आदमले पाप गर्न थाल्यो। आदमका सन्तान पापमा लागिरहे। तिनीहरूले झन् झन् पाप गरे। तिनीहरू पापको दलदलमा झन् झन् डुबे। आत्मिक र नैतिक रूपमा तिनीहरू झन् झन् तल गिरे। तिनीहरू दुष्टताको गहिराइमा झन् झन् खराब बने। तिनीहरू कमारा थिए, पापको साङ्लाले बाँधिएका पापका दास थिए।
उत्पत्ति ६:५ अनुसार “पृथ्वीमा मानिसहरूको __________ ________ भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” आज संसार केले भरिएको देखिन्छ? मानिसको सद्गुण (हिंसा र लडाईं नगर्ने राष्ट्रहरू, असल असल शासकहरू, निर्दोष प्रजाहरू) ले कि मानिसको दुष्टताले? __________________। उत्पत्ति ६ ले नूहको समयमा संसारका मानिसहरूको अवस्थाको वर्णन गर्छ। नूह ख्रीष्टभन्दा हजारौं वर्ष अघि जिउँदथे। मत्ती २४:३७ मा येशूले भन्नुभयो,
“नूहका दिनहरू जस्ता थिए त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ।”
मानिसको हृदय र मनबाट निस्कने विचारहरू परमेश्वर जान्नुहुन्छ। उत्पत्ति ६:५ अनुसार “तिनीहरूका हृदयका ____________ को जुनसुकै पनि भावना निरन्तर ________ मात्र भएको परमप्रभुले देख्नुभयो। “मानिसका विचारहरू कस्ता थिए (ठीक उत्तरमा ü चिन्ह लगाउनुहोस्) :
| (क) प्राय: खराब | (ख) प्राय: असल | (ग) खराब मात्र |
| (घ) असल र खराब बराबर | ( ङ) असल मात्र |
यस्ता विचार मानिसको हृदयमा कत्तिको आउने गर्थे?
| (क) दिन को एक घण्टा | (ख) दिनको १२ घण्टा | (ग) जुनसुकै बेला पनि |
| (घ) कहिलेकाहिँ मात्र | ( ङ) बेला बखतमा |
हिब्रू भाषामा “भावना” शब्दको अर्थ हो “मानिसले मनमा रच्ने वा बनाउने कुरा। कुनै पनि विचार, उद्देश्य, अभिलाषा।” यो शब्द उत्पत्ति २:७ को “बनाउनु”भन्ने शब्द सित सम्बन्धित छ। “परमेश्वरले भूमिको माटोबाट मानिस ____________।” तर मानिसले पाप गर्यो (उत्पत्ति ३:६), अनि पापी मानिसले पापपूर्ण विचारहरू रच्यो अर्थात् बनायो (उत्पत्ति ६:५), अनि मानिसहरू त्यसबेलादेखि दुष्ट विचारहरू रच्दै आएका छन्। मर्कूस ७:२१ अनुसार मानिसको दुष्ट हृदयभित्रबाट निस्कने प्रथम कुरा प्रभु येशूले कुन चाहिँ हो भन्नुभयो: _________ _________। दुष्ट विचार ले दुष्ट काम जन्माउँछ; पाप जहिले पनि मन मा शुरू हुन्छ। जस्तै, आफूले चोर्नु अघि एउटा चोरको मनमा के- कस्ता विचारहरू खेल्छन् होला? जाँच मा चोर्ने केटा वा केटीको विचार गरौं। चोर्नु अघि उसको मनमा के कस्ता विचारहरू आए होलान्?
मनमा खराब विचार गर्न केटाकेटी हरू कति उमेर पुग्नु पर्ला? उत्पत्ति ८:२१ मा हामी पढ्छौं “मानिसको हृदयका भावनाहरू ____________ देखि नै _________ हुन्छ।” जसले यो पाठ पढ्न सक्छ उसले खराब विचार पनि गर्न सक्छ!
के आजका मानिसहरू उत्पत्ति ६:५ मा वर्णन गरिएका उहिलेका मानिसहरू जस्तै छन्? ________। के आजका मानिसहरू जे-जे कुरा सत्य छन्, जे-जे कुरा आदरयोग्य छन्, जे-जे कुरा न्यायसंगत छन्, चोखा र मनोहर, असल र सद्गुण छन् (फिलिप्पी ४:८), त्यस्ता कुराहरूमा मन लगाउँछन्? ___________। सडकका छेउका पर्खाल-भित्ताहरूमा, सार्वजनिक शौचालयका ढोका, भित्ताहरूमा मानिसले लेखेका कुराहरूले आधुनिक मानिसका विचार कस्ता रहेछन् भनेर प्रकट गर्छन्? __________। मानिसको मुखबाट निस्कने बोलीको विचार गरौं। त्यसबाट पनि मानिसको हृदयका विचारहरू कस्ता छन् भनेर थाहा गर्न सक्छौं?
के एक दुष्ट मानिसले असल कुराहरू बोल्न सक्छ (मत्ती १२:३४)? ___________। येशूले भन्नुभयो, “दुष्ट मानिसले ____________ ढुकुटीबाट (अर्थात हृदयको ढुकुटीबाट) _________ कुराहरू निकाल्दछ” (मत्ती १२:३५)। उहाँले यो पनि भन्नुभयो, “_________ को भरपूरीबाट नै मुखले ___________” (मत्ती १२:३४)। यसको अर्थ हो , हामीले बोल ेका शब्दहरूले हाम्रो हृदय को कस्तो छ र हाम्रा विचारहरू कस्ता छन् भनेर प्रकट गरिदिन्छन्। क सै ले अरूलाई सराप्दैछ वा फोहोर कुरा गर्दैछ वा फोहोर शब्दहरू प्रयोग गर्दैछ भने, त्यसबेला उसले सबैलाई आफ्नो हृदय कति फोहोर रहेछ भनी देखाउँदैछ! मुखको बोली भित्री विचारको अभिव्यक्ति हो। विचारबिना बोली आउँदैन ( यद्यपि कोही-कोही”विचारै नगरी”बोलेका जस्ता देखिएलान्!)।
नूहका दिनहरूमा “परमेश्वरको दृष्टिमा पृथ्वी ___________ भएको र उपद्रवले भरिएको थियो” (उत्पत्ति ६:११)। “जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो ________ भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन ________ पारिसकेका थिए” (उत्पत्ति ६:१२ )। हो, परमेश्वरको दृष्टिमा मानिस पूर्ण रूपमा भ्रष्ट (बिग्रेको, काम नलाग्ने, नाश) भएको थियो। मानिसले पृथ्वीमा आफ्नो मार्गलाई कसरी भ्रष्ट पार्यो (यशैया ५३:६ मा जवाफ भेट्टाउनुहोस्)? ___________________ _________________________________________________________________।
मानिसको पापपूर्ण भ्रष्टताको कारण परमेश्वरले भन्नुभयो, ( सबै मानिसहरूको _________ गर्ने मैले अठोट गरेको छु” (उत्पत्ति ६:१३)। हिब्रू भाषामा “अन्त्य” भन्ने शब्द र पद ११ र १२ को “भ्रष्ट” भन्ने शब्द एउटै शब्द हो। यसको मतलब परमेश्वर भन्दै हुनुहुन्थ्यो, “तिनीहरूले आफूलाई पापले नाश गरेकोले म उनीहरूलाई मेरो इन्साफद्वारा नाश गर्नेछु।”
मानौं तपाईंले कुनै मीठो खानेकुरा पकाउनुभयो। अनि त्यो खानेकुरा एक हप्ता सम्म त्यसै रहरिह्यो र त्यसमा ढुसी पर्न थाल्यो। त्यो अब भ्रष्ट भएको छ अर्थात् बिग्रेको छ ! अब त्यसलाई अझ बिगार्नको निम्ति तपाईंले त्यसलाई फ्याँक्नुपर्छ। परमेश्वरले मानिसलाई बनाउनुभयो, तर मानिस भ्रष्ट भयो अनि यसरी परमेश्वरले जलप्रलय पठाएर पृथ्वीको भ्रष्टतालाई हटाउनुभयो।
उत्पत्ति ६:११ र १३ पढ्नुहोस्। नूहको दिनहरूमा पृथ्वी केले भरिएको थियो? __________। “उपद्रव” शब्दको अर्थ हो, “हानी गर्न, चोट पार्न शारिरीक बल प्रयोग गर्नु”। यसर्थ यसको मतलब हुन्छ “खस्रो र हानीकारक व्यवहार”। आज संसारमा हुने उपद्रवहरूको केही उदाहरणहरू दिन सक्नुहुन्छ कि (विशेष गरी समाचारमा सुनिने घटनाहरू?) _______________________________________________ ________________________________________________________________।
उत्पत्ति ६:६ मा हामी पढ्छौं, “पृथ्वीमा मानिसलाई बनाउनुएकोमा परमप्रभुले _____________ गर्नुभयो, र उहाँ मनमा साह्रै _____________ हुनुभयो।” पापले परमेश्वरलाई अफसोस गराउँछ। आज पनि मानिसका हृदयका विचारहरू देखेर (१ इतिहास २८:९ मा हेर्नुहोस् ) परमेश्वर खुशी हुनुहुन्छ कि दुःखित? __________________।
मानिसको दुष्टता र पापको कारणले परमेश्वरले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म ______________” (उत्पत्ति ६:७)। यो शब्दको अर्थ हो “नाश गर्नु, निमिट्यान्न पार्नु, अन्त्य गर्नु”। मानौ तपाईं बस्ने घर उडुसले भरियो। तपाईंले कीटनाशक औषधी छर्कने मानिसलाई बोलाउनुभयो भने उसले केही उडुसहरू मारेर अरू बाँकिलाई बाँच्न दिन्छ कि उसले सबै कीराहरूलाई नाश गर्न खोज्छ? _______________________________________________। केही दुष्ट मानिसहरूलाई पृथ्वीमा रहिरहन दिने परमेश्वरको योजना थियो कि थिएन? ___________। जलप्रलयको पानीले सारा पृथ्वीलाई ढाक्यो कि ढाकेन (उत्पत्ति ७:१९)? __________। त्यसबेला कतिजना बाँचे (१ पत्रुस ३:२०)? ____________।
उत्पत्ति को छैटौं अध्याय पढ्दा त्यसबेलाको संसार पापले अन्धकारपूर्ण रहेको देख्छौं। तर अन्धकारको बीचमा ज्योति पनि थियो। “तर नूहमाथि चाहिँ परमप्रभुको ___________ भयो (उत्पत्ति ६:८ र ९ पद हेर्नुहोस्)। नूह नाम गरेको एउटा मानिससँग परमेश्वरले अनुग्रहको व्यवहार गर्नुभयो।
आज संसारको अवस्था कस्तो छ? के हामी अन्धकार र पापले भरिएको संसारमा छौं (फिलिप्पी २:१५)? ______। यो अन्धकारको बीचमा के त्यहाँ ज्योतिहरू छन् (फिलिप्पी २:१५)? ______। के त्यहाँ आज त्यस्ता मानिसहरू छन् जसले प्रभुको नजरमा अनुग्रह पाएका छन्? ______। के तपाईंले प्रभु अनुग्रही हुनुहुन्छ भनेर स्वाद पाउनुभयो (१ पत्रुस २:३ पढ्नु होस्)? मुक्तिदाता येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा परमेश्वरले तपाईंका पापहरूको इन्साफ गर्नुभयो भनेर के तपाईंले विश्वास गर्नुभयो? के परमेश्वरले तपाईंलाई बचाउनुभयो? परमेश्वरले मलाई बचाउनुभएको छ भनेर के तपाईंले निश्चित हुनुभयो? के तपाईं ढोकाबाट भित्र पसिसक्नुभयो (यूहन्ना १०:९)? ______________।
|
पालुङ चर्च |