अघिल्लो अध्यायमा येशूले एउटा मानिससँग व्यक्तिगत रुपमा व्यवहार गर्नुभएको कुराको अध्ययन गर्यौं। उनको नाउँ के थियो (यूहन्ना ३:१)? ____________________। यूहन्नाको चौथो अध्यायमा येशूले एउटी स्त्रीसँग व्यक्तिगत रुपमा व्यवहार गर्नुएको कुराको अध्ययन गर्नेछौं। उनको नाम दिइएको छैन। उनी एक ____________ स्त्री थिई (यूहन्ना ४:९)। येशू र उहाँका चेलाहरू यहूदियाबाट गालील जाँदै हुनुहुन्थ्यो। ती तीन ठाउँहरूलाई प्यालेस्टाइनको मानचित्रमा भेट्टाउनुहोस्। यहूदिया र गालीलको बीचमा सा____________ पर्दछ।
जब येशू याकूबको इनारनेर आइपुग्नुभयो, उहाँ यात्राले गर्दा ____________ हुनुहुन्थ्यो (यूहन्ना ४:६)। प्रश्न उठ्छ, के परमेश्वर थाक्नुहुन्छ (यशैया ४०:२८)? _________________। तर याद गर्नुहोस्, पुत्र-परमेश्वर शरीरमा आउनुभयो (पृष्ठ ४ मा हेर्नुहोस्) अनि उहाँ मानिस हुनुभएकोले धेरै माइलको यात्राले गर्दा उहाँ थकित हुनुभयो। यतिखेर प्रायः “छैटौं घडी”थियो (यूहन्ना ४:६) यसको मतलब त्यतिखेर करिब मध्यान्न (खाना खाने समय) भएको थियो। येशूलाई थकाइ मात्र होइन सायद भोक र तिर्खा पनि लागिरहेको थियो। चेलाहरूचाहिँ कता गएका थिए (यूहन्ना ४:८)? _________________________________________________________। तिनीहरू पनि भोकाएका हुनाले खानेकुरा किन्न गएका थिए।
हामी येशूको ठाउँमा भएका भए हामी सायद यसरी सोच्नेथ्यौं, “यात्राले म साह्रै थकित छु। अलिकति विश्राम गर्न पाइए हुन्थ्यो। एक गिलास चिसो पानी पिउन पाए कस्तो हुन्थ्यो। अनि एक गाँस खाना खाएर चुपचापसाथ बस्न पाए मलाई पुग्थ्यो।”प्रभु येशू भोकाउनु भएको थियो, तिर्खाउनु भएको थियो अनि थकित पनि हुनुहुन्थ्यो, तर आराम गर्न र पेट भर्न भन्दा उहाँ एउटी स्त्रीको बारेमा फिक्री गर्दैहुनुहुन्थ्यो। उहाँको लागि कुनचाहिँ बढी महत्वपूर्ण थियो, परमेश्वरको इच्छा पूरा गर्नु कि टन्न खाना खानु (यूहन्ना ४:३४)? ____________________________________________________।
बातचित कसले शुरु गरे, स्त्रीले कि येशूले (यूहन्ना ४:७)? ___________। कुराको थालनी येशूले गर्नुभयो। उहाँको भनाइ सुनेर ती स्त्री छक्क परीन्। उहाँले उनीसित बोल्नु नै त्यस स्त्रीको लागि छक्कलाग्दो कुरा थियो। प्रायः यहूदीहरूले कहिल्यै नगर्ने काम येशूले गर्नुभयो। उहाँले बोल्नुहुँदा र पानी माग्नुहुँदा ती स्त्री किन छक्क परीन् (यूहन्ना ४:९)? _____________________ ___________________________________________________। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे तर येशूले त्यस सामरी स्त्रीलाई प्रेम गर्नुभयो। येशूलाई उनको आत्माको वास्ता थियो। त्यसैले उहाँले अरु यहूदीहरूले भन्दा भिन्न व्यवहार गर्न साहस गर्नुभयो। आज पनि ख्रीष्टियन भएर हाम्रो व्यवहार र जीवन शैलीमा मानिसहरूले एउटा भिन्नता देख्न आवश्यक छ। सबै मानिसहरू प्रति हाम्रो वास्ता र प्रेम छ भन्ने उनीहरूले देख्न आवश्यक छ। तपाईंको स्कूल वा क्याम्पसमा कसैले मन नपराउनेकोही होला। येशूले सामरी स्त्रीलाई वास्ता गर्नुभए तपाईंले उसलाई वास्ता देखाउन सक्नुहुन्छ।
बातचितको क्रममा येशूले एउटा कुरा गर्नुभयो जसले त्यस स्त्रीलाई एकदम जिज्ञासु बनायो। प्रथमत: उहाँ (पानी माग्ने)ले पो उनलाई ___________को पानी दिन सक्ने कुरा गर्नुभयो (यूहन्ना ४:१०)। येशू वास्तवमाले हुनुहुन्छ भनी उनले चिन्न खाँचो थियो। साथै परमेश्वरले उनलाई एउटा दान दिन चाहनुहुन्छ भनी जान्न आवश्यक थियो (यूहन्ना ४:१०)। निश्चय उनी अलमल्ल परीन् (उहाँले नै मसँग पानी माग्ने र अहिले आएर उहाँसँगै मलाई दिने पानी छ भनेर भन्ने?)। येशूसित पानी कसरी हुनसक्थ्यो होला अथवा उहाँले कहाँबाट यो पानी ल्याउन सक्नुहुन्थ्यो होला, उनले बुझ्नै सकिनन् (यूहन्ना ४:११)।
तब उनले सोधिन्, के तपाईं हाम्रा पुर्खा ____________भन्दा ठूलो हुनुहुन्छ? (यूहन्ना ४:१२)। उनलाई यो इनार प्रख्यात इनार हो भन्ने थाहा थियो किनभने सयौं वर्ष पहिले याकूबले यही इनारबाट पिएका थिए। येशूको जवाफले उनलाई फेरि चकित पार्यो। उहाँले उनलाई याकूबको इनारभन्दा उहाँको इनार कति उत्तम छ भनेर बताउन थाल्नुभयो:
ज-जसले याकूबको इनारबाट पिउँछ उनीहरू फेरि _________________ (यूहन्ना ४:१३)। इनारको पानी (भौतिक पानी)ले एकछिनलाई तिर्खा मेटाउन सक्छ, तर फेरि एकैछिनमा त्यस व्यक्ति तिर्खाइहाल्छ। बजारमा पाइने कुनचाहिँ पेय पर्दाथ होला जसलाई पिएर फेरि तिर्खाइन्न। ________________। अन्न-पानीले क्षणिक तृप्ति दिन्छ। त्यसैले हामी निरन्तर खान्छौं, निरन्तर पिउँछौं।
येशूको इनारबाट पिउने कहिल्यै ____________________ (यूहन्ना ४:१४)। त्यस व्यक्तिसँग आफूभित्रै एउटा इनार हुनेछ जुन कहिल्यै सुक्नेछैन। यो यस्तो इनार हो जुन ______________ ____________का निम्ति उम्रिरहनेछ (यूहन्ना ४:१४)। निश्चय नै, येशू एउटा छुट्टै खालको पानीको कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले शरीरलाई चाहिने भौतिक (H20) पानीको कुरा गरिरहनुभएको थिएन, तर उहाँ आत्मालाई चाहिने (आत्मिक) पानीको कुरा गर्दैहुनुहुन्थ्यो।
जस्तो शरीर तिर्खाउँछ र पानी पिएर तिर्खा मेटाउनुपर्छ त्यस्तै नै आत्मा पनि तिर्खाउँछ जसलाई तृप्त पार्नु नै पर्छ। मानिस आफ्नो प्राणलाई मोजमज्जा, पैसा र अन्य थुप्रै चीजहरूले तृप्त पार्न खोज्छ तर यी कुनै चीजले मानिसको भित्री प्यासलाई मेटाउन सक्दैन। केवल परमेश्वरले मात्र यस तिर्खालाई मेटाउन सक्नुहुन्छ र उहाँले मात्र यसलाई सदाको लागि तृप्त पार्न सक्नुहुन्छ।
येशूले दिनुहुने पानी कसरी पिउने? कहिल्यै नतिर्खाउन एक व्यक्तिले के काम गर्नैपर्छ (यूहन्ना ६:३५)? ______________________________________________________________।
के सामरी स्त्रीले येशूसित भएको पानीको तृष्णा गरीन् (यूहन्ना ४:१५)? ____________। त्यसरी नै मानिसहरूले आफ्नो आत्मिक खाँचो महसुस गर्दै उक्त खाँचो पूरा गर्ने “पानी”येशूसित छ भनी बुझ्न आवश्यक छ। त्यहाँ एक महान् मुक्तिदाता हुनुहुन्छ जसले अचम्मको मुक्तिको प्रबन्ध गर्नुभएको छ जुन मुक्ति मानिसलाई नभई हुँदैन।
सामरी स्त्री अझसम्म येशूले दिन चाहनुभएको जीवित पानीबाट पिउन तयार भएकी थिइनन्, किनभने उनले पूर्णरुपमा आफ्नो खाँचो महसुस गरेकी थिईनन्। उनी एउटी धर्मी स्त्री थिइन् कि पापीनी (यूहन्ना ४:१६-१९)? ____________। के येशू उनका सारा कुरा जान्नुहुन्थ्यो? ______________। येशूले यस स्त्रीको पापको कुरा बिस्तारै निकाल्नुभयो र उनलाई उनका पापहरूको सम्झना गराइदिनुभयो (यूहन्ना ४:१६-१९)। उनी पटक पटक पोइलो गएकी थिइन् र उनी अहिले बिवाह नै नगरी एउटा मानिससँग बसिरहेकी थिइन् (यूहन्ना ४:१८)।
जस्तो मानिसलाई जिउन र शरीर तन्दुरुस्त राख्न पानीको आवश्यकता छ त्यस्तै मानिसलाई परमेश्वरको र उहाँको अनन्त जीवनको दानको आवश्यकता छ जसले गर्दा तिनीहरूसँग आत्मिक जीवन हुनेछ र साथै तिनीहरूको भित्री खाँचो पनि पूरा हुनेछ (यूहन्ना ४:१०-११)। प्रभु येशू ख्रीष्ट पापी मानिसलाई बचाउन आउनुभयो (१ तिमोथी १:१५ र यूहन्ना ३:१६ पढ्नुहोस्)। एक व्यक्ति बचाइनु अगाडि उसले सर्वप्रथम यो बुझ्नैपर्छ, पापले मानिसलाई जीवित परमेश्वरदेखि अलग पार्छ। त्यसपछि उसले आफ्नो पापको समस्या समाधान गर्न नै येशू ख्रीष्ट क्रूसमा मर्नु भएको हो भन्ने कुरा महसुस गर्नैपर्छ (२कोरिन्थी ५:२१, १ पत्रुस ३:१८)। यस सामरी स्त्रीले आफूलाई मुक्तिदाताको खाँचो छ भनी देख्न नितान्त आवश्यक थियो। जस्तो येशूले त्यस स्त्रीलाई देखाउनुभयो त्यसरी नै हामीले मानिसहरूलाई उनीहरूको खाँचो पूरा गर्ने परमेश्वरको अचम्मको प्रबन्धलाई देखाइदिनु आवश्यक छ। परमेश्वर महान् मुक्तिदाता हुनुहुन्छ साथै पापीहरूलाई दिनालाई परमेश्वरसित एउटा ठूलो बरदान छ। मानिसहरूलाई परमेश्वरको अचम्मको निमन्त्रणा यस प्रकार छः “आओ र पिओ!”(दाँज्नुहोस्, प्रकाश २२:२७, यूहन्ना ६:३५, यशैया ५५:१)।
त्यसपछि त्यस सामरी स्त्रीले कुरालाई अन्तै मोडिन् र उपासना सम्बन्धी कुरा गर्न लागिन् (यूहन्ना ४:२०)। येशूले उनलाई उपासनाको बारेमा एउटा छोटो तर महत्वपूर्ण पाठ सिकाउनुभयो (यूहन्ना ४:२१-२४)। मानिसले कुन ठाउँमा उपासना गर्छ त्यो महत्वपूर्ण हुँदैन बरु उसले कसलाई र कसरी उपासना गर्छ त्यो महत्वपूर्ण हुन्छ। परमेश्वर मानिसहरूले उहाँलाई कसरी उपासना गरेको चाहनुहुन्छ (यूहन्ना ४:२४)? ________________________________________।
एक दिन मसीह (प्रतिज्ञा गरिएका मुक्तिदाता तथा राजा) संसारमा आउनेछन् भनी सामरीहरूले पनि प्रतिक्षा गर्दैथिए (यूहन्ना ४:२५)। आफ्नो बारेमा कुनचाहिँ अचम्मको सत्यता येशूले यस स्त्रीलाई प्रकट गरिदिनुभयो (यूहन्ना ४:२५-२६)? ________________________________________________________________।
अन्तमा चेलाहरू साथमा खाना लिएर शहरबाट र्फर्के। येशू एउटी सामरी स्त्रीसँग बोल्दै गर्नुभएको देखेर के तिनीहरूले आश्चर्य माने (यूहन्ना ४:२७)? ____________। सामरी स्त्री त्यहाँबाट गइन् अनि चेलाहेरु येशूकहाँ आएर भने “हे रब्बी _______________”(यूहन्ना ४:३१)।
येशू भोकाउनुभएको छ भनी चेलाहरू जान्दथे र तिनीहरूले उहाँलाई खाना खान आग्रह गरे। येशूले यसै अवसरमा आफ्ना चेलाहरूलाई केही शिक्षा दिन थाल्नुभयो। तिनीहरूको दिमागमा एउटै कुरो थियो--खानेकुरा। तिनीहरू भोकाएका थिए, तिनीहरू खान चाहन्थे। खानेकुराभन्दा एउटा कुरा महत्वपूर्ण छ भनी येशू तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। खाना महत्वपूर्ण छ र मानिस खानेकुराबिना बाँच्न सक्दैन तर खानेकुराभन्दा महत्वपूर्ण एउटा कुरा त्यहाँ छ। येशूले तिनीहरूलाई यूहन्ना ४:३२ मा के भन्नुभयो हेर्नुहोस्। यस कुराले चेलाहरूलाई ताजुब पार्यो। येशूले सामरी स्त्रीलाई पनि ताजुब पार्नुभएको थियो। अब उहाँले आफ्ना चेलाहरूलाई पनि ताजुब पार्नुभयो। येशूसित कसरी खाना हुनसक्थ्यो र? कसैले उहाँका निम्ति ________________ केही ल्याइदिएको थियो कि? (यूहन्ना ४:३३ हेर्नुहोस्)।
तिनीहरूले सोचिरहेको जस्तो खानेकुराको बारेमा येशूले कुरा गरिरहनुभएको थिएन। तिनीहरूले पेटलाई चाहिने खानाको विचार गर्दैथिए। तर येशूले अझ महत्वपूर्ण र विशेष प्रकारको खाना (भोजन)ले बारेमा कुरा गर्दैहुनुहुन्थ्यो। येशूले कस्तो खालको भोजनको कुरा गर्दै हुनुहुन्थ्यो? उहाँ सबभन्दा बढी केका निम्ति भोकाउनु भएको थियो (यूहन्ना ४:३४)? _________________________________________________________।
आफ्ना चेलाहरूले शारीरिक खाँचोहरू भन्दा पर अर्थात् आत्मिक खाँचोहरूलाई देख्न सकून् भन्ने मनसाय येशूको थियो (हेर्नुहोस्, यूहन्ना ४:३५-३८)। मानिसका शारीरिक खाँचाहरू छन्। चाहिनेजति अन्न र पानी अनि कपडा भएन भने मानिस बाँच्न सक्दैन। तर मानिसका आत्मिक खाँचाहरू अझ बढी महत्वपूर्ण छन्।
खान नपाएर भोकभोकै चिच्याइरहेका बच्चाहरूको तस्वीर सायद देख्नुभएको छ होला। के तिनीहरूलाई शारीरिक कुराहरूको खाँचो छ? ________। मानिलिनुस् कसैले यी भोकमरी लागेका बच्चाहरूका लागि वर्षौंसम्म पुग्ने उनीहरूको पेट भर्ने प्रशस्त खानेकुराहरू ल्याउँछ, तर तिनीहरूलाई कहिल्यै येशू ख्रीष्टको बारेमा बताउँदैन र तिनीहरूलाई मुक्तिको खाँचो छ भन्ने कुरा पनि कहिल्यै बताउँदैन। के यी केटाकेटीहरू एकदिन मर्नेछैनन्? ________________। मुक्ति पाएनन् भने के तिनीहरू सदाका लागि अग्निकुण्डमा पर्नेछैनन्? (प्रकाश २०:१५, २१:८)? ________________। खानेकुरा महत्वपूर्ण छ तर त्योभन्दा पनि एउटा कुरा महत्वपूर्ण छ भनेर के तपाईंले बुझ्नुभयो? कुनचाहिँ बढी महत्वपूर्ण छ, शरीर कि आत्मा (मत्ती १०:२८)? ____________।
चेलाहरूले आफ्ना आँखाहरू उठाएर हेरून् (यूहन्ना ४:३५) र आफू वरिपरिका आत्मिक खाँचोहरू देख्न सकून् भनी येशू चाहनुहुन्थ्यो। हामीले पनि त्यसो गर्न सिक्नुपर्छ। के तपाईं वास्तविक आत्मिक खाँचोमा परेका मानिसहरूलाई चिन्नुहुन्छ जसलाई मुक्तिको खाँचो छ?
कसैलाई यस्तो विचार आउला, केवल एउटै व्यक्तिलाई आत्मिक कुराहरू बताउन महत्वपूर्ण होला र? बरु २०, ५० वा १०० जनालाई बताउन महत्वपूर्ण होला तर जाबो एकजनासँग किन कुरा गर्ने?यसको उत्तर यूहन्ना ४:३९ मा पाइन्छ। येशूले एउटी स्त्रीसँग कुरा गर्न समय दिनुभएको हुनाले, हेर्नुहोस् त्यहाँ के भयो। त्यस शहरका धेरै सामरीहरूले उहाँमाथि ______________ गरे (यूहन्ना ४:३९)। उहाँले त्यस एक व्यक्तिसँग बिताउनुभएको समयले फाइदा दियो। यसैको फलस्वरुप धेरै सामरीहरू उहाँकहाँ आए अनि उहाँ ________ दिनसम्म तिनीहरूसँग समय बिताउन पाउनुभयो (यूहन्ना ४:४०)। अनि अझै धेरैले ______________ गरे (यूहन्ना ४:४१)। यसरी हामी साना-साना कुरा (जस्तै, केवल एकैजनालाई समय दिने काम) मा विश्वासयोग्य हुन्छौं भने परमेश्वरले तिनलाई आशिष दिनुभई ठूला-ठूला परिणाम ल्याउन सक्नुहुन्छ।
सामरीहरूले येशू ख्रीष्टले हुनुहुँदो रहेछ भनेर जाने (यूहन्ना ४:४२)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्
(क) उहाँ सामरीहरूका होइन, यहूदीहरूका मात्रै मुक्तिदाता हुनुहुन्छ।
(ख) उहाँ कसै-कसैका मात्र मुक्तिदाता हुनुहुन्छ।
(ग) उहाँ सारा संसारका मुक्तिदाता हुनुहुन्छ।
(घ) उहाँ अरु कसैका होइन, चेलाहरूका मात्र मुक्तिदाता हुनुहुन्छ।
येशूले पहिलो आश्चर्यकर्म गालीलको कानामा गर्नुभएको थियो, जहाँ उहाँले पानीलाई दाखरसमा परिणत गर्नुभएको थियो (यूहन्ना २:१,९)। उहाँको दोश्रो गालीली आश्चर्यकर्म पनि त्यही शहरमा नै भएको थियो (यूहन्ना ४:४६ अनि ५४लाई दाँज्नुहोस्)।
त्यहाँ कुनै एक राजकर्मचारी थिए जसका छोरा बिरामी थिए। यस चिन्तित बुबालाई लाग्यो, येशूले गुहार गर्न सक्नुहुन्छ (यूहन्ना ४:४६)। यो केटो कत्तिको बिरामी थियो (यूहन्ना ४:४७)? _________________________________________। उसलाई के भएको थियो (यूहन्ना ४:५२)? _____________________________________________।
राजकर्मचारीले येशूलाई कुन दुइटा काम गरिदिनुहुन बिन्ति गरे (यूहन्ना ४:४७)? १._____________________________________ २.____________________________________। यस मानिसले दृष्टिको आधारमा मात्रै विश्वास गरेको येशूले चाहनुभएन (यूहन्ना ४:४८)। उसले अन्य कुनै थोकबिना परमेश्वरको वचनमाथि मात्रै विश्वास गरेको चाहनुभयो। येशूले एक शब्द बोल्नुभयो जुनचाहिँ त्यो मानिसले विश्वास गर्नुपर्थ्यो। येशूले भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्छ”(यूहन्ना ४:५०)। के “तल आइदिनुहोस्”भनी राजकर्मचारीले उहाँलाई आग्रह गरेअनुसार नै येशू तिनीसँग तल जानुभयो (यूहन्ना ४:४९-५२)? ____________________। सायद उनको छोरोलाई निको पार्न येशू स्वयं उपस्थित हुनुपर्छ भन्ने राजकर्मचारीको सोचाइ थियो। तर जब येशूले “तिम्रो छोरा बाँच्छ”भनी राजकर्मचारीलाई भन्नुभयो, तब येशूले तिनलाई भन्नुभएको वचन त्यस मानिसले ______________ गर्यो (यूहन्ना ४:५०)। के येशूले उनलाई उनका आँखाले देखून् भनेर कुनै “चिन्ह” वा “चमत्कार” देखाउनुभयो? ________________________। उसलाई येशूले केवल आफ्नो वचन दिनुभयो र त्यसैमा उनले विश्वास गरे। के येशूले भन्नुभए जस्तै उहाँको वचन पूरा भयो (यूहन्ना ४:५०लाई ४:५१ सित तुलना गर्नुहोस्)? __________। केटो कतिखेर निको भयो (यूहन्ना ४:५२,५३)? __________________________________।
यस आश्चर्यकर्मले ख्रीष्टको सामर्थ्यलाई प्रस्टै देखाउँदछः (१) उहाँले आफूदेखि धेरै टाढाको मर्नै लागेको एक बिरामी केटोलाई चट्टै निको पार्न सक्नुभयो! (२) उहाँले यस केटोलाई केवल आफ्नो वचनको सामर्थ्यद्वारा निको पार्न सक्नुभयो। हामीलाई भजनसंग्रह ३३:९ले सम्झना आउँछ “किनकि उहाँका मुखको वचनले सारा सृष्टि ____________, उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर __________।”परमेश्वर, हामीले देखेर विश्वास गरेको चाहनुहुन्न तर उहाँको वचनको कारण विश्वास गरेको चाहनुहुन्छ।
यूहन्ना पाँचौं अध्यायको पहिलो खण्डले अर्को ठूलो चंगाइको आर्श्चर्यकर्मलाई प्रस्तुत गर्छ। उक्त आश्चर्यकर्म कुन शहरमा गरिएको थियो (यूहन्ना ५:१-२)? ________________। त्यस शहरमा एउटा दह थियो जहाँ थरिथरिका रोगीहरू भीड लाग्थे।कोही अन्धा हुन्थे,कोही लाटा अनिकोही पक्षघाती (हात-खुट्टा नचल्ने) (यूहन्ना ५:३)। तिनीहरू दहको पानीले आफूहरू निको हौंला भनी आश गरिरहन्थे (यूहन्ना ५:४)।
येशूले निको पार्नुभएको मान्छेको बयान यूहन्ना ५:५ मा उल्लेख छ। यी मानिस कति समय अगाडिदेखि रोगी थिए (यूहन्ना ५:५)? ________________________________________।
येशूले उनलाई शुरुमै सोध्नुभएको प्रश्न के थियो (यूहन्ना ५:६)? ________________________________________________। उनी निको हुन चाहन्थे तर निको हौंला भनी उनले कमै आशा राखेका थिए (यूहन्ना ५:७ मा हेर्नुहोस्)। पानी छचल्किएपछि दहभित्र पस्ने पहिलो व्यक्ति मात्रै निको हुन्छ भनी ती रोगीहरू विश्वास गर्थे (यूहन्ना ५:४,७)। अनि कसैको मद्दतबिना दहभित्र पहिले पसूँला भन्ने आशा यस रोगीलाई थिएन। अझ येशूले उनलाई तुरुन्तै निको पार्न सक्नुहुन्छ भन्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन (त्यसमा पनि दहको पानी प्रयोग नगरिकनै!)
फेरि येशूले केवल वचन बोल्नुभयो “उठ, आफ्नो ओछयान उठाऊ र ________” (यूहन्ना ५:८)। के यस मानिस निको हुन ५ मिनेट, ५ घण्टा वा ५ दिन लाग्यो (यूहन्ना ५:९)? ____________। त्यो मानिस तु__________ निको भइहाल्यो, येशूले भन्नुभए जस्तै (यूहन्ना ५:९)।
यो अचम्मको आश्चर्यकर्म कुन दिनमा गरिएको थियो (यूहन्ना ५:९-१०)? _______________। विश्रामदिन हप्ताको सातौं दिन अर्थात् शनिवार थियो जुन दिनमा यहूदीहरूले कुनै पनि काम गर्नुहुँदैनथ्यो। येशूले गर्नुभएको यस्तो गजबको आश्चर्यकर्म देखेर यहूदीहरूले के सोचे? के तिनीहरूले त्यो अशक्त र कमजोर मान्छे छिनभरमै निको भएकोमा खुशी भए? ३८ बर्षदेखि पस्रिरहेको एउटा मान्छे स्वस्थ मानिसझैं अब हिँड्न सकेको देखेर के तिनीहरूले परमेश्वरलाई धन्यवाद चढाए? तिनीहरू खुशी थिए कि दुःखित थिए कि क्रोधित थिए (यूहन्ना ५:१६)? ____________। के तिनीहरू उहाँले गर्नुभएको महान् कार्यका निम्ति येशूप्रति आभारी भए (यूहन्ना ५:१६)? ________________। तिनीहरू त्यस अशक्त मानिससँग ज्यादै रिसाए किनभने उनले विश्रामदिनमा आफ्नो ओछयान उठाएका थिए अनि तिनीहरू येशूसँग पनि क्रुद्ध भए किनभने उहाँले पनि विश्रामदिनमा उनलाई निको पार्नुभएको थियो (यूहन्ना ५:१६)। अझ येशूले यस्तो कुरा गर्नुभयो जसले तिनीहरूलाई झन् क्रोधित तुल्यायो: “मेरा ________ अहिलेसम्म काम गर्नुहुन्छ, र म ________ ____________”(यूहन्ना ५:१७)। यहाँ उहाँले परमेश्वर उहाँका ________ हुनुहुन्छ अनि त्यसैकारण उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर यहूदीहरूलाई बताउनुभयो। यसैकारण यहूदीहरू उहाँलाई मार्न चाहे (यूहन्ना ५:१८)। एउटा मान्छे भएर परमेश्वरलाई आफ्नो पिता भन्नु ईश्वर-निन्दा गर्नु हो भनी तिनीहरूले सोचे।
आज कसैले भन्ला, “येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा म विश्वास गर्छु। तर येशू परमेश्वर स्वयं हुनुहुन्छ भनी म विश्वास गर्दिन। उहाँ परमेश्वर होइन, परमेश्वरको पुत्र मात्रै हुनुहुन्छ।” यस्तो भन्ने व्यक्तिले आफू परमेश्वरका पुत्र हूँ भनी येशूले भन्नुभएको कुराको तात्पर्य नबुझेको ठहरिन्छ। त्यसबेलाको समयमा, कसैले “परमेश्वर मेरा पिता हुनुहुन्छ”भनी दावी गर्नुचाहिँ उसले “आफूलाई परमेश्वरसँग ____________”तुल्याउनु (यूहन्ना ५:१८) थियो। येशूले आफू परमेश्वरको पुत्र हुनुभएको दावी गर्नुको मतलब उहाँले यसो भन्दै हुनुहुन्थ्यो, “म र परमेश्वर बराबर हुँ। म र मेरा पिता ________ हौं”(यूहन्ना १०:३०)। यसै कुराका कारण यहूदीहरूले उहाँलाई मार्न खोजे। आफ्नो अविश्वास र कठोरताका कारण तिनीहरूले उहाँलाई मार्न चाहे। उहाँका “अपराधहरू” के-के थिए? (१) उहाँले एउटा मानिसलाई विश्रामदिनमा निको पार्नुभएको थियो (२) उहाँले परमेश्वर मेरा पिता हुनुहुन्छ भनी भन्नुभएको थियो (यूहन्ना ५:१८)।
यूहन्ना ५:१९-३० मा येशूले आफ्नो बारेमा र पितासँगको उहाँको सम्बन्धको बारेमा बताउनुभएको छ। यी पदहरूमा “पुत्र” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। “पिता” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। यी पदहरूमा हामी परमेश्वरका अद्वितीय पुत्रका सम्बन्धमा थुप्रै घतलाग्दा कुराहरू सिक्छौं:
पुत्र नै त्यो व्यक्ति हुनुहुन्छ जससँग जीवन दिने अधिकार छ। यूहन्ना ५:२४ बाट हामी थाहा पाउँछौं,उहाँले विश्वास गर्नेहरूलाई अनन्त जीवन दिनुहन्छ। यूहन्ना ५:२४ अनुसार विश्वास गर्ने प्रत्येकको सम्बन्धमा निम्न तीन कुराहरू सत्य हुन्छन्:
(क) ऊसँग अनन्त ____________ छ।
(ख) ऊ न्यायमा पर्नेछैन।
(ग) ऊ __________बाट ____________ मा सरिसकेको हुन्छ।
यदि तपाईंले यूहन्ना ५:२४ले पहिलो भागमा उल्लेखित शर्तलाई पूरा गर्नुभएको छ भने, उपर्युक्त तीन कुराहरू तपाईंका निम्ति सत्य हुन्!
पिताले “सबै ____________ ________लाई सुम्पनुभएको छ”(यूहन्ना ५:२२)। सबैजना एक दिन येशू ख्रीष्टको सिंहासनका सामु उभिनै पर्नेछ। येशू नै सिद्ध न्यायाधीश र सिद्ध मानिस हुनुहुन्छ। “उनी ____________का पुत्र हुन्” (यूहन्ना ५:२७)। कसैले यसो भन्ला, “मान्छे भएर हामीले कस्ता-कस्ता दु:ख-सुख भोग्नुपर्छ, न्यायाधीश येशूलाई के थाहा?”तर कसैले त्यसो भन्न सक्नेछैन किनकि न्यायाधीशचाहिँ मानिसका पुत्रहुनुहन्छ। उहाँ हामीजस्तै साँच्चीकै मानिस बन्नुभयो। न्यायाधीश बन्न उहाँजस्तो योग्य अरु छैन!
पिता र पुत्र दुवैलाई आदर गरिनुपर्छ। यदि कसैले “म परमेश्वर पितामा विश्वास गर्छु तर येशूलाई विश्वास गर्दिन”भन्छ भने के यस मानिसले पुत्रलाई आदर गर्दैछ त? ________। “जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पि____________ ________ ____________ ____________”(यूहन्ना ५:२३)। जसले येशूलाई घृणा गर्छन् तिनीहरूले वास्तवमा पितालाई पनि घृणा गर्छन्। परमेश्वर (पिता) प्रतिको कसैको धारणा बुझ्नलाई येशू ख्रीष्टप्रतिको उनको धारणा बुझे हुन्छ!
मानौं तपाईं चिहाननेर गई ठूलो स्वरले चिच्याउनुभयो, “हे सबै मरेका मानिसहरू हो, ध्यान दिएर सुन! म तिमीहरूलाई चिहानबाट बाहिर निस्केर आउन आज्ञा गर्दछु!” त्यसो गर्दा त्यहाँ केही होला त? चिहानदेखि मानिसहरूलाई बाहिर निकाल्न हामी अर्समर्थ छौं!
तर जब चिहानभित्रकाहरूले येशूको आवाजलाई सुन्नेछन्, बाइबलले बताउँछ तिनीहरू “बौरिउठाइका निम्ति __________आउनेछन्” (यूहन्ना ५:२९)। येशू यहाँ दुइटा बौरिउठाइको कुरा गर्दै हुनुहुन्छः (१) ____________को बौरिउठाइ (मुक्ति पाएकाहरूका निम्ति) (२) __________को बौरिउठाइ (मुक्ति नपाएकाहरूका निम्ति)।
हामी व्यवस्था १९:१५ मा यस्तोलेखिएको पाउँछौं, “दुई वा तीन ________को बयानद्वारा मात्र अभियोग (सत्य-तथ्य) कायम गर्न सकिन्छ।”के येशू ख्रीष्ट पक्कै परमेश्वरका पुत्र हुनुहुन्छ? के पक्कै नै उहाँ प्रतिज्ञा गरिएका मसीह अर्थात् यहूदीहरूका राजा हुनुहुन्थ्यो? आफूले हूँ भन्ने उहाँको सम्पूर्ण दावी के सत्य थियो? येशूले भन्नुभएका कुराहरूलाई सत्य सावित गर्ने उहाँका धेरै गवाहीहरू छन्। यी गवाहीहरूका बारेमा हामी ५:३१-४७ मा हेरौं:
अगाडि नै हामीले अध्ययन गरिसक्यौं, बप्तिस्मा दिने यूहन्नाले प्रस्टैसँग येशू ख्रीष्टको सम्बन्धमा गवाही दिए। बप्तिस्मा दिने यूहन्ना प्रभुको निम्ति एक जल्दो-बल्दो (यूहन्ना ५:३५) र विश्वासयोग्य साक्षी थिए (यूहन्ना ५:३३)।
पानीलाई दाखरसमा परिवर्तन गर्ने कार्य, राजकर्मचारीको छोराको छक्कलाग्दो चंगाइ, अशक्त मानिसको चंगाइ--यी सब आश्चर्यकर्महरूले येशू ख्रीष्ट परमेश्वरका पुत्र नै हुनुहुन्छ भनी देखाउँदछन्।
“अनि मलाई पठाउनुहुने ________ आफैले मेरो विषयमा ____________ दिनुभएको छ”(यूहन्ना ५:३७)। परमेश्वर पिता अर्को साक्षी हुनुहुन्थ्यो जसले येशू ख्रीष्टलाई सत्य सावित गर्नुभयो। तर के यहूदीहरूले पिताले पठाउनुभएको येशूलाई विश्वास गरे (यूहन्ना ५:५८)? ________________। परमेश्वरले आफ्ना प्रिय पुत्रलाई संसारमा पठाउनुभयो, तर प्रायःजसोले उहाँलाई इन्कार गरे। “उहाँलाई ग्रहण गरेनन्”(यूहन्ना १:११)।
येशूले यी यहूदीहरूलाई “____________________________मा खोजी गर”(यूहन्ना ५:३९) भन्नुभयो किनभने पवित्रशास्त्रहरू अर्को गवाही हुन् जसले प्रस्टैसँग ख्रीष्टलाई देखाउँछन्। यहूदीहरूसँग पुरानो नियम (३९ पुस्तकहरू) का पवित्रशास्त्रहरू थिए। ती पुस्तकहरूमा परमेश्वरले मसीह पठाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। पुरानो नियमका पुस्तकहरूले सफासँग ख्रीष्टलाई देखाइरहेका थिए तरैपनि उहाँ यस संसारमा आउनुहुँदा यहूदीहरूले उहाँलाई इन्कार गरेः “अनि तिमीहरू ________ पाउनालाई मकहाँ ____________ छैनौ” (यूहन्ना ५:४०)। ख्रीष्ट उनीहरूलाई जीवन दिन खोजिरहनुभएको थियो तर तिनीहरू भने उहाँकहाँ आउन मन गरिरहेका थिएनन्। “म मेरा पिताको नाममा आएको छु, अनि तिमीहरू मलाई ____________ ______________” (यूहन्ना ५:४३)।
यहूदीहरू कुनै मानिसलाई मोशालाई भन्दा ठूला ठान्दैनथे। उनी महान् व्यवस्था-दाता थिए अनि उनले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याएका थिए। मोशा पनि अर्का गवाही हुन् जसले ख्रीष्टलाई देखाए किनभने मोशाले “________ विषयमालेखे”(यूहन्ना ५:४६)। उदाहरणका लागि, मोशाले व्यवस्था १८:१५-१९ मा एकजना आउनेवाला महान् भविष्यवक्ताको बारेमालेखेका छन्। यी भविष्यवक्ता येशू ख्रीष्ट बाहेक अरुले हुन सक्छ र?
यसैकारण तिनीहरू ज-जसले येशू ख्रीष्टलाई इन्कार गछर्न् तिनीहरू ...
तपाईंचाहिँ के गर्नुहुन्छ? येशू ख्रीष्ट जीवनको पानी हुनुहुन्छ। उहाँ तपाईंलाई जीवन दिन चाहनुहुन्छ। तपाईंले कहिल्यै तिर्खाउन नपरोस् भनेर उहाँ तपाईंलाई सदाका लागि तृप्त पार्न चाहनुहुन्छ। के तपाईं उहाँकहाँ आउनुभयो? कि तपाईं उहाँकहाँ आउनलाई इन्कार गर्दैहुनुहुन्छ (यूहन्ना ५:४० मा हेर्नुहोस्)?
|
पालुङ चर्च |