|
बाइबलका आधारभूत शिक्षाहरू |
|
मुक्ति: मुक्ति कसरी पाइन्छ |
|
व्यवस्था पालन गर्ने
प्रयासले होइन |
रोमी ३:२० अनुसार व्यवस्था पालन गरेर कतिजना मानिसहरू परमेश्वरको सामु धर्मी ठहरिन्छन्? ____________________________। के मानिसहरू व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिन्छन् (गलाती २:१६)? ________________। यदि मानिसहरूले व्यवस्था पालन गरेर मुक्ति पाउन सम्भव भएको भए के ख्रीष्ट क्रूसमा मर्न आवश्यक पर्थ्यो (गलाती २:२१)? ____________________। रोमी ७:१२ मा व्यवस्थालाई बयान गर्ने तीनओटा शब्दहरू कुन-कुन हुन्? १) ____________ २) ____________ ३) ____________। पापी मानिसले परमेश्वरको पवित्र व्यवस्था पालन गर्न के सम्भव छ (रोमी ७:७-१४ पढ्नुहोस्)? __________। के पापी मानिसले १० आज्ञाहरू पूर्ण रूपले पालन गर्न सम्भव छ (प्रस्थान २०:१-१७ हेर्नुहोस्)? __________। याकूब २:१० पढ्नुहोस्। एकजना मानिसलाई विचार गर्नुहोस् जसले परमेश्वरको एउटा बाहेक सबै आज्ञाहरू पालन गर्दछ। तैपनि के ऊ एउटा व्यवस्था भंग गर्ने मानिस हो? __________। के ऊ दोषी ठहरिन्छ? ______________।
केवल एक ठाउँमा चुँडिएको सिक्रीलाई विचार गरौं।

के यो एउटा चुँडिएको सिक्री हो? ________। व्यभिचार कहिल्यै नगरेको तर हत्याचाहिँ गरेको एउटा व्यक्तिको विचार गरौं। के उसले परमेश्वरको व्यवस्था भंग गरेको ठहरिन्छ (याकूब २:११)? ____________। व्यवस्था पालन गरेर मुक्ति पाउन खोज्नेले के गर्नुपर्छ भन्ने कुरा गलाती ३:१० ले बताउँछ। उसले व्यवस्थाको पुस्तकमा लेखिएका __________ कुराहरूमा तिनलाई ____________ गर्नलाई लागिरहनुपर्छ। के एउटा पापीले त्यसो गर्न सक्छ? ______________। व्यवस्थालाई पूर्ण रूपले पालना गर्ने एउटै मात्र व्यक्ति को हुनुहुन्थ्यो? ____________________।
इमानदारीतामा जवाफ दिनुहोस्:
परमेश्वरको पवित्र व्यवस्थाको उद्देश्य त मानिसहरूलाई उनीहरू वास्तवमा कति पापी छन् भनी देखाउनु हो, "किनकि ________________द्वारा __________ चिन्ने ज्ञान हुन्छ" (रोमी ३:२०)। व्यवस्थाले मानिसलाई कहिल्यै मुक्ति दिन सक्दैन, यसले केवल उसलाई मुक्तिदाताको खाँचो छ भनेर देखाउन सक्छ। ऐनालाई विचार गरौं। ऐनाको उद्देश्य हो हामीलाई हाम्रो अनुहार फोहर छ भनेर देखाउनु। तर हाम्रो अनुहार सफा पार्नलाई हामीले त्यस ऐनालाई नै कदापि प्रयोग गर्दैनौ। ऐनाले हामीलाई साबुन र पानीतर्फ डोर्याउने काम गर्छ। त्यसैगरी परमेश्वरले व्यवस्था दिनुभयो, हामीलाई थुमाकहाँ डोर्याउनलाई जो प्रभु येशू हुनुहुन्छ जसले संसारको पापलाई उर्ठाई लानुहुन्छ। व्यवस्थाले कहिल्यै ____________ दिन सक्दैन (गलाती ३:२१), त्यसले केवल दोषी ठहर्याउन सक्छ। परमेश्वरको पवित्र र धर्ममय व्यवस्थाको सामु उभिने पापी मानिसले "म दोषी छु!" (रोमी ३:१९) भन्न मात्र सक्छ। तर, खुशीको कुरा, व्यवस्थाले गर्नै नसक्ने काम परमेश्वरले गर्नुभयो, उहाँको आफ्नै ____________लाई पर्ठाईकन (रोमी ८:३)! थुमाको लागि परमेश्वरलाई सदा प्रशंसा होस्!
यशैया ६४:६ मा हामी सिक्छौं कि हामी सबै अशुद्ध र पापीहरू भएका हुनाले, हाम्रा धार्मिकताहरू परमेश्वरको सामु ____________ ____________झैं छन्। एफेसी २:१-१० पढ्नुहोस् मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भनेर सिकाउने दुईटा पदहरू भेट्टाउनुहोस्। ती पदहरू कुन-कुन हुन्? ________________। तीतस ३:१-८ मा मानिसले असल कामहरूद्वारा मुक्ति पाउँदैन भनेर कुनचाहिँ पदले सिकाउँछ? ____________। यदि मुक्ति कामहरूबाट पाइने भएको भए, मानिसहरूले आफ्नो मुक्ति कमाउनलाई आफूले गरेका थुप्रै कामहरूमा घमण्ड गर्ने ठाउँ हुने थियो। तर परमेश्वरको वचनले मानिसहरूले असल कामहरू गरेर मुक्ति पाउँदैनन् भन्ने कुरा स्पष्ट सिकाउँछ, तसर्थ जुन व्यक्तिले साँच्चै मुक्ति पाएको छ, उसले ____________ गर्न पाउँदैन (हेर्नुहोस् एफेसी २:९, रोमी ३:९ र रोमी ४:१-५)। लूका १८:९-१४ मा फरिसीले आफ्ना असल कामहरूमा घमण्ड गरेको थियो? ____________। उसको घमण्ड गराइ कुन पदमा उल्लेख छ? ________। के त्यो फरिसीले मुक्ति पाएको थियो (१३-१४ पदहरू हेर्नुहोस्)? ____________।
स्वर्गमा प्रभुको सामु आफू उभिरहनुभएको कल्पना गर्नुहोस्। तपाईंले उहाँलाई के भन्नुहुनेथ्यो होला? तल एउटामा ठिक चिन्ह लगाउनुहोस्:
प्रभुलाई मनपर्ने असल कामहरू गर्न सक्षम तुल्याउनुहुँदै विश्वासीभित्र काम गर्नुहुने को हुनुहुन्छ? (फिलिप्पी २:१३ र हिब्रू १३:२०-२१)? ________________। कलस्सीका विश्वासीहरूको निम्ति पावलले गरेको प्रार्थना पढ्नुहोस् (कलस्सी १:९-१०)। यी विश्वासीहरूले असल कामहरूले भरिएको जीवन जिउँदै प्रभुलाई खुशी पारेको देख्न पावल चाहन्थे? ______________। विश्वासीले प्रभुको सहायता बिना कतिओटा असल कामहरू गर्न सक्छ (यूहन्ना १५:५)? ____________________________ __________। हामीलाई थाहा छ कि मुक्ति नपाएको मानिससित ख्रीष्ट हुनुहुन्न (१ यूहन्ना ५:१२)। मुक्ति नपाएको मानिसले प्रभुलाई मनपर्ने असल कामहरू गर्न सक्छ होला (रोमी ८:८-९)? ______________। यूहन्ना ६:२८-२९ मा प्रभु येशूले बोल्नुभएको वचन अनुसार, प्रभुलाई खुशी पार्नलाई मानिसले गर्नुपर्ने पहिलो "काम" के हो? _____________________________________ ________________________। वास्तवमा, बिना______________ (हिब्रू ११:६) परमेश्वरलाई खुशी पार्न ________________ छ!
निम्न दुई भनाइहरू गलत छन् र परमेश्वरको सत्यता नबुझेकाहरूले मात्र यसरी सोच्छन्:
तर प्रेरित १६:३१ अनुसार, एक पापीलाई परमेश्वरको आज्ञा के छ? ____________________ ________________________________________। तसर्थ, मुक्ति नपाएको मानिसले र्सवप्रथम के गरेको परमेश्वर चाहनुहुन्छ? ______________________________________________________ ____________________।
तर २ तिमोथी २:१९ अनुसार विश्वासी हुँ भनेर दाबी गर्ने व्यक्तिलाई परमेश्वरको के आज्ञा छ? __________________________________________________________। यदि एक व्यक्तिले साँच्चै मुक्ति पाएको छ र ख्रीष्टले उसको निम्ति क्रूसमा के गरिदिनुभयो भनेर बुझेको छ भने, के उसले प्रभुलाई मनपर्ने चालमा हिँड्ने इच्छा गर्छ होला? ______________। कुनै व्यक्तिले मुक्ति पाएपछि उसले आफ्नो जीवन कसको निम्ति बिताउन चाहन्छ (अफ्नै निम्ति कि ख्रीष्टको निम्ति (२ कोरिन्थी ५:१५)? ______________________________।
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
१. ______ एउटा मुक्ति नपाएको व्यक्तिले गर्नुपर्ने सबभन्दा पहिलो काम हो, आफ्ना सबै खराब बानीहरू र पापी व्यवहारहरू त्याग्नु।मानिस पापी, दुष्ट, हराएका, मरेका र अन्धा हुन्छन् भनी हामीले अध्ययन गरिसकेका छौं। त्यसैले मानिस आफैले आफैलाई बचाउन असम्भव छ!! एफेसी २:८ मा परमेश्वरको वचनले स्पष्ट बताउँछ, मुक्ति ____________बाट होइन, तर यो परमेश्वरको ______________ हो। तीतस ३:५ पढ्नुहोस्। के मानिसले आफ्नै प्रयास र असल कामहरूले मुक्ति पाउँछ? ______________। परमेश्वरले एक व्यक्तिलाई आफ्नो __________________द्वारा बचाउनुहुन्छ, हामीले गरेका कुनै पनि कामहरूद्वारा होइन। यदि हाम्रो मुक्ति हाम्रै मानवीय प्रयासमा भर पर्ने कुरो हुँदो हो त हामीमध्ये कसैले पनि मुक्ति पाउन सक्दैनथ्यौं। मुक्ति परमप्रभुबाट हो!!
निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनीहरूका बेठीक भागलाई काटेर सुधार्नुहोस्:
यूहन्ना ३:१६ -- "उहाँमाथि विश्वास गर्ने र बप्तिस्मा
लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।" यूहन्ना ३:३६ --
"जसले पुत्रमाथि विश्वास गर्दछ र बप्तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ;
अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्तिस्मा लिँदैन त्यसले जीवन देख्नेछैन तर
परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।" यूहन्ना ६:४७ -- "जसले ममाथि विश्वास गर्दछ र
बप्तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।" यूहन्ना ५:२४ -- जसले मेरो वचन सुन्छ, र मलाई
पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।" १ यूहन्ना
५:१२ -- "जससँग पुत्र हुनुहुन्छ र जसले बप्तिस्मा लिएको छ, ऊसित जीवन छ।" मर्कूस
१६:१६ -- "जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ;
तर जसले विश्वास गर्दैन र बप्तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।" प्रेरित १६:३१ --
"प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्तिस्मा लिनुहोस् र तपाईंले मुक्ति
पाउनुहुनेछ।"
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
१. ______ मुक्ति पाउन पानीको बप्तिस्मा आवश्यक
छ (एफेसी २:८-९; तीतस ३:५)।
२. ______ मुक्ति पाएपछि आज्ञाकारी बन्नलाई
पानीको बप्तिस्मा लिनु आवश्यक छ (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
३. ______ मर्कूस १६:१६ अनुसार बप्तिस्मा नलिने
व्यक्ति दोषी ठहरिनेछ।
४. ______ प्रेरित २:४१ र ८:३६-३७ अनुसार
शुरूको मण्डलीमा बप्तिस्मा लिनेहरू पहिला विश्वास गरिसकेका हुन्थे!
अर्थात् उनीहरूले पहिला विश्वास गरे अनि पछि मात्र बप्तिस्मा लिए।
५. ______ बप्तिस्मा मुक्ति पाउनलाई गरिने
कार्य हो।
६. ______ बप्तिस्मा मुक्ति पाएको व्यक्तिले
गर्ने कार्य हो।
७. ______ पानीको बप्तिस्माले हामीलाई सब
पापबाट शुद्ध पार्दछ (एफेसी १:७; १ यूहन्ना १:७)।
८. ______ मर्कूस १६:१६ अनुसार विश्वास नगर्ने
व्यक्ति, चाहे उसले बप्तिस्मा लेओस् वा नलेओस्, ऊ दोषी ठहरिनेछ।
९. ______ मत्ती १:२१ अनुसार पानीको
बप्तिस्माले मानिसलाई तिनका पापहरूबाट बचाउँदछ।
१०. ______ तीतस ३:५ अनुसार एक व्यक्ति केवल
परमेश्वरको कृपाद्वारा मात्र मुक्ति पाउँदछ, हामी आफैले गरेका कुनै
पनि कामहरूद्वारा होइन।
प्रेरित १६:३१ पढ्नुहोस्। एक व्यक्तिले विश्वास गरेकै घडी मुक्ति पाउँछ कि पानीमा बप्तिस्मा लिएको घडीमा? ______________________________________________________।
यहाँसम्म हामीले अध्ययन गर्यौं -- एक व्यक्तिले व्यवस्था पालन गर्ने प्रयासले वा असल कामहरूले वा आफ्नै प्रयासले वा पानीको बप्तिस्माले मुक्ति पाउँदैन। अब हामी यो अध्ययन गर्न तयार छौं -- एक व्यक्तिले अनुग्रहले विश्वासद्वारा मुक्ति पाउँदछ।
एफेसी २:८ -- "किनकि ______________द्वारा ______________ले तिमीहरूले __________ पाएका छौ।" अनुग्रह भन्नाले परमेश्वरबाटको मप्रतिको दया र निगाह हो जसको योग्य म छैन! तीतस ३:४ अनुसार हामी भन्न सक्छौं अनुग्रहको अर्थ हो, हाम्रा ______________ परमेश्वरका ________ र ____________प्रतिको ________।" मानिसप्रति -- अर्थात् परमेश्वरको केवल क्रोध पाउन योग्य, म अयोग्य पापीप्रति!! "अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो!"
हराएका पापीहरूको निम्ति क्रूसमा ख्रीष्टले जुन काम गरिदिनुभयो, त्यसैको कारणले ती पापीहरूप्रति परमेश्वरले अनुग्रह र दयाको व्यवहार गर्नसक्नुहुन्छ! रोमी ३:२४ -- उहाँको ____________द्वारा __________ __________मा भएको ____________को कारणले तिनीहरू सित्तैंमा ________ ठहरिन्छन्।"
विश्वास भनेको परमेश्वरलाई उहाँको वचनकै आधारमा भरोसा गर्नु र उहाँले भन्नुभएको कुरालाई साँचो मानेर व्यवहार गर्नु हो।
विश्वासले परमेश्वरले भन्नुभएको कुरालाई साँचो मान्दछ। परमेश्वरको वचनलाई विश्वास गर्न र त्यस अनुसार हिँड्न सक्नलाई पहिला हामीले परमेश्वरको वचन सुन्नुपर्छ वा पढ्नुपर्छ)। यसैले रोमी १०:१७ मा पढ्छौं, "यसकारण ______________ __________द्वारा आउँछ, र ________चाहिँ________________को __________द्वारा। साँचो विश्वास पक्का तथ्यहरूमा आधारित हुनुपर्छ; हाम्रो विश्वास परमेश्वरको लिखित वचनमा आधारित हुनुपर्छ। अब्राहाम विश्वासमा हिँड्ने मानिस थिए (उत्पत्ति १५:६; रोमी ४:३-५; गलाती ३:६-९)। अब्राहाम विश्वासमा बलिया थिए किनभने परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो अवश्य पूरा हुनेछ भनी उनी विश्वास गर्थे। रोमी ४:१९-२१ पढ्नुहोस्। यस खण्डमा हामी सिक्छौं अब्राहाम परमेश्वरको ____________को सम्बन्धमा ________________ गरेर उनी लडखडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी ______________मा बलियो रहे; अनि उहाँले जे ____________ गर्नुभएको छ, सो __________ गर्नलाई उहाँ (परमेश्वर) ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे।" के परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नलाई सक्षम हुनुहुन्छ? __________________। के परमेश्वर आफ्नो वचनलाई पूरा गर्न सामर्थी हुनुहुन्छ? ________________। के परमेश्वरले सधैं आफूले भन्नुभएअनुसार नै गर्नुहुन्छ? ________________। के परमेश्वरले भन्नुभएका सबै कुराहरू सधैं पूरा हुनेछन्? (उत्पत्ति १:३)? ________________। के परमेश्वरको एउटै प्रतिज्ञा पनि अपूरो सावित भएको छ? ________। परमेश्वरको कुनै एक प्रतिज्ञालाई पढेपछि के हामी "हो" र "आमेन" भन्न सक्छौं (२ कोरिन्थी १:२०) ____________। तीतस १:२ अनुसार परमेश्वरले कुन एउटा कुरा गर्न सक्नुहुन्न? ____________________। हिब्रू ६:१८ अनुसार परमेश्वरले कुन कुरा गर्न असम्भव छ? ____________________। त्यसैले, परमेश्वरले भन्नुभएको कुरा सत्य नै हुन्छ र त्यसलाई हामीले विश्वास गर्नुपर्छ, त्यसमा भरोसा राख्नुपर्छ, त्यसमा आज्ञाकारी हुनुपर्छ र त्यसैअनुसार हिँड्नुपर्छ! जब हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, तब हामी कुनचाहिँ ठूलो पापको दोषी हुन्छौं (१ यूहन्ना ५:१०)? ____________________________________________________। विश्वास भनेको परमेश्वरले भन्नुभएको कुरालाई उचित, सठीक र सही हिसाबले ग्रहण गर्नु हो! विश्वासमा हिँड्ने मानिसले परमेश्वरको वचनलाई ठीकसँग लिन्छ र त्यसप्रति उचित प्रतिकृया देखाउँछ! यदि परमेश्वरले कुनै आज्ञा दिनुभएको छ भने उसले विश्वासैद्वारा ______________ गरी (हिब्रू ११:८) आफ्नो विश्वास प्रकट गर्छ। यदि परमेश्वरले कुनै प्रतिज्ञा दिनुभएको छ भने, विश्वासमा हिँड्ने मानिसले त्यसलाई विश्वास गर्छ, ऊ त्यसको सम्बन्धमा निश्चित हुन्छ, त्यसलाई देख्छ, त्यसको प्रतिक्षा गर्छ, त्यसलाई पर्खन्छ, त्यसैमा भर्रपर्छ, त्यसलाई बलियो गरी समातिराख्छ र त्यसलाई अँगाल्छ (हिब्रू ११:११,१३ हेर्नुहोस्)!
|
पालुङ चर्च |