|
बाइबलका आधारभूत शिक्षाहरू |
|
मुक्ति: किन सबैलाई मुक्तिको खाँचो छ? |
|
सबै मानिसहरू अन्धा छन् |
१) विश्वास नगर्ने व्यक्ति शैतानद्वारा अन्धा पारिएको हुन्छ (२ कोरिन्थी ४:४)
२ कोरिन्थी ४:४ मा शैतानलाई कुन नामले जनाइएको छ? ____________को ______________। (टिप्पणीः “संसार” शब्दलाई “युग” भनी अनुवाद गर्न सकिन्छ )। २ कोरिन्थी ४:४ ले सिकाउँछ, तिनीहरूमा सुसमाचारको ज्योति चम्कन नपाओस् भन्ने हेतुले शैतानले मानिसहरूलाई अन्धा बनाउँछ। यी मानिसहरू विश्वास गर्नेहरू हुन् कि नगर्नेहरू? ____________________। २ कोरिन्थी ४:३ मा यही खालका मानिसहरूको बयान एउटा वाक्यांश छ। त्यो वाक्यांश कुन हो? “__________ हुनेहरू”। यी पदहरूअनुसार के शैतान मानिसहरूले सुसमाचार बुझेको र विश्वास गरेको चाहन्छ? __________________ (टिप्पणीः सुसमाचार भनेको प्रभु येशू ख्रीष्ट सम्बन्धी खुशीको खबर हो, १कोरिन्थी १५:१-५)। लूका ८:४-५ र ८:११-१२ पढ्नुहोस्। लूका ८:१२ अनुसार शैतानले कुन कुरा रुचाउँदैन? निम्नमध्ये दुइटालाई गोलो चिन्ह लगाउनुहोस्:
| (क) मान्छे धर्ममा लागेको | (घ) परमेश्वरको वचनमा विश्वास गरेको |
| (ख) मण्डली गएको | (ङ) मुक्ति पाएको |
| (ग) गरिबलाई पैसा दिएको | (च) शैतानलाई मानिसले हकारेको |
२) परमेश्वरको सत्यतालाई उसले बुझ्न नसक्ने भएकोले एउटा विश्वास नगर्ने व्यक्ति अन्धा हुन्छ (१ कोरिन्थी २:१४)।
येशूले यूहन्ना १४:२६ मा उल्लेख गर्नुभएको सिद्घ शिक्षकले हुनुहुन्छ? ________________________। यूहन्ना १५:२६ मा यस शिक्षकका कुन दुई नामहरू उल्लेख छन्?
(१) ______________________ (२) ______________________
(शब्दार्थ: ग्रीक भाषामा “शान्तिदाता” (पाराक्लेटस् = “सहायक”। पवित्र आत्मा नै त्यो व्यक्ति हुनुहुन्छ जसले विश्वासीलाई सान्त्वना, सहायता, उत्साह दिनुहुन्छ र सिकाउनुहुन्छ।)
येशूले यूहन्ना १६:१३ मा यस शिक्षकले उनीहरूलाई कुन कुरामा डोर्याउनुहुनेछ भनी चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो? __________ ________________भित्र।
१ कोरिन्थी ६:१९ अनुसार हरेक विश्वासीभित्र ____________ __________ बास गर्नुहुन्छ। रोमी ८:९ पढ्नुहोस्। यदि एउटा व्यक्तिभित्र पवित्र आत्मा बास गर्नुहुन्न भने ऊ ख्रीष्टको हो कि होइन? ____________। रोमी ८:११ अनुसार हरेक साँचो विश्वासीभित्रले बास गर्नुहुन्छ? ____________________________। रोमी ८:१५-१६ अनुसार मुक्ति पाएकै घडी हामीले के पायौं? __________________________________। त्यसैले कतिजना ख्रीष्टियनहरूभित्र यो सिद्घ शिक्षक, सत्यको आत्मा बास गरिरहनुभएको छ? ______________।
पद ९ विश्वासीहरूका निम्ति परमेश्वरले तयार गर्नुभएको कुराहरूको बारेमा हामी कसरी जान्न सक्छौं? के हामी ती कुराहरूको बारेमा हाम्रा आँखाहरूद्वारा जान्न सक्छौं? ________________। हाम्रा कानहरूद्वारा? ______________। हाम्रो विचार-शक्तिद्वारा? ______________।
पद १० हामीले परमेश्वरको सत्यता सिक्ने एउटै उपाय के हो? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्:
(क) चार वर्ष कलेज (विशेषतः बाइबल कलेज ) पढेर
(ख) धर्म र बाइबल सम्बन्धी पुस्तकहरू पढेर
(ग) परमेश्वरले आफ्नो सत्यता हामीलाई प्रकट गरिदिनुभएर
(घ) सुन्दर सूर्योदय हेरेर
(ङ) लामो समयसम्म सोच-विचार वा ध्यान गरेर
१ कोरिन्थी २:१० बाट हामी सिक्छौं, उहाँको सत्यता परमेश्वरले हामीलाई __________________ ____________द्वारा प्रकट गर्नुहुन्छ। के त्यहाँ परमेश्वरको बारेमा वा परमेश्वरको सत्यताको बारेमा केही कुरा छ जो पवित्र आत्माले बुझ्नुहुन्न? ________। स्मरण होस्, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ (प्रेरित ५:३-४ हेर्नुहोस् )। १कोरिन्थी २:१० अनुसार कसले परमेश्वरका गहिराइका कुराहरू र गहिरा सत्यताहरू वास्तवमै बुझ्छन्? ____________________।
पद ११ के परमेश्वरको सहायताबिना एउटा मानिसले परमेश्वरका कुराहरू जान्न र बुझ्न सक्छ? ________________। यस पदअनुसार यी कुराहरू कसले जान्दछन्? ____________ ______________। यशैया ५५:८-९ पढ्नुहोस्। के परमेश्वरका विचारहरू तपाईंका विचारहरूभन्दा ज्यादै उच्च र महान् छन्? __________। रोमी ११:३३-३४ पढ्नुहोस्। के प्रभुलाई कुनै शिक्षकको खाँचो छ? ________। के त्यहाँ कुनै कुरा छ जो प्रभु जान्नुहुन्न? __________। के त्यहाँ कुनै कुरा छ जो तपाईं जान्नुहुन्न? ________। के तपाईंलाई शिक्षक चाहिन्छ? ________________। यो शिक्षकले हुनुपर्छ? ____________________________। निम्नमध्ये सही भनाइहरूलाई गोलो चिन्ह लगाउनुहोस्:
(क) म परमेश्वरको सत्यता प्रभुको सहायताबिनै सिक्न सक्छु।
(ख) उहाँ आफैले प्रकट नगरिदिनु र नसिकाउनुभएसम्म मैले परमेश्वरको वचनको बारेमा र उहाँको सत्यताको बारेमा कुनै कुरा सिक्न असम्भव छ।
(ग) बाइबलको सही अर्थ के हो भनेर प्रभुले मलाई नदेखाउनु र नसिकाउनुभएसम्म म कहिल्यै यसको सही अर्थ जान्न सक्दिन।
(घ) म आफैं पनि बाइबल बुझ्न सक्छु, तर प्रभुको सहायताले सायद म अलि धेरै सिक्नेछु।
पद १२ मुक्ति पाएकै घडी हरेक विश्वासीले के पाउँछ? __________________________। यो पदले हामीलाई सिकाउँछ, परमेश्वरले हामीलाई सित्तैंमा ____________________ कुराहरूलाई ______________ परमेश्वर चाहनुहुन्छ, यसैकारण उहाँले हामीलाई दिनुभएको छ पवित्र ______________ हाम्रो शिक्षक हुनलाई। तपाईंले उहाँको सत्यता बुझेको के परमेश्वर चाहनुहुन्छ? ____________________। १कोरिन्थी १४:२० पढ्नुहोस्। उहाँको सत्यता बुझ्ने कुरामा हामी बालकै रहेको परमेश्वर चाहनुहुन्छ कि पूरा बढेको मानिस? ________________________________।
पद १३ हामी परमेश्वरको सत्यता हाम्रो आफ्नै बुद्धिले सिक्छौं कि पवित्र आत्माद्वारा सिकाइएर सिक्छौं? ________________________________________________________।
पद १४ “शारीरिक मानिस” मुक्ति नपाएको मानिस हो। यस पदले हामीलाई सिकाउँछ, परमेश्वरको सत्यताबारे मुक्ति नपाएको प्रत्येक पुरुष, महिला, केटा र केटी अन्धा हुन्छ। शारीरिक मानिसले परमेश्वरको वचनको सत्यताहरू ग्रहण गर्न सक्छ? ____________। के उसले तिनीहरूलाई जान्न र बुझ्न सक्छ? ____________। मुक्ति नपाएको मानिसले परमेश्वरको सत्यताप्रति कस्तो धारणा राख्छ भनी देखाउने शब्द कुन हो? ____________। यसकारण तपाईंले मुक्ति नपाएको कुनै मानिसलाई बाइबलबाट केही कुरा बताउनुहुँदा, उसले तपाईंलाई खिल्ली उडाउँछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? __________। यदि उसले परमेश्वरको वचन बुझ्न सकेन भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ________।
१ कोरिन्थी २:१४ मा “शारीरिक” भनी अनुवाद गरिएको शब्दलाई यहूदा १९ मा “विलासी” भनी अनुवाद गरिएको छ। यसरी यहूदा १९ बाट हामी सिक्छौं कि शारीरिक (विलासी ) मानिस त्यो हो जससँग ____________ हुँदैन। हामीले यस अघि सिकिसकेको आधारमा, एकमात्र व्यक्तिले हुन् जसले हामीलाई परमेश्वरको सत्यता सिकाउन र प्रकट गराउन सक्नुहुन्छ? ____________ ____________। यदि कसैसँग यस शिक्षक हुनुहुन्न भने, के उसले सत्यता सिक्न सक्छ? ______________। शारीरिक मानिस (मुक्ति नपाएको मानिस) सँग के यो शिक्षक हुनुहुन्छ? __________________। १कोरिन्थी १:१८ पढ्नुहोस्। येशूले हाम्रो निम्ति क्रूसमा गर्नुभएको कार्य एउटा शारीरिक मानिसले बुझ्दछ? ________________। मुक्ति नपाएको व्यक्तिले क्रूसप्रति कस्तो धारणा राख्दछ? उसको धारणालाई राम्ररी बयान गर्ने शब्द कुन हो? ____________। क्रूसमा मर्नुभएको मुक्तिदातामाथि विश्वास गर्नु नै मुक्ति पाउने एउटै उपाय हो भनेर तपाईंले कसैलाई बताउनुहुँदा, यदि उसले तपाईंलाई मूर्ख सम्झन्छ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ______________। १कोरिन्थी १:१८ अनुसार कस्तो व्यक्तिले क्रूसको अर्थलाई साँच्चीकै बुझ्दछ? __________ ________________। केवल परमेश्वरले मात्र अन्धाका आँखा खोलिदिन सक्नुहुन्छ। शारीरिक मानिस आत्मिक अन्धा हो र उसले सत्य बुझ्न सक्दैन। केवल परमेश्वरले मात्र एउटा शारीरिक मानिसको आँखा खोलिदिन सक्नुहुन्छ, नयाँ जन्मको आर्श्चर्यकर्मद्वारा (यूहन्ना ३:३-५)। नयाँ जन्म पाएकै घडी एउटा मानिसले पवित्र आत्मा पाउँदछ, र एउटा नयाँ जन्मेको बालकले झैं, उसले परमेश्वरको वचनको विशुद्घ दूधको तिर्सना गर्दछ जसबाट उसले सिक्न र बढ्न सक्छ (१ पत्रुस २:२)। पवित्र आत्मा अब उसको शिक्षक हुनुभएको छ !
पद १५ आत्मिक मानिस त्यो हो जोसँग पवित्र आत्मा हुनुहुन्छ। ऊ एउटा विश्वासी हो जसले पवित्र आत्मालाई उनको शिक्षक हुन दिन्छ। आत्मिक मानिसले परमेश्वरको वचनलाई प्रेम गर्दछ (भजनसंग्रह ११९:९७), र निरन्तर उसको प्रार्थना यो हुन्छः “मेरा ____________ खोलिदिनुहोस्, र म तपाईंको __________________का ______________ __________________ ____________ सकूँ (भजनसंग्रह ११९:१८ )।
|
पालुङ चर्च |