(यूहन्ना ७)
यूहन्ना सातौं अध्यायको चाबी पद यूहन्ना ७:४३ हो: “यसकारण __________को कारणले मानिसहरूको बीचमा ______________ भयो।” येशू ख्रीष्ट मानिसहरूका विभाजक हुनुहुन्छ! सम्पूर्ण मानव जातिलाई दुई समूहमा बाँड्न सकिन्छः (१) परमेश्वरका पुत्रमाथि विश्वास गर्नेहरू (२) परमेश्वरका पुत्रमाथि विश्वास नगर्नेहरू (यूहन्ना ३:१८ मा हेर्नुहोस्)।कोही ख्रीष्टको पक्षमा छन् भनेकोही ख्रीष्टको विरुद्धमा छन्। जब मानिसहरू मर्छन् अनि अनन्ततामा प्रवेश गर्छन फेरि त्यहाँ पनि उनीहरूको बीचमा एउटा ठूलो विभाजन हुनेछः (१) बाँचेकाहरू परमेश्वरको राज्यमा पस्नेछन्। (२) हराएकाहरू अग्निकुण्डमा पर्नेछन्। एक व्यक्तिले येशू ख्रीष्टको बारेमा के विश्वास गर्छ त्यसले स्वर्ग र नरकको फरक पार्छ।
यूहन्नाको सातौं अध्यायमा हामी येशूले हुनुहुन्छ भन्ने विषयमा फरक-फरक विचार राख्ने मानिसहरूको बारेमा अध्ययन गर्नेछौं। कोही उहाँमाथि विश्वास गर्न चाहन्थे भने कोही उहाँलाई मार्न चाहन्थे। यस अध्यायलाई निम्न रुपरेखाअनुसार विभाजन गर्न सकिन्छः
के तपाईं बाइबलको मानचित्रमा यहूदिया र गालील भेट्टाउन सक्नुहुन्छ? किन येशूले यहूदियाको सट्टा गालीलमा धेरै समय बिताउनुभयो (यूहन्ना ७:१)? ____________________________________________________। यूहन्ना ७ अध्यायका घटनाहरू कहिले घटेका हुन् यूहन्ना ७:२ ले बताउँछ। ______________चाड नजिकै थियो (यूहन्ना ७:२)। यस महान् चाडका निम्ति थुप्रै यहूदीहरू यरुशलेमतिर (यहूदियामा) जान्थे। करिब ६ महिना पछाडि येशू क्रूसमा टाँगिदै हुनुहुन्थ्यो (झोपडी चाड,निस्तार चाडभन्दा ६ महिना अगाडि पर्थ्यो)।
यूहन्ना ७:३ मा “भाइहरू” भनी उल्लेख छ। येशूका भाइहरू थिए भन्ने कुरा के तपाईंलाई थाहा थियो? वास्तवमा तिनीहरू येशूका “भाइ भनाउँदाहरू” मात्रै थिए। उनीहरूका आमा एउटै थिइन् तर बाबु चाहिँ एउटै थिएनन्। यी भाइ भनाउँदाहरू यूसुफ र मरियमका छोराहरू थिए। येशूका चार भाइका नामहरू के के थिए (मर्कूस ६:३)? ____________ ____________ ____________ ______________। येशूका भाइहरूले उहाँले के गरेको चाहन्थे? यूहन्ना ७:३-४ पढ्नुहोस् र सही भनाइहरूको अगाडि ü चिन्ह लगाउनुहोस् लगाउनुहोस्:
यी भाइहरू येशू नामुद बन्नुभएको चाहन्थे। जनमानसको दृष्टिमा उहाँले ख्याति पाएको उनीहरू चाहन्थे। उहाँले मानिसहरूका सामु सामर्थी कार्यहरू गरेर आफूलाई “तमासे” (सर्कसमा खेल देखाउने झैं) बनाउनुभएको उनीहरू चाहन्थे।
के यी भाइहरूले येशूलाई आफ्नै प्रभु र मुक्तिदाता भनी विश्वास गर्थे (यूहन्ना ७:५)? ______________। सम्भवतः यी भाइहरू हामीले छैटौं अध्यायमा अध्ययन गरेका यहूदीहरूजस्तै थिए जो आफ्ना पेट भर्न, रोगबाट निको हुन र रोमीहरूको शासनबाट मुक्त गरिन उहाँलाई राजा बनाउन चाहन्थे। तर येशू मानिसको हृदयभित्र एउटा काम गर्न यस संसारमा आउनुभएको थियो (यूहन्ना ७:३९ मा हेर्नुहोस्)। येशूका भाइहरूलाई नयाँ जन्मको आवश्यकता थियो। यिनीहरू हरेकलाई एउटा नयाँ जीवन अनि एउटा नयाँ हृदयको आवश्यकता थियो।
के तपाईंका पनि आफन्त तथा मित्रहरू छन् जसले नता प्रभुलाई विश्वास गर्छन् न आत्मिक कुराहरू नै बुझ्दछन्? के तपाईंको परिवारमा मुक्ति नपाएको कोही छ? ठीक यस्तै परिस्थितिको अनुभव प्रभु येशूले पनि गर्नुभयो। उहाँका आफ्नै भाइहरूले उहाँमाथि विश्वास गरेनन् र उहाँ किन यस संसारमा आउनुभएको भनी बुझेनन्। तिनीहरू शारीरिक खाँचो पुरा गर्न सक्ने एक तमासेको प्रतिक्षामा थिए। तर आत्मिक खाँचो पुरा गर्न आउनुभएको प्रभु र मुक्तिदातालाई भने तिनीहरूले मन पराएनन्।
येशूका भाइ भनाउँदाहरूका बीचमा एक अचम्मको कुरा भयो। येशू क्रूसमा मर्नु अघि तिनीहरू अविश्वासी थिए तर पछि तिनीहरू विश्वासी बने। यस्तो परिवर्तनको पछाडि लुकेको रहस्य के हो? यूहन्ना ७:५ मा तिनीहरू अविश्वासी थिए भन्ने देख्छौं तर पछि प्रेरित १:१४ मा तिनै भाइ-भनाउँदाहरू विश्वासी बनेर अरु विश्वास गर्नेहरूसँगै मिलेर प्रार्थना गरिरहेका देख्छौं! येशूका भाइहरूमध्ये याकूब एक थिए। याकूबको जीवनमा एकदिन घटेको कुन घटनाले गर्दा उनमा यति ठूलो परिवर्तन आयो (हेर्नुहोस् १ कोरिन्थी १५:४,५,७) __________________________________________________________________। परमेश्वरले यी भाइहरूमध्ये दुइजनालाई विशेष प्रकारले प्रयोग गर्नुभयो। याकूब र यहूदा दुवैलाई परमेश्वरले एक-एक पत्र लेख्न चलाउनुभयो जुन पत्रहरू नयाँ नियममा समावेश छन्। ती हुन् याकूब र यहूदाका पत्रहरू।
उहाँलाई मार्न खोज्ने यहुदीहरू त्यहाँछन् भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना ७:१)। साथै त्यतिखेर उहाँको मरणको घडी होइन भनी पनि येशू जान्नुहुन्थ्यो, किनभने “मेरो समय अझै ________________ छैन” (यूहन्ना ७:६)। येशूलाई संसारले प्रेम गर्यो कि घृणा गर्यो (यूहन्ना ७:७०)? ________। यूहन्ना ७:७ अनुसार संसारलाई येशूले दिनुभएको सन्देश के थियो?
येशूले तिनीहरूलाई सत्य कुरा बताउनुभयो तर तिनीहरू सत्यता सुन्न इच्छुक थिएनन्। बरु उनीहरू सत्यता बताउने मानिसकै अन्त गर्न इच्छुक थिए।
आखिरमा येशू चाडमा जानुभयो त (यूहन्ना ७:१०)? ________________। उहाँ खुल्लमखुल्ला जानुभयो कि गोप्यरुपमा जानुभयो (यूहन्ना ७:१०)? ______________________। यसको करिब ६ महिना पछि येशू सबैका सामु खुल्लमखुल्ला यरुशलेमभित्र प्रवेश गर्दैहुनुहुन्थ्यो (हेर्नुहोस् यूहन्ना १२:१२-१९) जुन समय उहाँ मानिसहरूका हातबाट मारिने समय थियो। तर यूहन्ना ७ अध्यायमा, त्यो समय अहिले होइन भनी येशू जान्नुहुन्थ्यो अनि उहाँ यति गुप्त तवरले शहरभित्र छिर्नुभयो कि उहाँलाई भेट्टाउन मानिसहरूलाई साह्रो पर्यो (हेर्नुहोस् यूहन्ना ७:११)।
यूहन्ना ७:१२ मा येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ त भन्ने विषय लिएर मानिसहरूको बीचमा चर्को मतभेद भइरहेको देखिन्छ। कसैले भन्थे, “तिनी ________________ छन्”तर अरुले भन्थे, “होइन, तिनले मानिसहरूलाई________ दिन्छन्”। उहाँ असल मानिस हुनुहुन्थ्यो कि एउटा धोकेबाज?
यूहन्नाको सुसमाचार अध्ययन गर्ने क्रममा हामीले येशूका अचम्मका दाबीहरूको बारेमा अगाडि नै हेरिसकेका छौं। अब निम्न जोडा मिलाउने अभ्यास पुरा गरौं:
|
१.
____
उहाँले
मानिसहरूलाई
अनन्त
जीवन
दिन
सक्ने
दाबी
गर्नुभयो।
२.
____
उहाँले
आफू
“ख्रीष्ट”
अर्थात्
मसीह
हुँ
भन्ने
दाबी
गर्नुभयो।
३.
____
उहाँले
आफूले
बोलेका
वचनहरू
जीवनका
वचनहरू
हुन्
भनी
दाबी गर्नुभयो।
४. ____ उहाँले आफू परमेश्वरको पुत्र र इस्राएलका राजा हुँ भनी दाबी गर्नुभयो। ५. ____ उहाँले आफू र्स्वर्गबाटको जीवनको रोटी हुँ भनी दाबी गर्नुभयो। ६. ____ उहाँले आफू मृत्युबाट फेरि बौरिउठ्ने दाबी गर्नुभयो। ७. ____ उहाँले आफू सबै मानिसका अन्तिम न्यायकर्ता हुँ भनी दाबी गर्नुभयो। ८. ____ उहाँले आफू परमेश्वरको बराबरी भएको दाबी गर्नुभयो। |
(क) यूहन्ना १:४९-५० (ख) यूहन्ना २:१९-२१ (ग) यूहन्ना ४:१४ (घ) यूहन्ना ४:२५-२६(ङ) यूहन्ना ५:१८ (च) यूहन्ना ५:२२,२७,२८ (छ) यूहन्ना ६:५१ (ज) यूहन्ना ६:५३ |
येशू ख्रीष्ट साँच्चैनैले हुनुहुन्छ भन्ने कुरा हरेकलेनै पक्कासँग निश्चय गर्नुपर्छ। उहाँले हुनुहुन्छ भनेर जान्नु भन्दा बढी महत्वपूर्ण कुरा अर्को छैन। जब हामीले येशूले गर्नुभएका अचम्मका दाबीहरूका बारेमा बिचार गर्छौंतब हामी महसुस गर्छौं, मानिसले छान्न सक्ने विकल्प तीनओटा मात्रै छन्:येशू कि त झुटा हुनुहुन्छ कि भने पागल हुनुहुन्छ नत्र भने प्रभु हुनुहुन्छ। अर्को पृष्ठको दृश्य चित्रले यस कुरालाई देखाउँछः

|
पालुङ चर्च |