले के हामी आफ्नै विश्वासयोग्यता र असल कामहरूद्वारा सुरक्षित राखिन्छौं भनी बताउँछ? ________________। हामी पलपलमा परमेश्वरकै शक्तिले ________________ राखिएका छौं। परमेश्वर कति शक्तिशाली हुनुहुन्छ (दाँज्नुहोस्, उत्पत्ति १७:१ र प्रकाश १९:६)? ____________________________________। के परमेश्वर पापी मानिसहरूलाई बचाउन सक्नुहुन्छ (मत्ती १९:२३-२६)? __________________। यदि परमेश्वर हामीलाई बचाउन सक्नुहुन्छ भने के उहाँ हामीलाई बचाइराख्न पनि सक्नुहुन्छ (१ पत्रुस १:५)? ________________। विश्वासीहरूलाई बचाइराख्ने र रक्षा गर्ने जिम्मा कसको हो (१ पत्रुस १:५)? ____________________। भेडाहरूको सुरक्षा गर्ने काम भेडाहरू आफैंको हो कि गोठालोको हो? __________________। के प्रभु येशूले आफ्ना भेडालाई बचाइराख्न र रक्षा गर्न सक्नुहुन्छ (यूहन्ना १०:२७-२८)? __________________। हामी मुक्ति पाएकाहरू भएको हुनाले प्रभु येशू हाम्रा ________________का ____________ र ____________ हुनुहुन्छ (१ पत्रुस २:२५)। "अध्यक्ष" को अर्थ "देखरेख गर्नुहुने" हो, जसले हाम्रो देखभाल गर्नुहुन्छ, अनन्त विनाशबाट बचाइराख्नुहुन्छ। ख्रीष्ट हाम्रा प्राणका रक्षक हुनुहुन्छ!
हिब्रू ७:२५ मा प्रभु येशूको विषयमा लेखिएको छ, "यसैकारण ________द्वारा जो-जो __________________कहाँ आउँछन्, तिनीहरूलाई ________ __________ ________ गर्न उहाँ ____________ हुनुहुन्छ।" उहाँ तिनीहरूलाई पूर्णरूपले बचाइराख्न सक्नुहुन्छ। "पूर्णरूपले" भन्नाले "पूरै, सिद्घ रूपले"। तसर्थ, हाम्रो निम्ति ख्रीष्टले गर्नुभएको कार्यद्वारा हाम्रो मुक्ति सिद्घ र पूर्ण छ! अनि यो सिद्घ र पूर्ण मुक्ति सदाका लागि हाम्रो भएको छ किनकि हाम्रो निम्ति "अन्तर्बिन्ती गर्न उहाँ ________ ____________ रहनुहुन्छ" (हिब्रू ७:२५)।
यहूदा बताउँछन् (यहूदा २४ मा) कि परमेश्वरले हामीहरूलाई ____________देखि ________________ र उहाँको महिमाका सामु अति आनन्दसहित __________________ खडा गराउन ____________________! परमेश्वरको एउटा अर्को उत्कृष्ट जन को थिए जो परमेश्वरको सुरक्षित राख्न सक्ने सामर्थ्यप्रति विश्वस्त थिए (२ तिमोथी १:१२ पढ्नुहोस्)? ____________। तिमोथीलाई दोश्रो पत्र लेख्ने क्रममा के पावल आफ्नो मृत्युको घडी नजिकै छ भनी जान्दथे (२ तिमोथी ४:६-८)? ______________। यस परिवेशमा पनि पावललाई परमेश्वरको सुरक्षित राख्न सक्ने सामर्थ्यको पूर्ण निश्चयता थियो भन्ने अचम्मको गवाही २ तिमोथी ४:१८ मा पाउँछौं: "अनि ________ले मलाई ____________ खराब कामबाट छुटाउनुहुनेछ र आफ्नो ____________ __________का निम्ति ____________________________।" प्रभुले उनलाई उहाँको स्वर्गीय राज्यका निम्ति बचाइराख्नुहुनेछ भनी पावल जान्दथे! परमेश्वरको सुरक्षित राख्न सक्ने सामर्थ्यको कारणले हाम्रो मुक्तिको पूर्णता निश्चित छ!
ठीक कि बेठीकः
__________ भेडाहरूको सुरक्षाको जिम्मेवारी भेडाहरूकै हो।
__________ हाम्रा प्राणहरूका रक्षक हामी आफैं हौं।
__________ यदि एक मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सम्भव भएको भए यसको मतलब आफूले मुक्त गर्नुभएकाहरूलाई परमेश्वरले सुरक्षित राख्न र बचाइराख्न सक्नुहुन्न भन्ने ठहरिन्थ्यो।
__________ र्सवशक्तिमान् परमेश्वर आफ्नाहरूलाई सुरक्षित राख्न र उहाँको स्वर्गीय राज्यको निम्ति बचाइराख्न पूर्णरूपले सामर्थी हुनुहुन्छ।
__________ हामीलाई परमेश्वरले बचाउनुपर्छ, तर विश्वासयोग्य जीवन यापन गर्दै प्रभुलाई खुशी पार्ने असल कामहरू गरेर हाम्रा प्राणहरू बचाइराख्ने जिम्मेवारीचाहिँ हाम्रै हो।
__________ म परमेश्वरको शक्तिले पलपल बचाइराखिएको छु, तसर्थ म प्रभुप्रति धन्यवादी छु अनि म एक विश्वासयोग्य जीवन यापन गर्दै उहाँको दृष्टिमा मनपर्दो कामहरू गर्ने इच्छा गर्दछु। म आफ्नो पूर्ण मुक्तिको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँछु।
__________ परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभएको छ र आफ्नो अनुग्रहले बचाइराख्नुभएको छ अनि म एक दिन परमेश्वरकै अनुग्रहले स्वर्गमा पुग्नेछु।
__________ परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभएको छ तर मैले आफ्नै असल कामहरू र धार्मिकताका कामहरूद्वारा आफूलाई बचाइराखेको छु।
__________ परमेश्वरले मलाई बचाउनुभएकोले र बचाइराख्नुभएकोले म जस्तोसुकै जीवन यापन गर्न सक्छु अनि मैले आफूखुशी गर्न सक्छु। म सुरक्षित भएको हुनाले अबदेखि उसो मैले पाप गरे पनि केही फरक पर्दैन।
__________ परमेश्वरका भेडाहरू उहाँको हातमा सदाका निम्ति सुरक्षित छन् (यूहन्ना १०:२८-२९)।
__________ परमेश्वरका भेडाहरूले गोठालोलाई पछयाउँछन् (यूहन्ना १०:२७)।
आज प्रभु येशू ख्रीष्ट कहाँ हुनुहुन्छ (रोमी ८:३४)? ______________________________________________। उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ (रोमी ८:३४)? ____________________________________________________________। सो कार्य कसको निम्ति गर्दैहुनुहुन्छ? __________________। हिब्रू ७:२५ पढ्नुहोस्। उहाँद्वारा परमेश्वरकहाँ आउनेहरू सबैलाई ख्रीष्टले पूर्ण रूपले बचाउनु मात्र हुन्न, तर तिनीहरूका निम्ति __________________ गर्न उहाँ सधैं जीवित रहनुहुन्छ! रोमी ८:३४ र हिब्रू ७:२५ दुवैमा "अन्तर्बिन्ती गर्न" भन्ने क्रियापद वर्तमान कालमा छ; यसको तात्पर्य ख्रीष्ट हाम्रा निम्ति निरन्तर ______________________ गर्नुहुन्छ। "अन्तर्बिन्ती गर्नु" को अर्थ हुन्छ "कसैको निम्ति प्रार्थना गरिदिनु, कसैको पक्षमा बिन्ती गर्नु"। के ख्रीष्टले शिमोन पत्रुसका निम्ति अन्तर्बिन्ती गर्नुभयो (लूका २२:३१-३२)? ________________। पत्रुसले आफ्नो प्रभुलाई इन्कार गर्दा उसको विश्वास निश्चय पनि ढलपल भएको थियो, तर उसको वि__________ न____________ भनेर येशूले प्रार्थना गर्नुभयो। के यो प्रार्थनाको जवाफ मिल्यो होला? ____________।
यूहन्ना १७:१-२६ मा अन्तर्बिन्तीको प्रार्थनाको सुन्दर उदाहरण पाउँछौं। यो कसको प्रार्थना थियो (यूहन्ना १७:१)? __________________। तसर्थ, हाम्रो निम्ति अन्तर्बिन्ती गर्नुहुने को हुनुहुन्छ? ______________। ख्रीष्टले कोसँग प्रार्थना गर्नुभयो (यूहन्ना १७:१,५,११,२१,२४,२५)? __________________________________। यो प्रार्थनामा ख्रीष्टले कसका निम्ति अन्तर्बिन्ती गर्नुभयो, विश्वास गर्नेहरूका निम्ति कि विश्वास नगर्नेहरूका निम्ति (यूहन्ना १७:९)? ________________________________। उहाँका जनहरूलाई रक्षा गर्नुहोस् भनी ख्रीष्टले पितासँग कुनचाहिँ पदमा विन्ती गर्नुहुन्छ? ________। उहाँका जनहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी ख्रीष्टले पितासँग कुनचाहिँ पदमा विन्ती गर्नुहुन्छ? ________। (अक्षरशः "दुष्टचाहिँ (अर्थात् र्शैतान) बाट रक्षा गर्नुहोस्)। ख्रीष्टले आफ्ना विश्वासी जनहरूका निम्ति उहाँ जहाँ हुनुहुन्छ त्यहीँ उहाँसँगै तिनीहरू रहून् भन्ने प्रार्थना कुन पदमा गर्नुहुन्छ? ________। यो प्रार्थनाको जवाफ मिल्नेछ त (यूहन्ना १४:३)? __________।
यदि हामीले मुक्ति गुमाउन सम्भव भए, ख्रीष्टले हाम्रो निम्ति अन्तर्बिन्ती गर्न छाड्नुपर्ने हुन्थ्यो! तर बाइबलले बताउँछ कि उहाँले ________ निम्ति ______________________ निरन्तर गरिरहनुहुन्छ (रोमी ८:३४)। तसर्थ, के विश्वासी जनले आफ्नो मुक्ति गुमाउन सम्भव छ? ________।
"मसँग पाप छैन" भन्ने विश्वासीको सवालमा तपाईं के भन्न सक्नुहुन्छ (१ यूहन्ना १:८)? __________ ________________________________। "मैले पाप गरेको छैन" भन्ने विश्वासीको सवालमा के भन्न सक्नुहुन्छ (१ यूहन्ना १:१०)? ________________________________________________________________________________। जब हामीले पाप गर्छौं तब ख्रीष्टलाई मुक्तिका निम्ति पुनः बिन्ती गर्नुपर्छ भन्नु १ यूहन्ना १:९ अनुसार सत्य हो कि होइन? ____________। शब्दार्थः "स्वीकार गर्नु" = "उही कुरा गर्नु, सहमत हुनु, सकार्नु"। यसकारण पापको विषयमा परमेश्वरले जे भन्नुहुन्छ हामीले पनि त्यही भन्नुपर्छ। हाम्रो पापलाई परमेश्वरले जसरी देख्नुहुन्छ उसरी नै देख्नुपर्छ। हामीले जे गरेका छौं त्यो पापपूर्ण छ भनी परमेश्वरसित र उहाँको वचनसित हामी सहमत हुनुपर्छः "हो प्रभु, तपाईंको दृष्टिमा मैले पाप गरें र यो दुष्टता गरें" (भजनसंग्रह ५१:३-४ मा दाऊदको पाप-स्वीकारको प्रार्थनासित तुलना गर्नुहोस्)। जब हामीले हाम्रा पापहरू स्वीकार गर्दछौं, परमेश्वरले कुन दुई कुराहरू गरिदिनुहुने प्रतिज्ञा गर्नुहुन्छ (१ यूहन्ना १:९)? १) __________ ________________________________२)__________________________________________________________________।
के हामीले पाप गरोस् र हारको जीवन व्यतित गरोस् भनी यूहन्नाले यी कुराहरू लेखेका हुन् (१ यूहन्ना २:१)? ____________। ठीक कि बेठीकः ______________ "कसैले पाप गर्यो भने उसले आफ्नो मुक्ति गुमाउँनेछ" (१ यूहन्ना २:१)। तर यदि हामीले पाप गर्यौं भने हाम्रा एकजना ____________ हुनुहुन्छ भनी हामी जान्दछौं (१ यूहन्ना २:१)। यस पदमा वर्तमान कालको क्रियापद "हुनुहुन्छ" को अर्थ हो, "भइरहनुहुन्छ", अर्थात् "उहाँ हाम्रो वकिल भइरहनुहुन्छ"। यसको मतलव ख्रीष्ट हाम्रो वकिल हुन कहिल्यै छाड्नुहुन्न। शब्दार्थः "वकिल" ="हामीलाई सहायता गर्न हाम्रो पक्षमा रहन बोलाइएको व्यक्ति, सहायक"। हाम्रो वकिल र सहायक को हुनुहुन्छ (१ यूहन्ना २:१)? ____________________________________________।
हामीले पाप गर्दा हामीलाई पिताको सामु कसले दोष लगाउँछ (प्रकाश १२:९-१०)? ________________ __________________। शैतान परमेश्वरको सामु आएर भन्छ, "______________ले (आफ्नै नाम लेख्नुहोस्) पाप गरेको छ र खराब काम गरेको छ, अनि तपाईं एक पवित्र परमेश्वर हुनुभएको हुनाले तपाईंले यस विश्वासीलाई दण्ड दिनैपर्छ, उसलाई आगोको झीलमा फ्याँक्नैपर्छ अनि ऊ सदाको लागि तपाईंको क्रोधमुनि रहनैपर्छ।" तर पिताको साथमा हाम्रा एकजना व________ (सहायक) हुनुहुन्छ, धर्मी येशू ख्रीष्ट (१ यूहन्ना २:१) अनि उहाँ हाम्रो पक्षमा पितासित बिन्ती गर्नुहुन्छः "हे धार्मिक पिता, म जान्दछु कि ______________ (आफ्नै नाम लेख्नुहोस्) ले पाप गरेकै हो र परमेश्वरको वचनको अनाज्ञाकारी भएकै हो तर त्यो पापको निम्ति म मरें; जब म कलवरीको क्रूसमा उसको सट्टामा मरें ममाथि तपाईंको क्रोध खन्याइसकियो अनि मेरो रगतले सबै पापबाट शुद्घ पार्दछ (१ यूहन्ना १:७)। मेरा पिता, तपाईंले यस विश्वासीलाई दण्ड दिनुपर्दैन किनकि उसको सट्टामा मैले दण्ड भोगें!" धन्य मुक्तिदाता! सिद्घ बलिदान! उदेकको वकिल!
हामीले आफ्नो मुक्ति गुमाउन सक्न, ख्रीष्ट हाम्रो वकिल हुन छोड्नुपर्छ। तर बाइबलले बताउँछ, कसैले ________ गर्यो भने ________को साथमा हाम्रा एकजना __________________ हुनुहुन्छ [भइरहनुहुन्छ]" (१ यूहन्ना २:१)। के ख्रीष्ट हाम्रा वकिल र सहायक हुन छोड्नुहुनेछ? __________। तब के हामीले मुक्ति गुमाउन सम्भव छ? ________।
ध्यानपूर्वक २ शमूएल ११ अध्याय पढ्नुहोस् जहाँ हामी दाऊदले गरेको ठूलो पापको बयान पाउँछौं। २ शमूएल १२:१-४ पनि पढ्नुहोस्। दाऊदले गरेका दुईटा दुष्ट कामहरू कुन-कुन थिए (२ शमूएल १२:९)? १) ________________________________________________ २) ____________________________________________। २ शमूएल १२:१-१४ पढ्नुहोस्। दाऊदले कुनचाहिँ पदमा आफ्नो पापको स्वीकार गरे? ______। आफ्नो ठूलो पापपछि दाऊदले गरेको पाप-स्वीकारको प्रार्थना भजनसंग्रह ५१ मा पाइन्छ। कुनचाहिँ दुईटा पदहरूमा दाऊदले आफ्नो पाप स्वीकार गरेको पाइन्छः __________। के दाऊदले यसरी प्रार्थना गरे ("मलाई तपाईंको मुक्ति फिर्ता दिनुहोस्" (पद १२)? ______________। यो ठूलो पापको कारण के दाऊदले आफ्नो मुक्ति गुमाए? ________________। दाऊदले के गुमाए (पद १२)? ______________________________________।
| के तपाईं आफ्नो मुक्तिको आनन्द अनुभव गर्दैहुनुहुन्छ? यदि हुनुहुन्न भने तपाईंको जीवनमा तपाईंले स्वीकार गर्नुपर्ने कुनै पाप हुनुपर्छ। भजनसंग्रह १३९ पढ्नुहोस् अनि २३ र २४ पदहरूमा दाऊदले गरेकै प्रार्थनालाई आफ्नै प्रार्थना बनाउनुहोस्। भजनसंग्रह ५१ र ३२ पनि पढ्नु राम्रो हुन्छ। १ यूहन्ना १:१-१० र १ यूहन्ना २:१-२ बाट तपाईंलाई मद्दत मिल्नेछ। १ यूहन्ना १:४ मा विशेष ध्यान दिनुहोस् जहाँ उल्लेख गरिएको छ -- तिमीहरूको आनन्द पूरा होस्। |
फिलिप्पी १:६ मा निश्चयताको एक वक्तव्य पाउँछौं, "र यस कुरामा म ______________ छु"। जसले यी फिलिप्पीका विश्वासीहरूमा एउटा असल काम ________ गर्नुभएको थियो उहाँले ________ __________को ________सम्म त्यो ________ गर्नुहुनेछ भनी पावल पूर्ण रूपमा निश्चित थिए। यी विश्वासीहरूको जीवनमा असल काम शुरू गर्नुहुने को हुनुहुन्थ्यो? __________________। उनीहरूमा निरन्तर काम गर्दैरहनुहुने व्यक्ति को हुनुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२०-२१)? ____________________। के उहाँले आफ्नो काम पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)? __________________। के परमेश्वरले आफूले शुरू गर्नुभएको कामलाई पूरा गर्न सक्नुहुन्छ (यहूदा २४; २ तिमोथी १:१२; हिब्रू ७:२५)? __________________।
विश्वासीहरू कुनचाहिँ महान् घटनाको बाटो हेरिरहेका छन्? (१ कोरिन्थी १:७) ____________________ ____________________________। तीतस २:१३ अनुसार विश्वासीहरू कुनचाहिँ महान् घटनाको बाटो हेर्दै जिउनुपर्छ? ________________________________________________________________________। यो महान् घटना पुरा हुनेवाला छ भनी हामी कसरी जान्दछौं (यूहन्ना १४:१-३)? ________________________________________।
के कोरिन्थका विश्वासीहरू आत्मिकतामा परिपक्व र स्वस्थ थिए? के तिनीहरू आत्मिक जीवनमा राम्ररी बढ्दै थिए (१ कोरिन्थी ३:१-२)? ____________। कोरिन्थको मण्डलीमा एकता थियो कि विभाजन (१ कोरिन्थी १:१०-१३; ३:३-४)? ______________। के कोरिन्थको मण्डलीका सबै सदस्यहरू पवित्र र शुद्घ जीवन बिताउँथे (१ कोरिन्थी ५:१,१३; ११:२९-३०)? __________________। यद्यपि तिनीहरूका थुप्रै कमजोरीहरू, पाप र समस्याहरू थिए, तैपनि यो उदेकलाग्दो कुरा हो कि प्रभु येशू ख्रीष्टको ________मा तिनीहरू ____________ होओस् भनेर तिनीहरूलाई प्रभु येशूले __________सम्म ____________ पार्नुहुनेछ भनी १ कोरिन्थी १:८ मा पावलले यी विश्वासीहरूलाई भन्छन्! के कोरिन्थका विश्वासीहरूमा शुरू गर्नुभएको असल काम परमेश्वरले पूरा गर्न सक्नुहुन्छ? __________________। तपाईंमा समेत सक्नुहुन्छ? __________________।
फिलिप्पी १:६ र १ कोरिन्थी १:८ दुवैमा एक निश्चित दिनको उल्लेख छ। त्यो दिनलाई कुन नामले जनाइएको छ? ________________________________________। कुनचाहिँ महान् घटना घट्दा त्यस "दिन" आउनेछ भनी हामी १ कोरिन्थी १:७ मा सिक्छौं? __________________________________________________।
जोडा मिलाउनुहोस्:
| १. _______ परमेश्वरले आफ्नो काम ममा
शुरू गर्नुभयो। २. _______ परमेश्वरले अहिले नै ममा काम गर्दैहुनुहुन्छ। ३. _______ परमेश्वरले यस महान् कामलाई पूरा गर्नुहुनेछ। ४. _______ परमेश्वरले मलाई छुटकारा दिनुभयो र उहाँले अहिले पनि छुटकारा दिँदैहुनुहुन्छ, अनि उहाँले मलाई छुटकारा दिनुहुनेछ! (यो हाम्रो महान् मुक्तिको वर्णन हो -- भूतकालमा, वर्तमानकालमा र भविष्यकालमा!) |
(क) फिलिप्पी २:१३; हिब्रू १३:२१ (ख) १ कोरिन्थी १:७-८; फिलिप्पी ३:२०-२१ (ग) प्रेरित १६:३१; यूहन्ना ६:२९; एफेसी १:१२-१३; १ कोरिन्थी ६:११ (घ) २ कोरिन्थी १:१० |
हामीलाई कसको रुपमा ढाल्नु परमेश्वरको अनन्तदेखिको मनसाय हो (रोमी ८:२८-२९)? __________ ____________________। हामीप्रतिको परमेश्वरको यो मनसाय कहिले पूरा हुनेछ (१ यूहन्ना ३:२)? __________ ____________________________________। १ यूहन्ना ३:२ अनुसार त्यस दिन हामी किन ख्रीष्टजस्तै हुनेछौं? ______________________________________________। के अहिले पनि हामीले प्रभु येशू ख्रीष्टलाई देखेको र हेरेको परमेश्वर चाहनुहुन्छ (२ कोरिन्थी ३:१८)? __________________। आज हामी ख्रीष्टलाई कसरी देख्न सक्छौं (लूका २४:२७,४४-४५; यूहन्ना ५:३९)? ________________________________________।
यदि एक साँचो विश्वासीले आफ्नो मुक्ति गुमाउन सम्भव भएको भए, उसलाई ख्रीष्टको रुपमा ढाल्ने परमेश्वरको अनन्तदेखिको मनसाय असफल हुनेथ्यो! के परमेश्वरको अनन्तदेखिको मनसाय असफल हुन सम्भव छ? ________। परमेश्वरले कुनै अभिप्राय राख्नुभएको छ भने, के त्यो पूरा हुनेछ (यशैया १४:२७; ४६:१०-११)? ____________।
|
पालुङ चर्च |