|
बाइबलका आधारभूत शिक्षाहरू |
|
मुक्ति: किन सबैलाई मुक्तिको खाँचो छ? |
|
सबै मानिसहरू पापी छन् |
[सुझाव: यो कार्यपत्र गर्नुहुँदा, कुनै पनि प्रश्नको सही जवाफ आफूले जानेको छु भन्ने लागे तापनि, उल्लेखित सबै पदहरू पढ्नलाई समय लिनुहोस्। कुनै पदलाई तपाईंले दर्जनौं पटक पढिसक्नुभएको होला, तरै पनि त्यसलाई फेरि पनि पढ्नुपर्छ। तपाईं नभन्नुहोस्, "त्यो पद मेलै बुझसिकें"। बरु भन्नुहोस्, "त्यो पदलाई मैले अझै बुझ्नुपर्छ। प्रभु, मलाई सिकाउनुहोस्। यसमा मलाई केही न केही देखाउनुहोस् जो मैले देखेकै छैन।" ती पदहरूलाई ध्यानपूर्वक पढ्नुहोस् र तिनीहरूमै सही जवाफ भेट्टाउनुहोस्। यसरी तपाईं बाइबलको शिक्षालाई ठीकसँग जान्न सक्नुहुनेछ। तपाईंले आफूलाई सधैं नै यसरी प्रश्न गर्नुहोस्: "पवित्रशास्त्रले के भन्दछ?" (हेर्नुहोस् रोमी ४:३)।]
लूका ५:२७-३२
लूका ५:३१ अनुसार कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्छ? ________________________। कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्दैन? ____________________। लूका ५:३२ पढ्नुहोस्। के धर्मीहरूलाई मुक्तिको आवश्यकता छ? ________। कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ? ________________।
यस प्रश्नको जवाफ निम्नलिखित चारओटा पदहरूले दिन्छन्।
१) १ तिमोथी १:१५
"ख्रीष्ट येशू ________________लाई ________ दिनलाई संसारमा आउनुभयो।"
२) लूका १९:१०
"किनभने मानिसका पुत्र _____________लाई _________ र ________ गर्न आएका हुन्।"
३) मत्ती १:२१
"र तिमीले उहाँको नाम ________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका ________________बाट ________ गर्नुहुनेछ।"
४) यूहन्ना ३:१७
"किनभने संसारलाई दोषी ठहराउन (दण्ड दिन) का निम्ति होइन, तर उहाँद्वारा संसारले ________ ____________ भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।"
लूका ५:३२ अनुसार प्रभु येशू संसारमा कस्ता मानिसहरूलाई मुक्त गर्न आउनुभयो? ________________________। धर्मी मानिसहरूलाई मुक्तिको आवश्यकता छैन। तर रोमी ३:१० पढ्नुहोस् त। संसारमा कतिजना मानिसहरू धर्मी छन्? __________________। त्यसकारण कतिजना मानिसहरूलाई मुक्तिको आवश्यकता छ? ________________। लूका ५:३० पढेर सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:
(क) फरिसी तथा शास्त्रीहरू धर्मी मानिसहरू थिए।
(ख) फरिसी तथा शास्त्रीहरू हामी धर्मी छौं भनी सोच्दथे।
लूका १८:९-१४ पढेर निम्न प्रश्नहरूको जवाफ लेख्नुहोस्:
कुनचाहिँ मानिसले आफू धर्मी छु भनेर सोच्थ्यो? ________________। कुनचाहिँ मानिसले आफू पापी छु भनेर स्वीकार गर्यो? _______________________________। कुनचाहिँ मानिसले मुक्ति पायो? ____________________________________। मुक्ति पाउन एउटा मानिसले र्सवप्रथम के महसुस गर्नैपर्छ? ___________________________ ______________________________________________।
१) भजनसंग्रह १४:१-३ (भजनसंग्रह ५३:१-३ पनि हेर्नुहोस्)
भजनसंग्रह १४:२ अनुसार स्वर्गबाट मानिसका सन्तानलाई कसले हेर्नुभयो? ________________________। पद ३ अनुसार उहाँले कतिजना असल र धर्मी मानिसहरू भेट्टाउनुभयो? ________________________________________। हामीले मानिसको नजरमा धर्मी, असल, दयालु व्यवहार देखाउन सक्छौं। १ शमूएल १६:७ पढ्नुहोस्। के परमेश्वरले मानिसले जस्तै हेर्नुहुन्छ? __________________। "मानिसले ________ हेरेर विचार गर्छ, तर परमप्रभुले ____________ हेरेर विचार गर्नुहुन्छ।" हिब्रू ४:१३ पढ्नुहोस्। के परमेश्वरको दृष्टिबाट हामीले कुनै कुरा लुकाउन सक्छौं? ______________। यसकारण परमेश्वरले हामीलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हामीले आफूलाई हेर्नुपर्छ!
२) रोमी ३:१०-१८ र रोमी ३:२३
हामीहरू परमेश्वरको नजरमा वास्तवमा कति पापी देखिन्छौं भन्ने कुरा रोमी ३:१०-१८ पढेर थाहा गर्न सकिन्छ!
पद १० धर्मीहरू कतिजना छन्? __________________________
पद ११ बुझ्ने र परमेश्वरलाई खोज्ने कतिजना छन्? ___________________
पद १२ असल मानिसहरू कतिजना छन्? __________________________
पद १८ परमेश्वरको डर मान्ने कतिजना छन्? _______________________
हितोपदेश ८:१३ र हितोपदेश ३:७ अनुसार परमेश्वरको डर मान्नु भनेको के हो? ____________________________________________________________________________________। रोमी ३:२३ पढ्नुहोस्। कतिजनाले पाप गरेका छन्? ____________। तीमध्ये तपाईं पनि पर्नुहुन्छ? __________। रोमी ३:२३ को तथ्यको एकमात्र अपवाद को हुनुहुन्छ (१ पत्रुस २:२१-२२ र २ कोरिन्थी ५:२०-२१)? ____________________। (टिप्पणीः लूका १:४६-४७ मा कन्या मरियमले परमेश्वरलाई आफ्नो ________________ भनी स्वीकारिन्। कस्तो व्यक्तिलाई मुक्तिदाताको आवश्यकता पर्छ? ________________। यसर्थ मरियम कस्तो प्रकारकी व्यक्ति थिइन्? ________________। के रोमी ३:२३ ले कन्या मरियमलाई समेट्छ? __________________)।
हामीले रोमी ३:१०-१८ र ३:२३ बाट पाएको शिक्षाअनुसार कतिजना मानिसहरू (पूरुष, महिला, बालक वा बालिका) लाई मुक्तिको खाँचो छ? ________________।
३) १ राजा ८:४६
पापै नगर्ने मानिस कतिजना छन्? ______________________। "किनकि __________ ____________ मानिस कोही पनि छैन"। यसकारण म ____________________________ (आफ्नै नाम लेख्नुहोस्) समेत पापी छु।
४) १ यूहन्ना १:८-१०
यी पदहरूमा यूहन्ना विश्वासीहरूलाई लेख्दैछन्। पद ८ अनुसार यदि हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामी कसलाई छल्ने काम गर्र्छौं? ________________। पद १० अनुसार यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी परमेश्वरलाई ________ तुल्याउँछौं (१ यूहन्ना ५:१० पढ्नुहोस्)। जतिखेर हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, त्यतिखेर हामी परमेश्वरलाई ________ तुल्याउँछौं। अर्थात् उहाँले भन्नुभएको कुरालाई विश्वास नगर्दा हामी वास्तवमा परमेश्वरलाई नै झूटो हुनुभएको आरोप लगाइरहेका हुन्छौं! १ यूहन्ना १:८ र १ यूहन्ना १:१० को कुरा विश्वासीहरूको सम्बन्धमा साँचो हो भने (हो पनि), अविश्वासीहरूको सम्बन्धमा पनि के त्यो साँचो हो? ____________।
|
पालुङ चर्च |