पाठ ७

पर्वतमाथि केको दृश्य?

एक अपत्तिजनक सुचना

मत्ती १६ औं अध्यायमा, ख्रीष्ट मर्नैपर्छ भन्ने सुचना चेलाहरूलाई पहिलो पटक जनाइयो। यो आपत्तिजनक खबर येशूले सर्वप्रथम कुन पदमा बताउनुभयो? पद ________।

आफ्नो मृत्यु निकट भविष्यमै हुनेछ भनी येशूले बताउनुहुँदा पत्रुसले कस्तो प्रतिक्रिया देखाए (सही जवाफमा चिन्ह लगाउनुहोस्):

  1. उनले भने, “प्रभु, तपाईंले जे भन्नुभयो ठीक त्यही हुनेछ।”
  2. उनले भने, “प्रभु, तपाईंले भन्नुभएका कुराहरू म बुझ्दिनँ तरैपनि म हृदयदेखि नै विश्वास गर्छु किनकि ती तपाईंले भन्नुभएका कुरा हुन् अनि म जान्दछु कि तपाईंले जे-जे भन्नुहुन्छ ती निश्चय पूरा हुन्छन्।
  3. ”उनले भने, “प्रभु, यो हुन सक्दैन। के कुरा गर्नुभएको यस्तो!”
  4. उनले भने, “हो प्रभु। मसीहको मृत्यु हुनु आवश्यक छ भनी म जान्दछु किनभने यशैया अगमवक्ताले समेत यशैया ५३ अध्यायमा यही भविष्यवाणी गरेका छन्।

येशू नै ख्रीष्ट, परमेश्वरका पुत्र र एक दिन समस्त पृथ्वीमाथि राज्य गर्नुहुने महाराजा हुनुहुन्छ भनी के पत्रुसले साँच्चै विश्वास गरका थिए (मत्ती १६:१६ पढ्नुहोस्)? ___________। येशू नै भविष्यवाणीले बताएको महाराजा हुनुहुन्छ जसले यहूदीहरूलाई छुटकारा दिनुहुन्छ र संसारमा शान्ति स्थापना गर्नुहुनेछ (यशैया ९:६-७) भन्ने कुरामा पत्रुस र अन्य चेलाहरू विश्वास्त थिए। तर ख्रीष्ट राजा भएर आउन अघि उहाँ मुक्तिदाता भएर आउनैपर्छ र मानिसको मुक्तिदाता बन्न उहाँ मर्नैपर्छ भन्ने कुरालाई भने उनीहरूले बुझेका थिएनन्।

चेलाहरूको जस्तै अरू यहूदीहरूको बुझाइमा पनि त्यस्तै समस्या थियो। यूहन्ना १२:३२-३३ मा प्रभुले मानिसहरूलाई भन्नुभयो, मारिनका लागि उहाँ उचालिनुहुनेछ। यी यहूदीहरू जान्दथे कि ख्रीष्ट राजा (मसीह )ले जीवित रहेर सदासर्वदाको लागि राज्य गर्नैपर्छ (यूहन्ना १२:३४ पढ्नुहोस र दनियल ७:१४, २७ सँग तुलना गर्नुहोस्)। तसर्थ उनीहरूका सामु एउटा जटिल समस्या खडा थियो:

“मरिसकेका मसीहले कसरी सदासर्वदाको लागि राज्य गर्न सक्छन्??”

राजा त्रिभुवन वीर विक्रम शाहको मृत्यु भएको धेरै वर्ष भइसक्यो। राजा पृथ्वी नारायण शाहको मृत्यु भएको त अझै धेरै वर्ष भइसक्यो। के यी दुई व्यक्तिहरू फेरि कहिल्यै राज्य गर्नेछन् होला? ____________। मरिसकेका राजाले कसरी राज्य गर्न सक्छन् र? यो असम्भव देखिन्छ!

मत्ती १६:२१ लाई फेरि एक पटक पढ्नुहोस्। यदि येशूले “मैले सदासर्वदाको लागि राज्य गर्नुपर्छ” भन्नुभएको भए पत्रुस हर्षले गदगद् हुनेथिए! यदि येशूले “मैले रोमी सेनाहरूलाई जित्‍नुपर्छ र सम्पूर्ण पृथ्वीमाथि मेरो राज्य स्थापना गर्नुपर्छ” भनी भन्नुभएको भए पत्रुस खुशीले उफ्रनेथिए! तर जब येशूले चेलाहरूलाई उहाँ मर्नैपर्छ भनी भन्नुभयो, तब पत्रुसले के भने (मत्ती १६:२२)? _____________________________________________________ _________________________________________। पत्रुस ख्रीष्टको मृत्युको बारेमा सोच्दा साह्रै आत्तिए। उनले मन-मनै सम्भवत: यसरी सोचेका थिए, “यदि राजा नै मरे भने राज्यको भविष्य कस्तो होला? मरेका राजाले पृथ्वीमा कसरी राज्य गर्न सक्लान् र?”

हामी आफ्नै निम्ति यस प्रश्‍नको जवाफ दिनलेशिश गरौं। कसरी मरेका ख्रीष्ट समस्त पृथ्वीमाथि राजा बन्न सक्नुहुन्छ? यस प्रश्‍नको जवाफ के हो (मत्ती १६:२१ले आखिरी एघार शब्दहरूलाई हेर्नुहोस्)? ____________________________________________________ ________________________________________________।

रहस्यमय भविष्यवाणी

मत्ती १६:२७-२८ मा प्रभु येशूले एउटा रहस्यमय भविष्यवाणी गर्नुभयो जसलाई चेलाहरूले पूर्णरूपमा बुझेनन्। यी पदहरूमा येशूले कुनचाहिँ महान् घटनाको घोषणा गर्नुभयो (सही जवाफमा चिन्ह लगाउनुहोस्):

  1. येशू बेतलेहेममा जन्मनुहुनेछ
  2. येशू क्रूसमा मर्नुहुनेछ
  3. येशू चिहानबाट निस्केर आउनुहुनेछ
  4. येशू फेरि राजा भएर आउनुहुनेछ!

येशू पहिलो पटक आउनुहुँदा उहाँले आफ्नो राज्य स्थापना गर्नुभएन, बरु उहाँ पापी मानिसका लागि मर्न क्रूसमा जानुभयो। यसर्थ राजा भएर राज्य गर्न येशू पृथ्वीमा दोश्रो पटक आउनैपर्छ! पहिलो पटकचाहिँ येशू मानिसको हृदयलाई निको पार्न आउनुभयो। दोश्रो पटकचाहिँ उहाँ मानिसको संसारलाई निको पार्न आउनुहुनेछ। उहाँ पहिलो पटकचाहिँ मुक्तिदाता बन्न आउनुभयो; उहाँ दोश्रो पटकचाहिँ राजा बन्न आउनुहुनेछ। उहाँको पहिलो आगमनमा उहाँलाई एउटा क्रूस दिइयो; उहाँको दोश्रो आगमनमा उहाँलाई एउटा मुकुट दिइनेछ!

फलस्वरूप:फलस्वरूप:
विश्वासी जनले धार्मिकता पाउँछ—रोमी १४:१७

विश्वासी जनले शान्ति पाउँछ—रोमी १४:१७

विश्वासी जनले आनन्द पाउँछ—रोमी १४:१७
संसारले धार्मिकता पाउँछ—यर्मिया ३३:१५

संसारले शान्ति पाउँछ—यशैया ९:६-७

संसारले आनन्द पाउँछ—यशैया ६५:१८-१९

राजाको मृत्यु भयो भने के अझै राज्य स्थापना हुन सक्छ? जवाफ हो, सक्छ! जब चेलाहरूले उहाँको मृत्युको बारेमा सुनेर आत्तिरहेका थिए, येशुले एउटा गजबको काम गर्नुभयो। उहाँले आफ्ना चेलाहरूमघ्ये तीनजनालाई आफ्नो साथमा लगेर आउनेवाला राज्यको पूर्वदर्शन देखाउनुभयो!

येशुले आफ्ना तीन चेलाहरूलाई राज्यको पूर्वदर्शन दिन चाहनुभयो। जुन पूर्वदर्शन यस्तो उदेकको थियो कि ती चेलाहरूले जे देखे त्यो कहिल्यै बिर्सेनन्। यहाँसम्म कि पत्रुसले यो बिर्सन नसकिने घटनालाई दोश्रो पत्रुसको पुस्तकमा आफू मर्न भन्दा ठीक अगाडी उल्लेख गरेका छन् (२ पत्रुस १:१६-१८ मा पढ्नुहोस्)।

महिमित परिवर्तन

आफ्ना चेलाहरूलाई आफू मर्नैपर्छ भन्नुभएको करिब एक हप्ता पछि, उहाँले चेलाहरूमघ्ये तीन जनालाई आफूसँग एक अग्लो पहाडमा लानुभयो। प्रभु किन त्यो पहाडमा जानुभयो (लूका ९:२८) ______________________________________। त्यसबेला येशूलाई के भयो (मत्ती १७:२)? _____________________________________________ ________________________________________________________________। रुप-परिवर्तनको उक्त घटना कतिखेर भएको थियो?

  1. दिनको कुन समयमा प्रभुले अक्सर प्रार्थना गर्नुहुन्थ्यो (लूका ६:१२, २१:३७, २२:३९-४०, मत्ती १४:२३)? _______________________________________________।
  2. डाँडामा रहँदा चेलाहरू के गर्न थाले (लूका ९:३२)? __________________________ __________________________________________________________।
  3. डाँडाबाट तिनीहरू कतिखेर फर्के (लूका ९:३६)? ____________________________ __________________________________________________________।

यसकारण, तपाईंको निष्कर्षमा ख्रीष्टको रूप-परिवर्तन कतिखेर भएको थियो? _____________ __________________________________________।

“रुप-परिवर्तन” (मत्ती १७:२) भनी अनुवाद गरिएको शब्द ग्रीकको क्रियावाची शब्द “मेटामोर्फोओ” बाट आउँछ जसका दुईटा भागहरू छन्: १) “मेटा”, जसको अर्थ हो “परिवर्तन” र २) “मोर्फे”, जसको अर्थ हो “रुप”। यसकारण “मेटामोर्फोओ” ले अर्थ हो “अर्को रुपमा बदलिनु, अर्थात् रुप परिवर्तन हुनु”। यही ग्रीक शब्दबाट अंग्रेजी भाषामा प्रयोग गरिने “मेटामोर्फोसीस” शब्द आउँदछ। परमेश्वरले प्रकृतिमा अचम्मका रुप परिवर्तन हुने कार्यहरू देखाउनुहुन्छ, जस्तो कि एउटा झुसिलकिरो पुतली बन्छ र एउटा माछा जस्तो भेकशिशु (भ्यागुताको बच्चा) भ्यागुतो बन्छ। यी गजबका परिवर्तनहरूलाई बयान गर्न अंग्रेजीमा “मेटामोर्फोसीस” भन्ने शब्द प्रयोग गरिन्छ।

ख्रीष्टको रुप-परिवर्तन कुन तरिकामा भएको थियो?

  1. उहाँको चेहरा __________ झैं चम्क्यो (मत्ती १७:२)। सूर्य यति उज्यालो गरी चम्कन्छ कि कसैले आफ्नो आँखाले त्यसलाई सिधै हेर्‍यो भने उसको आँखा नष्ट हुन्छ।
  2. उहाँका वस्त्रहरू __________ जस्तै सेता भए (मत्ती १७:२)। के तपाईंले घाम झुल्कँदा ताजा हिउँ परेको देख्नुभएको छ। त्यो हिउँ यति चहकिलो हुन्छ कि त्यसलाई हेर्न हाम्रा आँखालाई मुस्किलै पर्छ।
  3. उहाँको वस्त्र ____________ __________ सेतो भयो (लूका ९:२९)। अर्थात् उहाँका वस्त्रहरू विजुली झैं चम्क्यो।
  4. उहाँका वस्त्रहरू ____________, हिउँजस्तै चौपट्टै __________ भए (मर्कूस ९:३)। पृथ्वीको कुनै पनि धोबीले वा साबुनले त्यस्तो सेतो पार्न सक्दैन।

त्यसमाथि यो घटना रातमा घटेको बुझिन्छ। कतिखेर बत्तीहरू र चम्किने कुराहरू बढी उज्याला देखिन्छन्? रातमा कि दिनमा? ____________।

जब प्रभु येशू यस पृथ्वीमा मानिस भई हिँडडुल गर्नुभयो, उहाँको वास्तविक महिमा देखिँदैन थियो। उहाँको चेहरा चम्कँदैन थियो। उहाँका वस्त्र अरुहरूका वस्त्रभन्दा फरक थिएनन्। उहाँको शिरमाथि कुनै विशेष चमक थिएन। उहाँको शारीरिक रप अरू यहुदीका भन्दा फरक थिएन। पुरानो नियमको समयमा उजाडस्थानमा भएको भेट हुने पालको सम्झना गरौं। पाललाई जनावरका छाला, आदिले ढाकेको हुनाले बाहिरबाट हेर्दा त्यो खासै विशेष र आकर्षक देखिँदैनथ्यो। तर भित्रचाहिँ सुनका सामानहरू आदिले भरिएकोले चम्किलो थियो। विरलै परमेश्वरको पुत्रको वास्तविक महिमा बाहिर प्रकट हुन्थ्यो। उहाँको रूप-परिवर्तन त्यस्तो एक क्षण थियो। (तुलना गर्नुहोस् यूहन्ना ११:४०-४४; १८:४-६; १कोरिन्थी २:८) उहाँको दोस्रो आगमनमा, यो भित्री महिमा बाहिरी रूपमा प्रकट हुनेछ, जसरी यो डाँडामा भएको थियो: प्रभु येशू शक्ति र महा ______________आउनुहुनेछ (मत्ति २४:३०; १६:२७; २५:३१; दानियल ७:१३-१४ )। तीनजना चेलाहरूले भविष्यमा हुन आउने यो महिमापूर्ण घटनाको एक झलक देखे।

नयाँ नियममा “रुप-परिवर्तन” वा “बदली” भन्ने शब्द ४ पटक परयोग गरिएको छ। दुई पटक ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको छ भने दुई पटक विश्वास गर्नेहरूका हृदयमा परमेश्वरले ल्याउने भित्री परिवर्तनको सम्बन्धमा प्रयोग गरिएको छ। कृपया जोडा मिलाउनुहोस्:

१.  _____ मत्ती १७:२

२.  _____ मर्कूस ९:२

३.  _____ रोमी १२:२

४.  _____ २ कोरिन्थी ३:१८
(क) यो ख्रीष्टको विषयमा भनिएको हो

(ख) यो विश्वासी जनको विषयमा भनिएको हो

यदि तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भने, तपाईंभित्रले हुनुहुन्छ (२कोरिन्थी १३:५; कलस्सी १:२७; गलाती २:२०)? _______________। के उहाँ भित्रै ढाकिनुभएकोछ कि उहाँलाई तपाईंले बाहिरसम्म चम्कन दिँदैहुनुहुन्छ? हामीलाई कसरी संसारले आफ्नो चालमा मोड्न र ढाल्न चाहन्छ (संसारकै बोलीचालीमा, बानी-बेहोरामा, रूपरंगमा, फेशनमा, ढाँचामा, मनोरन्जन इत्यादिमा) (हेरौं रोमी १२:२ -- “एकनासे नहोओ ...”)?

चाखलाग्दो बातचीत

पर्वतमाथि येशूको साथमा ले देखा परे (मत्ती १७:३)? १) ________________ र २) ________________। यी दुई मानिसहरूले येशूसँग कुन विषयमा बातचीत गरे (लूका ९:३१? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:

  1. उहाँको दोश्रो आगमन
  2. बेथलेहेममा भएको उहाँको जन्म
  3. क्रूसमा हुन लागिरहेको उहाँको मृत्यु
  4. उहाँको रूप-परिवर्तन

मोशा र एलियाले जान्दथे कि येशू मर्नैपर्छ! उनीहरू यस महान् घटनाको प्रतिक्षामा थिए जब येशू उनीहरूका र __________ ____________का (१ यूहन्ना २:२ ) पापहरूका निम्ति मर्नुहुन्थ्यो।

मूर्ख विचार

पत्रुस पर्वतमै बस्न चाहे र पालहरू समेत ठडाउन चाहे (लूका ९:३३ मा उनको विचार हेर्नुहोस्)! आफूले के बोल्दैछु भनी के पत्रुस जान्दथे (लूका ९:३३ले अन्तिम भागमा हेर्नुहोस्)? __________। हामीले बारम्बार गरेजस्तै पत्रुसले पनि गरे। उनले पहिले बोले र त्यसपछि विचार गरे! अवश्य नै प्रभु लामो समयका लागि पर्वतमाथि बस्नेवाला हुनुहुन्नथ्यो! उहाँलाई थाहा थियो कि उहाँ पर्वतबाट तल ओर्लनपर्छ र कलवरी क्रूसतर्फ आफ्नो कदम अगाडी बढाउनपर्छ (लूका ९:५१)!

स्वर्गीय आवाज

परमेश्वर पिताले स्वर्गबाट बोल्नुभयो र भन्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्; ____________ले __________ __________” (लूका ९:३५)। पत्रुसले मत्ती १६:२१-२२ मा प्रभुको कुरा कत्तिको ध्यानपूर्वक सुने? ____________________________________। हामीले आज परमेश्वरको वचन कत्तिको ध्यानपूर्वक सुन्छौं र आज्ञापालन गर्छौं?

हाम्रो प्रभुको राज्य निश्चय नै आउनेछ! ख्रीष्टले त्यसको पूर्वदर्शन दिइसक्नुभयो! प्रभुका दुई आगमनहरूका बीचमा हामी जिउने क्रममा, ख्रीष्ट राजाले आफ्नो वचनमा भन्नुभएका कुराहरूलाई हामी ध्यान देऔं र पालना गरौं!