(यूहन्ना ८-९ )
येशू ख्रीष्ट “संसारको __________” हुनुहुन्छ (यूहन्ना ८:१२)। यूहन्ना ३:१९-२१ मा हामीले हेरी हाल्यौं, त्यहाँ केही मानिसहरू छन् जो ज्योतिलाई घृणा गछर्न् अनि केही छन् जो ज्योतिकहाँ आउँछन्। त्यहाँकोहीकोही “अन्धकारमा हिँड्ने” हरू पनि छन् (यूहन्ना ८:१२)। जब हामी यूहन्ना ८ र ९ अध्याय पढ्न थाल्छौं तब हामीले ज्योतिका सन्तान अनि अन्धकारका सन्तानका बारेमा अझ बढी थाहा पाउनेछौं (एफिसी ५:८ र १ थिस्सलोनिकी ५:४-५ बीच तुलना गर्नुहोस् )।
एक दिन येशू मन्दिरमा शिक्षा दिँदै गर्नुहुँदा यहूदी अगुवाहरूले एउटी ______________मा पक्राउपरेकी स्त्रीलाई उहाँकहाँ ल्याए (यूहन्ना ८:३)। यसको मतलब उनले आफ्ना पति बाहेक अन्य पुरुषसँग यौन सम्बन्ध राखेकी थिइन्। उक्त स्त्री व्यभिचारको पापको दोषी छिन् भन्ने ती यहूदीहरूको आरोप शंकाको आधारमा थियो कि पक्का प्रमाणको आधारमा थियो (यूहन्ना ८:४)? ______________________। के त्यस स्त्रीले दस आज्ञा मध्ये एउटा आज्ञालाई भंग गरेकी थिइन् (प्॰स्थान २०:१२-१६? _____________। मोशाको व्यवस्थाॅनुसार व्यभिचारीलाई के गरिनुपर्थ्यो (यूहन्ना ८:५,लेवी २०:१०, व्यवस्था २२:२२,२४)? ___________________________________ ______________। व्यवस्था भंग गर्ने दोषीहरू मृत्युदण्डको लायक हुन्छन्।
ती यहूदीहरू येशूलाई पासोमा पार्ने दाउ गर्दै थिए (यूहन्ना ८:६)। तिनीहरू उहाँलाई पतन गराउन चाहन्थे। तिनीहरू उहाँलाई फुत्कन नसकिने पासोमा पार्न चाहन्थे। उनीहरूले थापेको पासो यस्तो थियो: एकातिर, “यो स्त्रीलाई ढुंगाले हानेर मार्नुहुन्न” भनी यदि येशूले भन्नुभयो भने उहाँ मोशाको व्यवस्थाको विरुद्धमा जानुभएको ठहरिने भयो। अर्कोतिर, “हुन्छ, यसलाई ढुंगाले मार्नुपर्छ” भनी यदि येशूले भन्नुभयो भने उहाँ सर्वसाधारण मानिसहरूको साहनुभूति गुमाउनुहुने भयो किनभने उहाँ पापीहरूका मित्रको रूपमा लोकप्रिय हुनुहुन्थ्यो (मत्ती ११:१९ सँग दाँज्नुहोस्)। टिप्पणी: साथै, रोम विपरित नीतिलाई प्रोत्साहन दिएको भनेर पनि उहाँलाई आरोप लगाउन सकिन्थ्यो किनभने मृत्यु दण्डको सजायँ रोमले मात्र दिन सक्थ्यो। यहूदीहरूले चाहेर पनि आफैंले ख्रीष्टलाई मृत्युदण्ड दिन नसकेका कारण यही थियो। रोमले नै निर्णय दिनुपर्थ्यो (यूहन्ना १८:३१ मा हेर्नुहोस्)।
ख्रीष्टलाई बल्ल पक्र्यौं भनी ती यहूदीहरूले ठाने। तर तिनीहरू नै आफ्नो पासोमा परे!
उहाँलाई दोष लगाउन उत्सुक ती यहूदीहरू येशूको जवाफ पर्खिरहेका थिए। उनीहरूलाई केही बेर पर्खाउनु भएपछि (यूहन्ना ८-६) येशूले आफ्नो जवाफ दिनुभयो। त्यस स्त्रीलाई ल्याउनेहरूलाई उहाँले के भन्नुभयो (यूहन्ना ८:७ मा हेर्नुहोस्)?
येशूको अनुसार पहिलो ढुंगा कसले हान्नुपर्छ (यूहन्ना ८:७)? _____________________ ______________________। पहिलो ढुंगा हानियो त (यूहन्ना ८:८-९)? _____________। के यिनीहरूमध्येकोही “पाप रहित” थिए? ______________। तिनीहरू सबै पापी थिए; यो तिनीहरू जान्दथे। पापी भएकाले तिनीहरू सबै मृत्युदण्डका योग्य थिए। येशूको जवाफले ती यहूदीहरू त्यस पापी स्त्रीको सट्टा आफैंलाई जाँच्न बाध्य भए। मानिसहरू प्रायः अरुहरूको जीवनमा पाप देख्न सक्छन् तर आफ्नै जीवनमा भएको पाप भने देख्दैनन्। जसरी अर्काको गाडीको बत्ती (headlight) आफ्नो भन्दा तेजिलो देखिन्छ त्यस्तै आफ्नो भन्दा अर्काको पाप ठूलो देखिन्छ।
त्यस स्त्री व्यवस्था भंग गर्ने स्त्री थिइन्, त्यो साँचो हो, तर उनलाई पक्रेर येशूकहाँ ल्याउनेहरू पनि व्यवस्था भंग गर्नेहरू थिए। यूहन्ना ७:१९ मा येशूले यहूदीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये एउटाले पनि व्यवस्था __________ __________।” एकमात्र सिद्ध र धर्मी व्यक्तिले हुनुहुन्छ (यूहन्ना ७:१८)? ___________________।
रोमी ३:१० अनुसार विश्वमा कतिजना धर्मी मानिसहरू छन्? ____________________। असल गर्ने अनि पाप कहिल्यै नगर्नेहरू कतिजना छन् (रोमी ३:१२)? _____________________। परमेश्वरको दृष्टिमा कतिजना दोषी छन् (रोमी ३:१९)? ______________। के यी दोषी ठहरिनेहरू मृत्युदण्डका लायक छन् (रोमी १:३२)? __________। कतिजनाले पाप गरेका रहेछन् (रोमी ३:२३)? येशू ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? _____________________________________________।
अभियोग लगाउनेहरू सबै गइसकेपछि, त्यस स्त्रीसँग येशू मात्र बाँकि रहनुभयो। के येशूले त्यस दोषी स्त्रीलाई दोषी ठहराउनुभयो (यूहन्ना ८:१०-११)? ___________________। येशू संसारमा किन आउनुभएको थियो? दोषी ठहराउन कि मुक्ति दिन (यूहन्ना ३:१७)? _________________। के येशूले त्यस स्त्रीलाई गएर अरू पाप गर भन्नुभयो (यूहन्ना ८:११)? _________________। बरु उहाँले यसो भन्नुभयो, “जाऊ र ________ पाप ________” (यूहन्ना ८:११)।
यूहन्ना ८ अध्यायको कुन पदमा येशूले “म संसारको ज्योति हुँ” भन्नुभयो? _______ पद। यस पदमा येशूले संसारका मानिसलाई दुई समूहमा विभाजन गर्नुभएको पाउँछौं:
येशूले “म संसारको ज्योति हुँ” भन्ने दावी गर्नुहुँदा के यहूदीहरूले विश्वास गरे (यूहन्ना ८:१३)? ______________। येशूले आफ्नो साक्षी आफैं दिनुभयो (उहाँले आफैलाई औंल्याउनुभयो र उहाँ साँच्चैले हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई बताउनुभयो) तर अरु कसले उहाँको बारेमा साक्षी दिनुभयो (यूहन्ना ८:१९)? _____________________।
त्यसबेला उहाँलाई पक्रन चाहे तापनि के उहाँका शत्रुहरूले उहाँमाथि हात हाल्न सके (यूहन्ना ८:२०)? ______________। किन (यूहन्ना ८:२०)? _____________________ _____________। येशूले आफ्ना शत्रुहरूलाई उहाँमाथि हात लगाउन दिनुहुने समय आउँदै थियो तर अहिले त्यो समय थिएन ! यूहन्नाको सुसमाचारमा येशूले यूहन्ना ८:१२ मा जस्तै घरिघरि “म... हुँ” भन्नुभएको छ। यूहन्ना ६:३५ मा पनि “म... हुँ” भन्ने येशुको वचन हेरिसक्यौं। यूहन्नाको सुसमाचार पढ्दैजाँदा हामी अरु पनि यस्ता पदहरू भेट्टाउनेछौं (जस्तै, यूहन्ना १०:९, १०:११, ११:२५, २४:६, १५:१)। “म ... हुँ” भन्ने शब्दहरूलाई यहूदीहरूले गम्भिररूपमा लिन्थे। पुरानो नियममा परमप्रभु (यहोवा) मोशाकहाँ विशेष प्रकारले प्रकट हुनुभएको थियो। परमप्रभुले आफूलाई कुन नामले चिनाउनुभयो (प्रस्थान ३:१३-१४)? _____________________। पुरानो नियमका परमेश्वर (यहोवा) महान् “म हुँ” भनी चिनिनुहुन्थ्यो ! यसले पछि यूहन्ना ८:५८ मा येशूले भन्नुभएका बचनहरू बुझ्न सहायता गर्नेछ।
यूहन्ना ८:२१ मा येशूले यूहन्ना ७:३३-३४ले ताजुबपूर्ण भनाइलाई फेरि दोहोर्याउनुहुन्छ। आफ्ना पितासँगै हुनलाई येशू स्वर्गमा फर्केर जाँदैहुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “जहाँ म जान्छु ________ तिमीहरू आउन _____________” (यूहन्ना ८:२१)। स्वर्ग जानुको साटो “तिमीहरू आफ्ना ______________मा मर्नेछौ” भनी येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:२१)। मुक्ति नपाएको अवस्थामा, परमेश्वरको क्रोधमुनि रहेको बेलामा मर्नु भनेको अति भयानक र डरलाग्दो कुरा हो। पाप नै त्यो कुरा हो जसले मानिसलाई परमेश्वरदेखि अलग पार्छ (यशैया ५९:२), अनि जब मानिसहरू आफ्ना पापहरूमै मछर्न् तब तिनीहरू परमेश्वरदेखि सदाका निम्ति अलग पारिनेछन्।
“जहाँ म जान्छु त्यहाँ तिमीहरू आउन सक्दैनौ” भन्ने येशूको भनाइलाई यहूदीहरूले बुझेनन् (यूहन्ना ८:२२)। उहाँले आत्महत्या गर्ने कुरा गर्नु भएको होला भन्ने उनीहरूलाई लागेन (“के उसले आफैलाई मार्ला त?”) तरैपनि उहाँको भनाइलाई बुझेनन्। तिनीहरू अन्धकारमा थिए (यूहन्ना ८:१२ सँग दाँज्नुहोस्)। स्वर्ग सम्बन्धी येशूका वचनहरू उनीहरूले बुझेनन् किनभने तिनीहरू “त ___________” थिए (यूहन्ना ८:२३)। तिनीहरू शैतानको राज्यका थिए र यसरी तिनीहरू आत्मिक सत्यताप्रति अन्धा थिए (२कोरिन्थी ४:३-४)। “तिनीहरूले बुझे ______” (यूहन्ना ८:२७)।
अन्धाहरूका निम्ति आशा छ। आफ्ना पापहरूमा मरेकाहरूका निम्ति पनि आशा छ। तर यदि यी मानिसहरू एउटा काम गर्न इन्कार गर्छन् भने उनीहरूलाई कुनै आशा रहँदैन। आफ्ना पापहरूमा नमर्नलाई एक व्यक्तिले नगरी नहुने एउटै काम के हो (यूहन्ना ८:२४)? _________________________________________। येशूले भन्नुभयो, “तिमीहरूले म उही हुँ भनी विश्वास गरेनौ भने।” एक व्यक्तिले येशू नै महान् म हुँ हुनुहुन्छ भनेर विश्वास गर्नै पर्छ (प्रस्थान ३:१४ सँग तुलना गर्नुहोस्)। टिप्पणी: हाम्रो नेपाली अनुवादमा यूहन्ना ८:२४ पदमा “म उही हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने” लेखिएको छ। तरैपनि “उही” भन्ने शब्द ग्रीक टेक्स्टको मूललेखमा छैन। त्यसैले यसलाई अक्षरश: अनुवाद गर्दा यसरीलेखिन्छ: “म हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने”। यूहन्ना ८:२८ (“म उही रहेछु”) मा पनि यही कुरा लागु हुन्छ।
येशू ख्रीष्टको बारेमा एक व्यक्तिले के विश्वास गर्दछ, त्यो महत्वपूर्ण छ। तपाईं येशू ख्रीष्ट वास्तवमाले हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? यो प्रश्न यति महत्वपूर्ण छ कि यसैले तपाईंको जीवनमा स्वर्ग र नरकको फरक पर्नेछ।
यूहन्ना ८:३ मा धेरै यहूदीहरूले उहाँमाथि __________ गरे भनी बताइएको छ। विश्वास गर्नेहरूको यस नयाँ झुण्डलाई देखेर के येशू उत्तेजित हुनुभयो? “अति बेस भयो! मलाई पछ्याउनेहरू नयाँहरू कति बढेका छन्!” के येशूले यसरी कुरा गर्नुभयो? अहँ, येशूले यी विश्वास गर्नेहरूलाई तुरुन्तै स्वागत गर्नुभएन। बरु उहाँले उहाँको साँचो चेला बन्न के कुराको खाँचो छ भनेर राम्रोसँग बताइदिनु भयो ! “तिमीहरू मेरा वचनमा ____________ भने तिमीहरू साँच्चै मेरा __________ हौ” (यूहन्ना ८:३१)। साँचो चेलाहरू ती हुन् जो येशूका वचनमा लागिरहन्छन्। यिनीहरूले नै सत्य जान्नेछन् र यिनीहरू नै स्वतन्त्र पारिनेछन् (यूहन्ना ८:३२)।
थोरै समयका निम्ति विश्वास गर्नेहरू पनि हुन्छन्। लूका ८:१३ मा यस्ता मानिसरूको उल्लेख छ। के यी मानिसहरूले वचनलाई आनन्दपूर्वक ग्रहण गर्छन्? ___________। के तिनीहरूले विश्वास गर्छन्? __________। तर तिनीहरूले _________ ___________का निम्ति विश्वास गर्छन् अनि पछि अप्ठेरो परिस्थितिहरू आइपर्दा तिनीहरू ________ _____________। तिनीहरूको विश्वास लागिरहने खालको विश्वास थिएन। परमेश्वर मानिसहरू विश्वासमा ______________ चाहनुहुन्छ (कलस्सी १:२३ मा हेर्नुहोस्) र यशू ख्रीष्टलाई अन्तसम्म भरोसा गरिरहेको चाहनुहुन्छ (हिब्रू ३:६,१४)। क्षणिक विश्वासको काम छैन ! परमेश्वर दिगो विश्वास खोज्नुहुन्छ।
येशूले स्वतन्त्रताको कुरा गर्नुहुँदा यहूदीहरूको विचारमा आफूहरू स्वतन्त्र नै छौं भन्ने थियो (यूहन्ना ८:३२-३३)। तिनीहरू ताजुब माने, “हामी स्वतन्त्र नै छौं भने हामी किन स्वतन्त्र पारिनु खाँचो छ र? निश्चय हामी कसैका दास होइनौं!”
यी मानिसहरू अन्धकारमा थिए भन्ने कुरा यसले पनि देखाउँछ। तिनीहरूले आफ्नो डरलाग्दो दासत्व र बन्धनलाई बुझ्न सकेनन्: “जसले _______ गर्छ त्यो ________को दास हो (यूहन्ना ८:३४)। पापको बन्धनबाट मानिसलाई स्वतन्त्र गराउने एकमात्र व्यक्तिले हुनुहुन्छ (यूहन्ना ८:३६)? __________।
संसारका सबै मानिसहरू दास हुन्। हरेक नै कि त ऊ पापको दास हो कि भने येशू ख्रीष्टको दास हो। एक व्यक्तिले मुक्ति पाउनु अघि ऊ ________को दास हुन्छ (रोमी ६:१७)। उसले मुक्ति पाएपछि ऊ पापबाट छुटकारा पाउँछ र अब ऊ _____________को दास बन्दछ (रोमी ६:२२)। तपाईं कुन मालिकको सेवा गर्नुहुन्छ? तपाईं पापको, स्वार्थको र शैतानको सेवा गर्नुहुन्छ कि मुक्तिदाताको? साँचो रुपले स्वतन्त्र व्यक्ति त्यो हो जो पापबाट स्वतन्त्र भएको छ र मुक्तिदताको सेवा गर्न स्वतन्त्र छ।
“अब्राहाम हाम्रा पिता हुन्” भन्दै यहूदीहरू खुबै घमण्ड गर्थे (यूहन्ना ८:३३)। अब्राहाम यहूदीहरूका पुर्खा थिए र आफूहरू शरीरअनुसार उनकै वंशबाट आएका हौं भनी उनीहरू जान्दथे। येशू पनि यो जान्नुहुन्थ्यो: “म जान्दछु तिमीहरू ____________ सन्तान हौ” (यूहन्ना ८:३७)। तिनीहरू अब्राहामका शारीरिक सन्तानहरू हुन् भन्ने येशू जान्नुहुन्थ्यो तर उहाँ यो पनि जान्नुहुन्थ्यो, तिनीहरू अब्राहामका आत्मिक सन्तानहरू होइनन्।
एउटा भनाइ छ, “जस्तो बुबा उस्तै छोरा”। यसको मतलब, छोरा बुबाजस्तै हुन्छ। यी यहूदीहरू हाम्रा पिता अब्राहाम हुन् भन्ने दावी गर्थे तर तिनीहरूको व्यवहार अब्राहामको जस्तो थिएन। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका ____________ हुँदा हौ ता अब्राहामकै कामहरू गर्नेथियौ” (यूहन्ना ८:३९)।
यहूदीहरूले चाहिँ कस्तो किसिमको व्यवहार गरे (यूहन्ना ८:४०)? ____________ ______________________। के अब्राहामले कहिल्यै त्यस्तो व्यवहार गरे (यूहन्ना ८:४०)? ___________। उत्पति १८ मा तीन जना मानिसहरू अब्राहामलाई भेट्न आएको कुराको उल्लेख छ (तिनीहरूमध्ये एकजना चाहिँ प्रभु येशू ख्रीष्ट आफ्नो पूर्व-देहदारी रूप (pre-incarnate form) मा हुनुहुन्थ्यो अनि दुई जनाचाहिँ स्वर्गदूतहरू थिए)। यी विशेष पाहुनाहरूलाई अब्राहामले कस्तो व्यवहार गरे? तिनले उनीहरूलाई मार्न खोजे कि अतिथी सत्कार गरे (उत्पति १८:१-८ )? ________________________।
यी विश्वासी नगर्ने यहूदीहरूलाई येशूले भन्नुभयो, “तिमीहरू आफ्ना _________का कामहरू गर्दछौ” (यूहन्ना ८:४१)। यहूदीहरू ____________ उनीहरूका पिता हुन् भन्ठान्थे (यूहन्ना ८:४१)। तर परमेश्वर तिनीहरूका पिता हुनुभएको भए तिनीहरूले के गर्नेथिए भनेर येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:४२)? तिनीहरूले __________________ _______________________। तिनीहरूका खास आत्मिक पिताले थिए (यूहन्ना ८:४४)? ______________। संसारका मानिसहरू दुई समूहमा विभाजित छन् भनी परमेश्वरको वचनले बताउँछः (१) _________________का सन्तान (२) ________________का सन्तान (१ यूहन्ना ३:१०)।
यूहन्ना ८:४४ मा शैतानको बारेमा कुन दुईटा कुराहरू उल्लेख छन्? ______________________________________________________। यी यहूदीहरू कुन हिसाबमा आफ्ना आत्मिक पिता जस्तै थिए? ___________________________________ _________________________।
यी यहूदीहरूको सबभन्दा ठूलो समस्या नै अविश्वासको समस्या थियो (यूहन्ना ८:२४,४५,४६ मा हेर्नुहोस्)। तिनीहरू र अब्राहाम बीचको अर्को ठूलो भिन्नता यो थियो। बाइबलले बताउँछ “अब्राहामले परमप्रभुमाथि _____________ गरे” (उत्पति १५:६) तर यी यहूदीहरूले चाहिँ गरेनन्। बरु तिनीहरूले शैतानको झूटलाई विश्वास गरे।
यूहन्ना ८:४६ मा येशूले आफ्ना शत्रुहरूलाई ठूलो चुनौती दिनुभयो: “तिमीहरूमध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ?” अर्को शब्दमा भन्ने हो भने, तिमीहरूमध्ये कसले ममा पाप देखाउन सक्छ?” यो यस्तो काम थियो जुन उहाँको कुनै पनि शत्रुहरूले गर्न सकेनन्। येशूले आफ्ना शत्रुहरूलाई पापको दोषी ठहराउन सक्नुहुन्थ्यो (यूहन्ना ८:७-९) तर तिनीहरूले उहाँलाई पापको दोषी ठहराउन सकेनन्। उहाँले एउटा सिद्ध जीवन जिउनुभयो र उहाँ आफैं भन्नुहुन्छ, “किनकि उहाँलाई (पितालाई) __________ कुराहुरू म _______ गर्दछु” (यूहन्ना ८:२९)।
संसारकै एकमात्र पापरहित मानिस यी यहूदीहरूका सामु उभिनुभयो र तिनीहरूसित सत्य बोल्नुभयो तर के तिनीहरूले विश्वास गरे (यूहन्ना ८:४६)? ____________। परमेश्वर साँच्चै नै तिनीहरूका पिता हुनुभएको भए भने ता तब तिनीहरूले ______________का __________हरू सुन्नेथिए (यूहन्ना ८:४६) तर परमेश्वर तिनीहरूका पिता नहुनुभएकोले तिनीहरूले न ता सुने न ता विश्वास गरे।
यदि कसैले येशू ख्रीष्टलाई प्रेम गर्दैन भने (यूहन्ना ८:४२) अनि परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने (यूहन्ना ८:४७), ऊ परमेश्वरको सन्तान होइन। के तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ? एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _____________________________________________________________।
यूहन्ना ८:४८ मा यहूदीहरूले येशूलाई खराब बोली प्रयोग गरेर आक्रमण गेर। तिनीहरूले उहाँलाई दुईटा अति निन्दापूर्ण शब्दहरू बोले (१) तिनीहरूले उहाँलाई सा __________ भने। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे र कसैलाई यो शब्दले बोलाउनु भनेको उसलाई एकदमै होच्याएर बोलाउनु थियो। एउटा यहूदीलाई “तँ सामरी होस्” भन्नु जस्तो अपमानजनक कुरा अरु थिएन। (२) तिनीहरूले उहाँसँग दुष्टआत्मा छ भने। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको मान्छे भनेर आरोप लगाए। के यो साँचो थियो (यूहन्ना ८:४९)? ___________। के तपाईंलाई कहिल्यै मानिसहरूले अपशब्द प्रयोग गरेर वा होच्याउने कुराहरू बोलेर वा निर्दयी शब्दहरू प्रयोग गरेर तपाईंको अपमान गरेका छन्? याद राख्नुहोस्, येशू ख्रीष्टले यही कुरा भोग्नुभएको थियो ! हाम्रा दु:ख-कष्टहरू उहाँ बुझ्नुहुन्छ (हिब्रू ४:१५-१६)।
यूहन्ना ८:५१ मा यहूदीहरूलाई ताजुब पार्ने अर्को कुरा येशूले गर्नुभयो: “कसैले मेरो वचन पालन गर्छ भने (कसैले मैले भनेको मान्छ भने) उसले कहिल्यै __________ देख्नेछैन।” कसैले येशू ख्रीष्टले जे भन्नुहुन्छ त्यही मान्छ भने ऊ कहिल्यै मर्नेछैन (यूहन्ना ११:२६ सँग दाँज्नुहोस्)। यो कसरी हुनसक्छ? मृत्यु भनेको अलग हुनु हो। जब एउटा मुक्ति नपाएको मान्छे मर्छ, ऊ आफ्ना पापका कारण परमेश्वरबाट अलग पारिनेछ। येशूले यसो भन्दै हुनुहुन्थ्यो, एकजना विश्वासी परमेश्वरबाट कहिल्यै अलग पारिनेछैन। विश्वासीसँग अनन्त जीवन हुन्छ र यस जीवन कहिल्यै खोसिनेछैन।
फेरि पनि येशूको भनाइको तात्पर्य यहूदीहरूले बुझेनन् (यूहन्ना ८:५२)। अब्राहाम र भविष्यवक्तहरू (यशैया, यर्मिया, दानियल आदि) मरिसके भनी उनीहरू जान्दथे। “यी सबै महान् व्यक्तिहरू मरे भने येशूचाहिँ कहिल्यै नमर्ने व्यक्तिको कुरा गरिरहेका छन्। के यिनले अब्राबाम र सबै अगमवक्ताहरू भन्दा पनि आफूलाई ठूलो बनाउँदैछन् (यूहन्ना ८:५३ सँग दाँज्नुहोस्-- “के तिमी हाम्रा पिता अब्राहाम भन्दा __________ हौ?”।
तिनीहरूले राम्रो प्रश्न सोधे र येशूले तिनीहरूलाई उहाँ साँच्ची नै अब्राहामभन्दा ठूला हुनुहुन्छ भनेर देखाउन चाहनुहुन्थ्यो। येशूले भन्नुभयो, “तिमीहरूका पिता अब्राहाम मेरो दिन देख्ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए” (यूहन्ना ८:५६)। यस भनाइले यहूदीहरू झस्किए। कस्तो कुरा सुन्नुपरेको होला भनी तिनीहरू आफ्ना कानलाई विश्वास गर्नै सकेनन्। तिनीहरूले सोचे, “के साँच्चै नै येशूले आफूले अब्राहामलाई देखेको हुँ भनिरहेका हुन्?” (यूहन्ना ८:५७)। अब्राहाम ख्रीष्ट यस संसारमा आउनुभन्दा २००० बर्ष अघि जिउने मानिस थिए। येशूले यी कुराहरू बोल्नुहुँदा उहाँ त्यस्तै ३३ बर्ष जतिको हुनुहुँदो हो। यहूदीहरूले ठीकै भनेका थिए जब तिनीहरूले उहाँलाई “तिमी अझै ________ बर्ष पुगेका छैनौ” भनी भने (यूहन्ना ८:५७)। तर येशूको जीवन उहाँ बेतलेहेममा जन्मनुभए पछि मात्र शुरु भएको होइन भन्ने कुरा तिनीहरूले बुझ्न खाँचो थियो। त्यसबेला उहाँ मानिस बन्नुभएको हो तर परमेश्वरको रूपमा उहाँ बेतलेहेमको जन्मभन्दा धेरै अघिदेखि नै हुनुहुन्थ्यो। मानिसको रुपमा उहाँ ३३ बर्षका मात्रै हुनुहुन्थ्यो, तर परमेश्वरको रुपमा चाहिँ उहाँ अनन्त हुनुहुन्छ जसको शुरुआत नै छैन। उहाँ परमेश्वरको अनन्त पुत्र हुनुहुन्थ्यो।
कोही तपाईंकहाँ आएर आफू २००० बर्षभन्दा अघिको व्यक्ति भएको दावी गरे भने तपाईं के गर्नुहुन्छ? तपाईंले पक्कै सोच्नुहुनेछ, यो मान्छे कि ठट्टा गर्दैछ कि त पागल भएको छ ! तरैपनि ठीक यस्तै दावी येशूले गर्नुभयो: “अब्राहाम हुनभन्दा पहिले ___________” (यूहन्ना ८:५८)। उहाँले “आदम हुनुभन्दा पहिले म हुँ” वा “संसार हुनुभन्दा पहिले म हुँ” भन्न पनि मिल्थ्यो (यूहन्ना १७:५,२४ सित दाँज्नुहोस्)। उहाँ अनन्तका महान् परमेश्वर हुनुहुन्छ ! उहाँ महान् “म हुँ” हुनुहुन्छ (प्रस्थान ३:१४)।
यस उल्लेखनीय दावीलाई सुनेर यहूदीहरूलाई कस्तो लाग्यो (यूहन्ना ८:५९)? ____________________________________। के तिनीहरूले जे गर्न चाहेका थिए सो गर्न सके (यूहन्ना ८:५९ र लुका ४:२८-३० बीच तुलना गर्नुहोस्)? _____________। के तपाईँले यस अनन्तका परमेश्वरमाथि अफ्नो विश्वास र भरोसा राख्नुभएको छ? जसले यसो गरेका छैनन् तिनीहरू समस्यामा पर्नेछन् (यूहन्ना ८:२४)।कहिलेदेखि यस मानिस अन्धा थिए (यूहन्ना ९:१)? _________________। यूहन्ना ९:२-३ पढ्नुहोस्। यस मानिस के कारणले अन्धा भएका थिए? के उनी आफ्ना बाबुआमाको कारण अनधा भएका थिए? ____________। कि उनको आफ्नै कारण? ______________। यस मानिस जन्मैदेखि अन्धा हुनुमा परमेश्वरको अचम्मको योजना थियो (यूहन्ना ९:३)। शायद तपाईंको पनि कुनै शारीरिक दुर्बलता वा दीर्घकालीन समस्या होलान्। शायद तपाईंको यस्तो समस्या जन्मैदेखि नै छ। यसको बारेमा गनगन गर्नु र यस्तो नभएको भए हुन्थ्यो भनेर दुखित हुनुको साटो, तपाईंले यो कुरालाई सम्झन आवश्यक छ, हरेक कुरामा परमेश्वरको उद्देश्य र योजना हुन्छ। उहाँ कहिल्यै गल्ती गर्नुहुन्न ! आफ्ना समस्याका लागि अरुहरूलाई दोष दिनुको सट्टा, हामी परमेश्वरलाई धन्यबाद दिऔं जसले, हामी जोसुकै र जस्तोसुकै भए पनि, हाम्रो जीवनमा एउटा महान कार्य गर्न सक्नुहुन्छ!
येशूले यस अन्धालाई जुन चाखलाग्दो प्रकारले निको पार्नु भयो त्यसको बयान यूहन्ना ९:६-७ मा पाइन्छ। यस आश्चर्यकर्म कुन दिनमा भएको थियो (यूहन्ना ९:१४)? ___________________________।
यस मानिसका छिमेकीहरूले उक्त परिवर्तनलाई विश्वासै गर्न सकेनन् (यूहन्ना ९:८)। यस अन्धा माग्नेले अब देख्न सक्थे। यो त्यही मान्छे नै हुन् र भनेर कतिले छक्क पर्दै उसलाई नियालेर हेरे (यूहन्ना ९:९)। के यस अन्धाले भएका घटनाहरू यी मानिसहरूलाई दुरुस्तै बताए (यूहन्ना ९:१०-१२ )? ______________। के उनले त्यही घटना विवरण फरिसीहरूलाई पनि सुनाए (यूहन्ना ९:१५)? ______________।
यस आश्चर्यकर्मले मानिसहरूमा फाटो ल्यायो (जसरी यूहन्ना ७ अध्यायमा पनि हामीले देख्यौं)। यूहन्ना ९:१६ मा पढ्नुहोस् र येशूका बारेमा दुई भिन्न मतहरूलाई हेर्नुहोस्:
तब तिनीहरू अन्धा मानिसतिर फर्केर उनलाई उनको विचार व्यक्त गर्न लगाए (यूहन्ना ९:१७)। उनको विश्वासमा येशू एक असल मानिस नै हुनुपर्छ भन्ने थियो: “उहाँ _______________ हुनुहुन्छ” (यूहन्ना ९:१७)।
तब यी विश्वास नगर्ने यहूदीहरूले यो आश्चर्यकर्म साँच्चै नै भएको हो कि होइन भनेर थाहा पाउन यस मानिसका आमा-बुबालाई सोधपुछ गरे। तिनीहरूले के थाहा पाए (यूहन्ना ९:१८-२१)? _________________________________________________________। कसैले येशू “ख्रीष्ट” वा “मसीह” नै हुन् भनी स्वीकार गरे भने उसलाई के गरिनेथियो (यूहन्ना ९:२२)? ___________________________________________________।
यहूदीहरूले अन्धा मानिसलाई फेरि बोलाए र उनलाई उनीहरूकै मतमा ल्याउन खोजे: “परमेश्वरलाई महिमा दे ! हामी जान्दछौं त्यो मान्छे __________ हो” (यूहन्ना ९:२४)। येशू पापी हुनुहुन्छ भन्ने तिनीहरूको धारणालाई यस अन्धा मानिसले समर्थन गरेको तिनीहरू चाहन्थे ! तिनीहरूले यसो भन्नु पर्नेथ्यो, “पापी त हामीहरू हौं, येशूचाहिँ मुक्तिदाता हुनुहुन्छ।”
अन्धा मानिसको गवाही यूहन्ना ९:२५ मा पाइन्छ: “म __________ थिएँ, अब म ___________।” एकताका म अन्धा थिएँ, तर अब म देख्न सक्छु ! के यहूदीहरूले यस गवाहीलाई इन्कार गर्न सके? ____________। के तिनीहरूले यसका विरुद्वमा तर्क दिन सके? ____________। हामीले मानसहरूलाई येशू नै साँचो मुक्तिदाता हुनुहुन्छ भनेर विश्वस्त तुल्याउन कहिल्यै पनि तर्क गर्न आवश्यक छैन। हामी गर्नु पर्ने एउटै कुरा यो हो, उनीहरूलाई एउटा बदलिएको जीवन देखाउनु ! तिनीहरूले यसलाई इन्कार गर्न सक्दैनन्।
एक दिन विश्वास नगर्ने एउटा मानिस कुनै खानी-मजदुरहरूको शहरमा भाषण दिन आयो। उसले बोलेको रात उसले त्यहाँ एकाग्र भएर सुनिरहने एकजनालाई देख्यो। त्यस मानिसले अझैसम्म आफ्नो खस्रो र मैलो खानीमा काम गर्दा लगाउने कपडा लगाइराखेको थियो। अनि उनको भिमकाय बनावट र प्रस्टै देखिने मांशपेशीहरूले उनी असाधारण शारीरिक शक्ति भएको एक मानिस हुन् भनेर देखाइरहेको थिए। त्यस विश्वासी नगर्नेले यसो भनेर आफ्नो सन्देश टुंग्यायो, “मलाई पक्का थाहा छ। मैले तपाईंहरू सबैलाई ईशाईवाद एउटा किंवदन्ती हो अनि येशू ख्रीष्ट परमेश्वर होइनन् भनेर विश्वस्त तुल्याएको छु।” त्यस नास्तिकले बोलिसक्दा नसक्दै, त्यस खानी मजदुर बिस्तारै जुरुक्क उठ्यो। “महाशय”, उसले भन्यो, “म त एउटा कामदार मात्रै हुँ र म “किंवदन्ती” भन्ने तपाईंको नयाँ शब्द के हो, चिन्दिनँ, तर यी मानिसहरूले मलाई चिन्दछन्। तिनीहरू जान्दछन्, तीन बर्ष अघिसम्म म यस शहरको सबभन्दा चाम्रो मान्छे थिएँ। मेरो घरायसी हालत एकदमै दयनिय थियो। मैले मेरी श्रीमती र बालबच्चाको कुनै वास्ता गरिनँ। म मनपरी बोल्थें, बकबकाउँथें, पिउँथें मेरो अगाडी उभिने जोकोहीले तुरुन्तै मेरो मुक्का भेट्टाउँथ्यो। तब एक व्यक्ति म कहाँ आइपुगे र बिचरा पापीहरूका लागि परमेश्वरको प्रेमको बारेमा मलाई बताए। उनले मलाई म जस्तो हराएको बेइमानीलाई ख्रीष्ट येशूको कल्वरी क्रूसमा भएको मरणको दृश्य स्पष्ट गराइदिए। तपाईंले अहिले इन्कार गरेका कुराहरूलाई मैले विश्वास गरें। यी सब मानिसहरूलाई थाहा नै छ। म एउटा बदलिएको नयाँ मानिस भएको छु।” एउटा बदलिएको जीवनसँग कसैले तर्क के गर्थ्यो? नास्तिकले यो खानी मजदुरलाई केही भन्न सकेन।
के त्यस अन्धा मानिसले येशू एक पापी हुनुहुन्छ भन्ने विचार गरेका थिए (यूहन्ना ९:३०-३२)? ______________। के यस अन्धाले येशू “परमेश्वरबाटका” हुनुहुन्छ भन्ने विश्वास गरेको थियो (यूहन्ना ९:३३)? ______________। यस अन्धा मानिस येशूको पक्ष लिएका हुनाले यहूदीहरूले उनलाई के गरे (यूहन्ना ९:३४; पद २२ सित तुलना गर्नुहोस्)? _______________।
सभाघरबाट निकालिएको मानिसलाई कसले भेट्टाए (यूहन्ना ९:३५)? __________। यस मानिसलाई ता मानिसहरूले निकालिदिएका थिए, तर उसले जो येशूकहाँ आउँछ ऊ कहिल्यै अ ____________छैन भनेर थाहा पाउनु खाँचो थियो (यूहन्ना ६:३६)। उहाँ भविष्यवक्ता मात्र नभएर अझ ठूला हुनुहुन्छ भन्ने कुरा यस मानिसले बुझ्न आवश्यक छ भनी येशू जान्नुहुन्थ्यो (१७ पदमा हेर्नुहोस्)। येशूले आफू ले हुँ भन्ने दावी गर्नुभयो (यूहन्ना ९:३५-३७)? _____________________। के अन्धा मानिसले यो विश्वास गरे (यूहन्ना ९:३८)? __________।
येशूले यूहन्ना ९:३९ मा भन्नुभएका वचनहरूलाई ध्यान दिएर हेर्नुहोस्। यूहन्ना ९ अध्यायमा हामी यस अन्धा मानिसले राम्रैसँग देख्न सक्थे भन्ने पाउँछौं, शरीरमा मात्रै होइन, आत्मिक रुपमा पनि। उनले येशू ख्रीष्ट साँच्चैले हुनुहुँदो रहेछ भनेर देखे र आफ्नो हृदयले उहाँमाथि विश्वास गरे। अर्कोतिर भने, यी विश्वासी नगर्ने यहूदीहरूले सफासँग कहिल्यै देख्न सकेनन्। येशू ख्रीष्ट साँच्चैले हुनुहुन्छ भन्ने विषयमा र आफ्नै आत्मिक अवस्था (परमेश्वरका सामु आफू पापी छौं भन्ने कुराको विषय) मा तिनीहरू अन्धा भइरहे। कुनचाहिँ अन्धापना बढी नराम्रो लाग्छ तपाईंलाई? शारीरिक कि आत्मिक? ____________। तपाईं कुन चाहिँ रोज्नुहुन्छ: येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर जान्ने अन्धा मानिस हुन कि एकदम देख्ने शारीरिक आँखा भएको तर मुक्ति नपाएको मानिस हुन? _______________________________। के यी विश्वास नगर्ने यहूदीहरू पापको अन्धकारमा नै रहिरहे कि यिनीहरू संसारको ज्योतिकहाँ आए (यूहन्ना ९:४१)? ___________________ ____________________________________।
“अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो
हराएको थिएँ, अब पाइएको छु--अन्धो देख्ने भएँ।”
--जन न्यूटन
|
पालुङ चर्च |