यस अध्ययन मालामा हामी "प्रबन्धहरू" (DISPENSATIONS) को अध्ययन गर्नेछौं। बाइबलीय अर्थमा यस शब्दको अर्थ के हो सो बुझ्नलाई हामी शुरूमा समय लिनेछौं। तर यस शब्दलाई हेर्नु अगाडि त्यहाँ अर्को कुरा छ जसलाई हामीले पहिला बुझ्न खाँचो छ।
परमेश्वर कहिल्यै परिवर्तित हुनुहुन्न। उहाँ सधैं एकसमान हुनुहुन्छ। मलाकी ३:६ मा स्वयं परमेश्वरले उच्चारण गर्नुभएको यो महत्वपूर्ण वाक्य पढ्छौं, "म _____________ ______________ _____________ ____________। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।" परमेश्वर, परमेश्वर हुन छाड्नुहुन्न भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। परमेश्वर जे हुनुहुन्छ सो हुन छाडेर एक्कासी बदलिनुहोला भनी हामीले कहिल्यै फिक्री गर्नु पर्दैन।
तर इतिहासको क्रम (बेग्ला-बेग्लै समयहरू) मा बेग्ला-बेग्लै मानिसहरूसित बेग्ला-बेग्लै तरिकाले परमेश्वरले व्यवहार गर्नुभएको पाइन्छ। प्रेरित पावल र अब्राहामको विचार गरौं। परमेश्वरले दुवैलाई कृपा गर्नुभयो, मुक्ति दिनुभयो र दुवै अनन्तसम्मै परमेश्वरसित हुनेछन्, तर परमेश्वरले दुवैसित एउटै तरिकाले काम गर्नुभएन। तिनीहरू इतिहासको बेग्लैबेग्लै समयमा बाँचे, परमेश्वरको सामु तिनीहरूका बेग्ला-बेग्लै जिम्मेवारी थिए। त्यस्तै नूह र सोलोमनसित परमेश्वरको व्यवहारलाई पनि दाँज्न सक्छौं। उनीहरूको जीवनमा परमेश्वरले बेग्ला-बेग्लै तरिकाले काम गर्नुभयो, उनीहरूलाई बेग्ला-बेग्लै जिम्मेवारी दिइयो। नूहले जहाज बनानुपर्थ्यो, सोलोमनले मन्दिर।
मानव इतिहासको हजारौं वर्षको अवधिभित्र परमेश्वरले आफ्नो सत्यतालाई मानिसकहाँ प्रकट गर्दै आउनुभएको छ। हामीले यो बुझ्न आवश्यक छ, परमेश्वरले आफ्नो सत्यता मानिसहरूलाई क्रमिकरूपमा प्रकट गर्नुहुन्छ, एकैपटकमा होइन। परमेश्वरले आदमलाई केही कुरा प्रकट गर्नुभयो तर त्यहाँ कयौं कुराहरू छन् जो परमेश्वरले उनलाई प्रकट गर्नुभएन। परमेश्वरले पछि अब्राहामलाई थप प्रकाश दिनुभयो। इतिहासमा अझ पछि मोशालाई अनि दाऊदलाई अझै प्रकाश दिनुभयो। येशू संसारमा हिँडडुल गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कति कुरा प्रकट गर्नुभयो जुन कुराहरू पुरानो नियमका विश्वासी जनलाई प्रकट कहिल्यै प्रकट गरिएका थिएन:
किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै _____________ र ________ जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, तिनलाई देख्ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, तिनलाई _________ इच्छा गरे, तर _____________" (मत्ती १३:१७)।
तर ती चेलाहरूलाई पनि सबै सत्यता बताइएको थिएन। येशूले तिनीहरूलाई बताउनुभएन किनकि ती कुराहरू सुन्नका लागि तिनीहरू तयार थिएनन्:
तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै __________ छन्, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ" (यूहन्ना १६:१२)।
ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि, परमेश्वरले पावल प्रेरितलाई अरु प्रकाश दिनुभयो (गलाती १:११-१२; एफेसी ३:३-५)। अन्तमा, पावल र अन्य प्रेरितहरू सबै मरिसकेपछि, परमेश्वरले प्रेरित यूहन्नालाई थप प्रकाश दिनुभयो जसले प्रकाशको पुस्तक लेखे (प्रकाश १:१-३,९-१२ आदि)।
व्यक्ति-व्यक्तिसित व्यवहार गर्दा परमेश्वरले यस्तै तरिका अपनाउनुहुन्छ। के मुक्ति पाउनेबित्तिकै परमेश्वरले तपाईंलाई तपाईंले जान्नुपर्ने सम्पूर्ण कुराहरू सिकाउनुभयो? _____________। परमेश्वरले विश्वासी जनहरूलाई आफ्नो सत्यता एकैपटकमा सबै नै सिकाउनुहुन्छ कि क्रमिकरूपमा? ________________। परमेश्वरले "शिशु" ख्रीष्टियनलाई "दूध", अलिक पाकोलाई "मासु" दिनुहुन्छ (१ पत्रुस २:२; १ कोरिन्थी ३:१-२)। परमेश्वरले आफ्ना गहन सत्यताहरू हामीलाई शुरूमा नै सबै दिनुभएको भए हामीले "पचाउन" सक्नेथिएनौं! भर्खरै जन्मेको बच्चालाई मासु-भात खुवाउन खोजे जस्तै हुनेथ्यो! एक कक्षाको बालक अलजेब्रा सिक्न तयार हुँदैन। अलजेब्रा र ज्यामितिको समय पछि आउँछ, तर पहिला त उसले जोड-घटाउ गर्न नै सिक्नुपर्छ!
परमेश्वरले आफूलाई "बाइबल" भन्ने पुस्तकमा प्रकट गर्नुभएको छ। के तपाईंलाई थाहा छ, बाइबल एकैपटक आएको होइन? के तपाईंलाई थाहा छ, नूहसित बाइबलै थिएन? के तपाईंलाई थाहा छ, मण्डलीको शुरूआत (पेन्टेकोस्टको दिनमा, प्रेरित अध्याय २) हुँदा विश्वासी जनहरूसित नयाँ नियमको एउटै पुस्तक थिएन?
परमेश्वरले शताब्दिऔं लगाएर क्रमिकरूपमा आफ्नो सत्यता प्रकट गर्दै आउनुभएको छ। उहाँले मानिसलाई बाइबल एकैखेपमा दिनुभएन। इतिहासका निम्न उल्लेखित विश्वासी जनहरूको बारेमा विचार गरौं। उनीहरूसित कुन बाइबल थियो भनेर प्रश्न गर्दा उनीहरूले कस्तो जवाफ दिन्छन्:
|
आदम: |
"मसित बाइबलै थिएन, तर म बगैंचाको शितलमा परमेश्वरसँगै हिँड्थे।" |
|
अब्राहाम: |
"मसित बाइबलै थिएन, तर बेला बखतमा परमेश्वर मकहाँ देखा पर्नुहुन्थ्यो र मसित कुरा गर्नुहुन्थ्यो" (उत्पत्ति १७:१; १८:१ इत्यादि) |
|
मोशा: |
"मेरो बाइबलमा पाँच पुस्तकहरू थिए – उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था।" |
|
दाऊद: |
"मेरो बाइबलमा मोशासित भएका पाँच पुस्तकहरू, साथै यहोशू र न्यायकर्ताका पुस्तकहरू र साथै मैले लेखेका कतिपय भजनहरू थिए।" |
|
एज्रा: |
"मेरो बाइबलमा पुरानो नियमका प्राय:जसो पुस्तकहरू थिए तरैपनि सबै थिएन।" |
|
बप्तिस्मा दिने यूहन्ना: |
"मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए तर नयाँ नियमका पुस्तहरू भने कुनै पनि थिएनन्।" |
|
यूहन्ना: |
"मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए र नयाँ नियमका सबै पुस्तकहरू थिए। मेरो मृत्यु हुन भन्दा अलिक अगाडि परमेश्वरले मलाई नयाँ नियमको अन्तिम पुस्तक लेख्न प्रयोग गर्नुभयो।" |
|
___________: (आफ्नै नाम) |
"मेरो बाइबलमा पुरानो नियम र नयाँ नियमका सबै पुस्तकहरू अर्थात् ________ ओटा पुस्तकहरू छन्!" |
तपाईंको हातमा भएको बाइबल दाऊदसित भएको बाइबलभन्दा धेरै मोटो छ!
इतिहासभरि नै परमेश्वर मानिसप्रति कृपालु र अनुग्रही व्यवहार गर्दै आउनुभएको छ र पुरुष, स्त्री, बालबालिकाहरूलाई आफूसित एक सुन्दर, व्यक्तिगत सम्बन्ध राख्न सम्भव तुल्याउनुभएको छ। शताब्दियौंदेखि परमेश्वरले मानिसलाई "__________ले __________द्वारा" (एफेसी २:८) बचाउने कार्य गर्दै आउनुभएको छ। के अब्राहमले यसरी मुक्ति पाएका हुन् (उत्पत्ति १५:६)? ________। अब्राहमले यसरी नै मुक्ति पाए (रोमी ४:३), दाऊदले पनि त्यसरी नै (रोमी ४:६) र हामीले पनि त्यसरी नै मुक्ति पाउँदछौं (रोमी ४:५)! अनन्तसम्म बचाइएका सबै (नूह, यशैया, पत्रुस आदि) ले यो भन्नेछन्, "हामी केवल परमेश्वरको अनुग्रह (परमेश्वरको दया र प्रेम जसको म योग्य छैन) ले मुक्ति पाएका हौं। धन्यवाद प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो!"
अनुग्रही परमेश्वरले इतिहासभरि पापी मानिसहरूलाई बचाउने काम गर्दैहुनुहुन्छ। तरैपनि हामीले यो याद राख्नुपर्छ कि परमेश्वरले बेग्लाबेग्लै समयमा, बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै प्रकारले व्यवहार गर्नुहुन्छ। यी भिन्नताहरूलाई हामीले ध्यानपूर्वक विचार गर्न आवश्यक छ।
विचार गर्नुहोस्: मण्डली सभामा जानुहुँदा के तपाईंले साथमा एउटा पाठो लानुहुन्छ? ________। पापको निम्ति बलि चढाउन पाठो लानुहुन्छ? _________। के पुरानो नियमका विश्वासीहरूले त्यसो गर्थे (१ शमूएल ७:९; लेवी ३:७; ४:३२)? _______। आज के विश्वासी जनहरूले पशु बलिहरू चढाउँछन्? _________। मोशा, यहोशू, दाऊद, सोलोमनले पशु बलिहरू चढाए तर हामी आज सो गर्दैनौं। यो एउटा महत्वपूर्ण भिन्नता हो।
अर्को कुराको विचार गरौं। कसैले शनिवारको दिन काम गरिरहेको देख्यौं भने हामीले के गर्छौं? के उसलाई मृत्यु दण्ड दिन्छौं? __________। शनिवार काम गर्ने व्यक्तिलाई मृत्यु दण्ड दिइनुपर्छ भन्ने त्यहाँ व्यवस्था थियो (प्रस्थान ३५:२)? _______। दाँज्नुहोस्, गन्ती १५:३२-३६ जहाँ "दाउरा बटुलेको" कारण (विश्राम दिनको व्यवस्थालाई भंग गरेको हुनाले) एकजनालाई मृत्युदण्ड दिइएको छ! आज हामी यस्तो पक्कै पनि गर्दैनौं, गर्छौं र?
आज हामी परमेश्वरको उपासना गर्न यरुशलेमको मन्दिरमा जान्छौं? ________। पुरानो नियमका यहूदीहरूलाई त्यसरी परमेश्वरको उपासना गर्न भनिएको थियो। आज बाइबलीय मण्डलीहरूमा पास्टरहरू, एल्डरहरू र डिकनहरू हुन्छन्, तर के त्यहाँ पुजाहारी भन्ने बेग्लै समूह पनि हुन्छन्? __________। पुरानो नियमको समयमा हारूनका छोराहरू पुजाहारी हुन्थे, अनि अरू कोही पनि पुजाहारी बन्न सक्दैनथे। आज प्रत्येक विश्वासी नै पुजाहारी हो (१ पत्रुस २:९; प्रकाश १:६)। यसको मतलव हामी आफै सीधै परमेश्वरकहाँ ख्रीष्टद्वारा आउनसक्छौं, कुनै मानवीय मध्यस्तविना नै। आज बाबु-आमाहरूले बालक जन्मेको खण्डमा उनीहरूको खतना गराउनुपर्दैन। पुरानो नियममा के यहूदी बाबु-आमाले खतना नगराए पनि हुन्थ्यो कि त्यो अनिर्वार्य थियो (उत्पत्ति १७:१०-१४)? _____________________।
धेरै अगाडि आदमलाई एउटा रूखको फल नखाने आज्ञा दिइएको थियो (उत्पत्ति २:१६-१७)। के आज त्यो आज्ञा जारी छ? के आज कुनै फलवृक्ष छ जसको फल नखाने आज्ञा दिइएको छ? _____। संसारमा कुनै "प्रतिबन्धित रूख" छ? ______। के परमेश्वरले आदमसित हामीसँग जस्तै व्यवहार गर्नुभयो? ________।
विचार गर्नुहोस्, के अब्राहाम प्रत्येक आइतवार विश्वासी जनहरूसित भेला हुने गर्थे? __________। के दाऊदले मानिसहरूलाई पानीमा बप्तिस्मा दिन्थे? ________। के मोशाले इस्राएलका सन्ताहरूलाई भेला गराएर कहिल्यै प्रभु भोज लिए? ________। के सोलोमनलाई "सारा जगतमा गएर सबै प्राणीलाई सुसमाचार प्रचार गर" (मर्कूस १६:१५) भन्ने आज्ञा कहिल्यै दिइयो? ___________। यी भिन्नताहरू प्रस्टै देखिने भिन्नताहरू हुन् जसलाई हामी मान्यता दिनुपर्छ। परमेश्वरले आज हामीसित माग गर्नुहुने कुराहरू ती पहिलेका मानिसहरूसित माग गर्नुभएन र परमेश्वरले ती मानिसहरूसित माग गर्नुभएका कुराहरू हामीसित माग गर्नुहुन्न। बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित परमेश्वरले बेग्लाबेग्लै किसिमले व्यवहार गर्नुहुन्छ।
अर्को भिन्नता हेरौं। मत्ती १०:५-७ पढ्नुहोस्। चेलाहरूलाई येशूले कसकहाँ गएर प्रचार गर्न आज्ञा दिनुभयो? _______________________________________। कसलाई प्रचार नगर्नू भन्नुभयो? _____________________। अब मत्ती २८:१९ र मर्कूस १६:१५ पढ्नुहोस्। येशूले आफ्ना चेलाहरूलाई कसकहाँ गएर प्रचार गर भन्नुभयो? ______________________ _____________________________________। येशूले यी चेलाहरूलाई बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै कुराहरू भन्नुभयो। बाइबल पढ्दा हामीले यी भिन्नताहरूलाई जानिराख्नुपर्छ।
बाइबल पढ्ने क्रममा हामीले शुरुमै यो सिक्न थाल्छौं, त्यहाँ केही चावी घटनाहरू घटेका थिए जसले ठूला-ठूला परिवर्तन र भिन्नताहरू ल्याए। बाइबलका केही प्रमुख घटनाहरू यी हुन्:
यी घटनाहरूले कस्ता ठूला भिन्नताहरू ल्याए त, संक्षेपमा हेरौं।
सर्वप्रथम हेरौं, मानिसको पतनलाई:

पतन अघि र पछि के कस्ता भिन्नताहरू थिए? उत्पत्ति २:२५ र उत्पत्ति ३:७ को बीचमा अन्तर छ? _______। मानिसको पतन, सबै मानिसलाई आजसम्म पनि असर पार्ने घटना हो (रोमी ५:१२)? __________।

जलप्रलय अघि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति १:२९)? __________ _______________? जलप्रलय पछि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति (९:२-३)? ____________________________________। जलप्रलय अघि के हत्याराहरूलाई मृत्युदण्ड दिइन्थ्यो (उत्पत्ति ४:१५)? ____________। जलप्रलय पछि नि (उत्पत्ति ९:६)? __________________।

बाबेलको इन्साफ अघि पृथ्वीमा कतिओटा भाषाहरू थिए (उत्पत्ति ११:१)? _________। उक्त इन्साफ पछि नि (उत्पत्ति ११:७-९)? __________। बाबेल अघि विश्वका मानिसहरू एउटै ठाउँमा थिए, बाबेल पछि उनीहरू विभिन्न जातिमा, ठाउँमा छरपुष्ट भए (जातिहरुको तालिकालाई उत्पत्ति १० मा हेर्नुहोस् जुन अध्याय घटनाक्रममा उत्पत्ति ११ पछि आउँछ)।

अब्राहाम अघि विश्वका मानिसहरू एउटै समूहका थिए जसलाई "जातिहरू" (अन्यजातिहरू) भनिन्छ। अब्राहाम पछि विश्वका मानिसहरू दुई समूहका भए, यहूदीहरू र अन्यजातिहरू। अब्राहाम अघि परमेश्वरले खतना कुनै पनि कुराको चिन्ह स्वरूप गरिनुपर्ने आज्ञा दिनुभएको थिएन तर अब्राहामको समयमा त्यो आज्ञा दिनुभयो (रोमी ४:९-१२)।

मोशा अघि त्यहाँ कुनै लिखित आज्ञाहरू थिएनन्, तर मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गरेपछि त्यहाँ लिखित आज्ञाहरू भए। मोशा अघि विश्रामदिनको पालना गरिँदैनथ्यो, तर यो नियम मोशाको समयमा स्थापना गरियो। मोशा अघि त्यहाँ खानपीन सम्बन्धी विस्तृत नियम थिएनन् (लेवी ११) तर त्यस्ता नियमहरू व्यवस्थामा समावेश थियो जसलाई परमेश्वरले मोशाद्वारा इस्राएललाई दिनुभयो।

क्रूस अघिको समयबाट क्रूस पछिको समयमा जाँदा हामी यी भिन्नताहरू पाउँछौं: विश्रामदिन बाट हप्ताको पहिलो दिन, पशु बलिबाट ख्रीष्टको सिद्ध बलिदान (हिब्रू १०:१-१४), हारूनका छोराहरू पुजाहारी हुनुबाट हरेक विश्वासी जन पुजाहारी, इत्यादी। क्रूस अघि मोशाको व्यवस्था अन्तर्गत त्यहाँ खानेकुरा सम्बन्धी नियमहरू थिए (लेवी ११ – उनीहरूले के खान हुने, के नहुने)। क्रूस पछिको भिन्नतालाई १ तिमोथी ४:३-५ मा हेर्नुहोस्। अरू कस्ता भिन्नताहरू तपाईंलाई थाहा छ?

पेन्टेकोस्ट अघि पवित्र आत्मा चेलाहरू____ हुनुहुन्थ्यो तर पेन्टेकोस्ट पछि पवित्र आत्मा चेलाहरू____ हुनुभयो (हेर्नुहोस्, यूहन्ना १४:१७)। पेन्टेकोस्ट अघि विश्वका मानिस दुई समूहमा विभाजित थिए (यहूदीहरू र अन्यजातिहरू)। पेन्टेकोस्ट पछि विश्वमा तीन समूह भए (यहूदी, अन्यजाति र परमेश्वरको मण्डली – १ कोरिन्थी १०:३२)। पेन्टेकोस्ट पछि पृथ्वीमा एउटा अद्वित्तीय रचनाको अस्तित्व रहेको छ—मण्डली जो ख्रीष्टको शरीर हो, तर पेन्टेकोस्ट अघि यो थिएन।

र्याप्चर अघि विश्वका मानिसहरू तीन समूहका हुन्छन्: य_________, अन्यजातीहरू र परमेश्वरको __________ (१ कोरिन्थी १०:३२)। र्याप्चर पछि विश्वमा केवल दुइ समूह हुन्छन् (यहूदी र अन्यजाति)। र्याप्चर अघि पवित्र आत्मा एक विशेष मन्दिरमा (१ कोरिन्थी ३:१६-१७; दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०;) मा बास गर्नुहुन्छ। र्याप्चर पछि पनि पवित्र आत्मा संसारमा सक्रिय रहनुहुन्छ, केवल उक्त मन्दिरमा बास गरिरहनुभएको हुँदैन। त्यसपछि उल्लेख भएको मन्दिर त यरूशलेममा हुनेछ (२ थेस्सलोनिकी २:४) जुन मन्दिर विश्वासी जनहरूले बनेको नभएर एक भवन नै हुनेछ।

येशूले भविष्यमा आउने एक दिनको उल्लेख गर्नुभयो जुन दिन राज्य आउनेछ (मत्ती ६:१०), तर उक्त राज्य आइसकेको छैन। हामी अहिले राज्यको युगमा बाँचिरहेका छैनौं। तर जब उक्त राज्य आउनेछ (ख्रीष्टको दोश्रो आगमनले सो ल्याउनेछ), तब संसारको रूप आजको भन्दा धेरै भिन्न हुनेछ।
उदाहरणको लागि, राज्यको युगका पशुहरूको विचार गरौं (यशैया ११:६-९)। त्यसबेलाका पशुहरू आजका पशुहरूभन्दा भिन्दै प्रकृतिका हुनेछन्? _________। आज संसारमा युद्धहरू, मानिसका बीच झगडाहरू चलिरहेका छन् (दाँज्नुहोस् मत्ती २४:६-७)। के राज्यको युगमा भिन्नता आउनेछ (मीका ४:३)? __________। आज सुसमाचार प्रचार गरिन आवश्यक छ, मानिसहरूले प्रभुलाई चिन्न सकून् भनेर उनीहरूलाई प्रभुको बारेमा बताउन खाँचो छ (मर्कूस १६:१५ इत्यादी)। राज्यको युगमा के यो आवश्यक हुनेछ (यर्मिया ३१:३४; यशैया ११:९)? _____________। यी महत्वपूर्ण भिन्नताहरूलाई हामीले जान्नुपर्छ।
*********
यो शब्द नयाँ नियममा चार पटक पाइन्छ। ती पदहरू भेट्टाउनुहोस्:
"प्रबन्ध" भनेर रुपान्तर गरिएको ग्रीक शब्द हो, ओइकोनोमिया (यसलाई अंग्रेजीको इकोनोमि (ECONOMY) सित तुलना गर्नुहोस्)। यो शब्द वास्तवमा दुईओटा शब्दहरू मिलेर बनेको छ: १. ओइकोस् अर्थात् घर २. नोमोस अर्थात् व्यवस्था वा नियम। यसैले आइकोनोमियाको अर्थ हुन्छ, "घरको व्यवस्था वा नियम"।
यही ग्रीक शब्दलाई भण्डारीपन भनेर लूका १६:२,३,४ मा रुपान्तर गरिएको छ। तसर्थ "प्रबन्ध" के भनेर बुझ्न हामीले भण्डारीपनको विषयमा केही कुरा बुझ्नुपर्छ।
भण्डारी कसलाई भनिन्छ? "घर प्रबन्धक" (household manager) लाई भण्डारी भनिन्छ। ऊ अर्काको घरबार र सम्पत्तिको देखरेख गर्ने व्यक्ति हो। ऊ अर्कोको स्वामित्वमा रहेको थोकको जिम्मा लिने व्यक्ति हो। हामीमध्ये धेरैजसोलाई भण्डारीको आवश्यकता पर्दैन, हामी आफै आफ्ना थोकको देखरेख गर्न सक्छौं। तर कसैको १० ओटा घर, ५०० बिघा जग्गा, २५ ओटा कार, ८ ओटा ट्रक, ३ ओटा पौडी खेल्ने पोखरी र एक निजी कोइला खानी समेत छ भने ऊ आफैले ती सबै कुराको देखरेख गर्न सक्दैन। यी सबै कुराको प्रबन्ध (manage) गर्न उसलाई मानिसहरूको आवश्यकता पर्छ। भण्डारी भनेको एक प्रबन्धक (MANAGER) हो जसले अर्काको स्वामित्वमा रहेको थोकहरूको निम्ति जिम्मेवारी हुन्छ।
भण्डारीमा एउटा योग्यता हुनु अपरिहार्य छ। १ कोरिन्थी ४:२ अनुसार त्यो योग्यता के हो? (क) हेर्नलाई राम्रो (ख) तिखो दिमाग (ग) सीपले सम्पन्न (घ) विश्वासयोग्य (दिइएको जिम्मा पूरा गर्ने)।
लूका १६:१-४ को भण्डारीलाई विचार गर्नुहोस्। के ऊ विश्वासयोग्य थियो? _________। उत्पत्ति ३९:१-६ मा एउटा विश्वासयोग्य भण्डारी पाउँछौं। पोतिफरका भण्डारी को थिए? __________। पोतिफरको स्वामित्वमा रहेको सबै कुरा यस व्यक्तिको _______मा (उत्पत्ति ३९:४,६) सुम्पियो। यूसुफले आफ्नो मालिकका सम्पत्तिको रेखदेख गरे। उनका मालिक (पोतिफर) आफ्ना सारा सम्पत्ति भरपर्दो व्यक्तिको हातमा छन् भनेर ढुक्क थिए।
याद गर्नुहोस्, भण्डारी घरको प्रबन्धक हो, मालिक होइन। घरका प्रबन्धक यूसुफ थिए कि पोतिफर? ___________। घरका मालिक यूसुफ थिए कि पोतिफर? _____________। त्यो घर पोतिफरको थियो, यूसुफको होइन! लूका १६:१ मा घरका मालिक को थिए?
पोतिफरले यूसुफका हातमा सबै कुरा सुम्पिदिनु उनका लागि एकातिर सौभाग्य थियो भने अर्कोतिर जिम्मेवारी पनि थियो। मानिसलाई परमेश्वरले दिनुभएको भण्डारीपनमा पनि ठीक यही कुरा साँचो हुन्छ। विश्वासी जन, जुनसुकै युगमा ऊ जिइरहेको किन नहोस्, उसको हातमा परमेश्वरद्वारा सुम्पिएको जुनसुकै कुराको निम्ति ऊ जिम्मेवार छ, त्यो उसको निम्ति सौभाग्य पनि हो। अब्राहामको हातमा परमेश्वरले महान् र उदेकका प्रतिज्ञाहरू सुम्पिनुभयो (उत्पत्ति १२:१-३; १७:१-८)। परमेश्वरले मोशाको हातमा पवित्र व्यवस्थाहरू र आज्ञाहरूको एक संगालो सुम्पिनुभयो (प्रस्थान १९-२१)। परमेश्वरले पावलको हातमा परमेश्वरको अतुलनिय अनुग्रह सम्बन्धी एक नवीन ज्ञान दिनुभयो (एफेसी अध्याय ३)। प्रत्येक विश्वासी जनलाई परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुनै पनि कुराको सठीक प्रयोजन गर्न पाउनु उसको लागि आनन्दको कुरा हो र साथै उसको कर्तव्य हो। भण्डारीपन भनेको नै यही हो।
भण्डारीपनलाई एउटा जागिरसित तुलना गर्न सकिन्छ। मानौ एउटा राम्रो अफिसको मालिक तपाईंकहाँ आएर तपाईंलाई जागिर खान निम्तो दियो। त्यो जागिर जोसुकैलाई दिइएन तर तपाईंलाई चाहिँ दिइयो।
उक्त जागिरमा कतिपय कुराहरू सौभाग्यको रूपमा हुन्छन्। अरू कतिजनाले त्यस्तो जागिर पाउन चाहन्थे होला तर उनीहरूलाई त्यो मौका दिइएन। तर तपाईंलाई भने दिइयो। त्यस अफिसमा काम गरेर प्राप्त हुने फाइदाहरू तपाईंकै हुन्छन्। तपाईंले धेरै कुराहरू सिक्नुहुनेछ, मूल्यवान अनुभवहरू बटुल्नुहुनेछ, अरूहरूसित काममा हेलमेल गरेर तपाईंलाई फाइदा हुनेछ, तपाईंले तलब पाउनुहुनेछ अनि एक दिन, तपाईं विश्वासयोग्य हुनुभयो भने, तपाईंको पदोन्नति पनि गरिनेछ!
उक्त जागिरमा कतिपय जिम्मेवारीहरू हुन्छन्। अफिसका हाकिमले तपाईंबाट कतिपय कुराहरूको माग गर्नेछ। तपाईं अल्छि हुनुभयो र काममा प्राय: ढीलो आउनुभयो र ग्राहकहरूप्रति नराम्रो व्यवहार गर्नुभयो भने तपाईंको हाकिम तपाईंसित खुशी बन्नेछन् होला? तपाईंले विश्वासयोग्यताका साथ आफ्ना काम-कर्तव्यहरू पूरा गरेको र तपाईंको हातमा सुम्पिएको कुनै पनि जिम्मालाई सठीक रूपमा पूरा गरेको अफिसको हाकिमले चाहनेछन्। आफ्नो काम राम्ररी नगरेको खण्डमा तपाईंलाई जागिरबाट निष्कासन गरिन पनि सकिन्छ।
भण्डारीपन भनेको यो हो, परमेश्वरले मानिसको हातमा केही कुरा सुम्पिनभएको छ अनि त्यसलाई सठीक प्रकारले चलाउनु मानिसको जिम्मेवारी हो र सो गर्न पाउनु उसको सौभाग्य पनि हो।
प्रबन्ध भन्नाले भण्डारीपन बुझिन्छ र भण्डारीपनमा तीनओटा कुरा सम्मिलित हुन्छन्:
परमेश्वरले आफ्नो घरको प्रशासन बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै तरिकाले संचालन गर्नुभएको छ। यसको मतलव परमेश्वरका घरायसी नियमहरू सधैं उस्तै रहेका छैनन्। आदम, नूह, अब्राहाम, मोशा, पावल सबै उही संसारमा उही परमेश्वरको अधीनमा जिए तर बेग्लाबेग्लै घरायसी नियमहरू अन्तर्गत जिए। जुन घरायसी नियमहरू अन्तर्गत अब्राहाम जिए ती पत्रुसको समयका घरायसी नियमहरू भन्दा फरक थिए। यदि घरायसी नियमहरू बेग्लाबेग्लै थिए भने प्रबन्धहरू बेग्लाबेग्लै थिए।
तर प्रबन्ध भनेको केवल "घरायसी नियमहरू" मात्र होइन। प्रत्येक प्रबन्धमा परमेश्वरले मानिसलाई घरायसी नियमहरू मात्र दिनुभएको छैन तर केही मात्रामा सत्यता पनि दिनुभएको छ जसलाई मानिसले विश्वास गर्न, जसको आज्ञापालन गर्न र सठीक प्रकारले त्यसको प्रयोजन गर्न मानिस जिम्मेवार छ। परमेश्वरले मानिसको हातमा उहाँको सत्यतालाई सुम्पिनुभएको कारण नियमहरूको साथसाथै त्यहाँ आशिष र मौकाहरू र जिम्मेवारीहरू छन्।
साथै, "बेग्लाबेग्लै घरायसी नियमहरू" भन्नाले हरेक प्रबन्ध अन्तर्गतका नियमहरू र जिम्मेवारीहरू र आशिषहरू पूर्णरूपमा बेग्लै हुन्छन् भन्ने होइन। कतिपय नियमहरू र आशिषहरू उस्तै रहन्छन् तर कुनै परिवर्तित हुन्छन्।
निम्न उदाहरणलाई विचार गर्नुहोस्। एउटा बाबु छन् जसले बेग्लाबेग्लै समयहरूमा बेग्लाबेग्लै छोराहरू जन्माएका छन्। दीपकजी एउटा बाबु हुनुहुन्छ जसले आफ्नो घरमा तीनओटा बेग्लाबेग्लै "घरायसी नियमहरू" बनाउनुभएको छ। यो किन गरियो भने, उनका तीनजना बेग्लाबेग्लै छोराहरू छन् जो बेग्लाबेग्लै उमेरका छन्। यस बाबुले जेठाको हातमा बढी सुम्पिनुभएको छ किनभने उसैले बढी सम्हाल्न सक्छ। जेठाको सौभाग्य बढी छ तर उनका जिम्मेवारी पनि बढी छन्। उनका तीनओटा बेग्लाबेग्लै "घरायसी नियमहरू" यी हुन्:
|
दस वर्षको छोराका लागि घरायसी नियमहरू
|
|
पन्ध्र वर्षको छोराका लागि घरायसी नियमहरू
|
|
बीस वर्षको छोराका लागि घरायसी नियमहरू
|
यी तीनैजना छोराका लागि कतिपय कुराहरू उस्तै भएको देख्नुभयो? त्यो किन होला? उमेर बढ्दै गएपछि त्यहाँ केही भिन्नताहरू पनि भएको देख्नुभयो? त्यो किन होला?
बेग्लाबेग्लै प्रबन्धहरूको सम्बन्धमा पनि यस्तै पाइन्छ। जसरी बेग्लाबेग्लै समयमा जन्मेका बेग्लाबेग्लै छोराहरूका एउटै बाबु (दीपकजी) को सम्बन्धमा हेर्यौं, त्यस्तै गरी त्यहाँ उही परमेश्वर का बेग्लाबेग्लै समयमा जन्मेका बेग्लाबेग्लै विश्वासी जनहरू छन्। त्यहाँ कतिपय नियमहरू र आशिषहरू एकैसमान रहन्छन् भने अरूचाहीँ नयाँ र बेग्लाबेग्लै पनि हुन्छन्। यी तीनजना विश्वासी जनहरूको विचार गरौं जो बेग्लाबेग्लै समयहरूमा जन्मेका थिए र जो बेग्लाबेग्लै प्रबन्धअन्तर्गत बाँचेका थिए:
|
नूह (जलप्रलय पछि)
|
|
दाऊद (मोशाको व्यवस्था अन्तर्गत)
|
|
पावल (अनुग्रह अन्तर्गत एक नयाँ नियम विश्वासी जन)
|
यी तीनैजना व्याक्ति लागि कतिपय कुराहरू उस्तै भएको देख्नुभयो? त्यो किन होला? उमेर बढ्दै गएपछि त्यहाँ केही भिन्नताहरू पनि भएको देख्नुभयो? त्यो किन होला?
जब नयाँ प्रबन्धको शुरु हुन्छ यसको मतलव सबै नै नियमहरू वा परिस्थितिहरू बदलिन्छन् भन्ने होइन। कतिपय कुराहरू उस्तै रहन्छन्। उदाहरणका लागि, हरेक प्रबन्धअन्तर्गत झूट बोल्नु, हत्या गर्नु र चोर्नु गलत नै छन्। साथै हरेक प्रबन्ध अन्तर्गत परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नु सही नै छ (हिब्रू ११ अध्याय पढ्नुहोस्)। बेग्लाबेग्लै प्रबन्धहरूका बीच कतिपय कुराहरू उस्तै छन्, साझा छन्। तर जसरी यस अध्यायमा हेरिसकेका छौं, त्यहाँ महत्वपूर्ण भिन्नताहरू पनि छन् जसलाई हामीले स्वीकार गर्नुपर्छ। जुन कुराहरू फरक छन् र जुन कुराहरू परिवर्तन भएका छन्, ती कुराहरूलाई हामीले ध्यान दिनु आवश्यक छ।
यहोशू, दाऊद र यशैया एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए। यसको मतलब उनीहरू एउटै प्रबन्ध अन्तर्गत जिए। उनीहरूसित सम्बन्धीत घरायसी नियम तथा सौभाग्यहरू उनीहरूका लागि मोशाको व्यवस्थामा प्रस्टै उल्लेख गरिएका थिए। पत्रुस, पावल, यहून्ना र तिमोथी एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए। उनीहरूसित सम्बन्धीत घरायसी नियम तथा सौभाग्यहरू उनीहरूका लागि नयाँ नियममा प्रस्टै उल्लेख गरिएका छन् (रोमी देखि प्रकाश १-३ सम्म)। अब्राहाम, इसाहक, याकूब र यूसुफ एउटै घरायसी नियम तथा सौभाग्य अन्तर्गत जिए अनि उनीहरू एउटै प्रबन्ध अन्तर्गत जिए। यी मानिसहरू परमेश्वरले उनीहरूलाई दिनुभएको प्रतिज्ञाहरूलाई विश्वास गर्न जिम्मेवार थिए।

माथिको चार्टमा प्रत्येक प्रबन्धको नाउँसँगै उक्त प्रबन्ध अन्तर्गत जिउने एउटा व्यक्तिको नाउँ उल्लेख गरिएको छ (राज्यको प्रबन्धबाहेक जुनचाहिँ भविष्यमा आउन बाँकि नै छ)।
प्रत्येक प्रबन्ध एउटा अवधि हो जसभित्र परमेश्वरबाटका बेग्लै घरायसी नियम र सौभाग्यहरू हुन्छन् अनि उनीहरूलाई परमेश्वरबाट दिइएका सत्यता र प्रकाशको आधारमा मानिसहरूलाई बेग्लै जिम्मेवारीहरू दिइन्छन्। प्रत्येक नयाँ प्रबन्धमा परमेश्वरले त्यस अघिको प्रबन्धमा भन्दा थप प्रकाश र सत्यता दिनुहुन्छ। यसरी इतिहासभरि नै प्रकाशको प्रगति (PROGRESS OF REVELATION) भएको पाइन्छ, अर्थात् परमेश्वरको सत्यता मानिसलाई क्रमिकरूपमा र प्रगतिशील ढंगले प्रकट गरिएको पाइन्छ।
यी प्रत्येक प्रबन्धहरूलाई आगामी अध्यायहरूमा (अध्याय ३ देखि) गहिरिएर अध्ययन गरिनेछ। त्यसबेला माथिको तालिकामा उल्लेखित केही भनाइहरूलाई अझ ब्याख्या गरिनेछ र प्रस्ट्याइनेछ।
यी प्रबन्धहरूलाई एक-एक गरी अध्ययन गर्ने क्रममा हामी निम्न चारओटा कुराहरूलाई ध्यान दिनेछौं:
|
परमेश्वरले यथार्थ बताउनुहुन्छ र उहाँको वचन यथार्थ हो अनि परमेश्वरको मुखबाट निस्केको वचनलाई घटबढ नगरीकनै, जस्ताको तस्तै, नम्र भएर स्वीकार्नु नै (यशैया ६६:१-२) हरेको विश्वासीको जिम्मेवारी हो भनी विश्वास गर्ने व्यक्ति एक प्रबन्धवादी हो। |
Ë
|
A Dispensationalist is one who believes |
|
पालुङ चर्च |