मानौं, संसारको हावा र पानीको प्रदुषण एक्कासी दस गुणाले वृद्धि भयो। मानौं, त्यस प्रदुषणले सबै नै मर्ने भए। दुर्बलहरू केही दिनमा नै मर्ने भए। बलियाहरू भने दुई-तीन हप्तासम्म बाँच्ने भए। प्रदुषणले गर्दा एउटा कुरा पक्का भयो: सबै नै मर्ने भए। एक महिना पछि यस विश्वमा जीवित मान्छे एउटै नरहने भयो!
अब मानौं यो एउटा आशारहित परिस्थिति थियो। उक्त प्रदुषणको समस्यालाई समाधान गर्न कुनै पनि मानवीय उपायको सीप चलेन। विश्वका वैज्ञानिकहरू एकजुट भएर पनि कुनै उपाय निस्केन। त्यसमाथि समयले कसैलाई पर्खने कुरा आएन। त्यहाँ कुनै आशा थिएन, कुनै साहारा थिएन, कुनै उपाय थिएन -- मानवजाति नाश हुने देखियो!
तर, करोडौं प्रकाश-वर्ष पर अर्कै ग्रहमा कुनै एक दयालु प्राणीले हाम्रो समस्या देखेछन् र नाश हुन लागेका मानवजाति प्रति दयाले भरिएछन्। तुरून्त उनी आफ्नो अन्तरिक्ष-यानमा चढेछन् र पृथ्वीमा छिटो भन्दा छिटो आएछन् अनि आफ्नो अत्याधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरेर एउटा विशेष पदार्थ तयार गरेछन् जसलाई वायुमण्डल र पानीमा मिसाइदिएपछि तुरून्त नै ती शुद्ध भएछन्!
बाह्य अन्तरिक्षबाट आएका ती आगन्तुकलाई हामी पृथ्वीका बासिन्दाले कसरी स्वागत गर्नेथियौं होला? के हामी उनको आगमनमा रमाहट गर्नेथियौं होला? के उनको आगमनमा हामी जयजयकार मनाउनेथियौं होला? उनलाई भव्य स्वागत गर्नेथियौं होला? खुशी र धन्यवादी भई हामीले उनलाई ग्रहण गर्नेथियौं होला?
के तपाईंलाई थाहा छ, त्यस्तै घटना वास्तवमा नै घटिसकेको छ। पृथ्वीका बासिन्दाहरू एउटा भयानक प्रदुषणको समस्यामा परेका थिए। त्यो थियो भित्री प्रदुषण, जसलाई हृदयको प्रदुषण भनिन्छ (यर्मिया १७:९; मर्कूस ७:२१-२३)। यो भयानक प्रदुषणले गर्दा मृत्यु पक्का छ, किनभने पापको प्रदुषण जब पूरा बढेपछि त्यसले ________ उत्पन्न गर्छ (याकूब १:१५; रोमी १:३२, ६:२३ र इजकिएल १८:४)। त्यसमाथि, यो एक आशारहति परिस्थिति थियो (एफिसी २:१२; १ थेस्सलोनिकी ४:१३)। हृदयलाई शुद्ध पार्न मानिसको कुनै उपाय थिएन।
तर, स्वर्गबाट एक आगन्तुक आउनुभयो--एक मुक्तिदाता आउनुभयो जससँग मानिसको प्रदुषणलाई निर्मूल पार्ने उपाय थियो (यूहन्ना ३:१३-१७)। जोहरूको उद्धार गर्न उहाँ आउनुभयो, तिनीहरूले उहाँलाई कसरी स्वागत र सत्कार गरे त? जब उहाँ मानिसहरूलाई बचाउन आउनुभयो के उहाँलाई खुशीसाथ स्वागत गरियो (यूहन्ना १:११)? _______। बाइबलले भन्छ, “अनि आरोप यो हो: ________ संसारमा आएको छ, अनि मानिसहरूले चाहिँ ________लाई भन्दा बरू ___________लाई प्रेम गरे; किनकि तिनीहरूका कामहरू दुष्ट थिए” (यूहन्ना ३:१९)। कति दुःखलाग्दो कुरा! मानिसहरू आफ्नो प्रदुषणमा रहरिहन नै रोजे! उनीहरू शुद्ध बनाइन चाहेनन्! उनीहरूले विनाशमा पुर्याउने बाटोमा नै हिँडिरहन निर्णय गरे (मत्ती ७:१३)। बाहिरबाट आएको आगन्तुकलाई चाहिँ उनीहरूले के गरे नि? मत्ती २७:३१ पढ्नुहोस्: __________________________________________________________________।
जब मुक्तिदाता स्वर्गदेखि यस पृथ्वीमा आउनुभयो, बहूसंख्यक (मानिसको अधिक संख्या)ले उहाँलाई अस्वीकार गरे र उहाँलाई ग्र ______ ग __________ (यूहन्ना १:११)। अल्पसंख्यक (“थोरै”--मत्ती ७:१४)ले मात्र ख्रीष्ट मुक्तिदातालाई स्वागत गरे र ग्रहण गरे। उहाँको पुत्रलाई ग्रहण गर्ने प्रत्येक पुरुष, स्त्री वा बालबालिकाको निम्ति परमेश्वरको कुन प्रतिज्ञा छ (यूहन्ना १:१२)? ______________________________________________________ ____________________________________________________________________।
यदि कुनै देशको राजा वा राष्ट्रपति हाम्रो देशमा आए भने, उसलाई साधारणतया राजकीय सम्मान दिइन्छ। हाम्रो सरकारले उनको सम्पूर्ण रहनसहनको बन्दोबस्त गर्छ। सुत्नका निम्ति सबैभन्दा राम्रो बन्दोबस्त गरिन्छ। सबैभन्दा मीठा भोजनको बन्दोबस्त गरिन्छ। सर्वोत्तम मनोरन्जनको प्रबन्ध गरिन्छ।
जब सारा सृष्टिका राजा यस पृथ्वीलाई भेट गर्न आउनुभयो, उहाँप्रति कस्तो व्यवहार गरियो? के उहाँलाई सुत्नका निम्ति सबैभन्दा राम्रो बन्दोबस्त गरियो (लूका २:७)? ___________। के उहाँलाई बस्नको लागि एक सुन्दार दरवार दिइयो (लूका ९:५८ हेर्नुहोस्)? ___________। के उहाँलाई राजकीय सम्मान दिइयो? (मत्ती २०:१८-१९; २७:२६-३१ हेर्नुहोस्)? __________। आफ्ना राजाप्रति उनीहरूले कस्तो खालको प्रेम वा आदर देखाए (यूहन्ना १९:१५)? ______________________________________________________।
धेरैजसो यहूदीहरूले ख्रीष्टलाई अस्वीकार गरे तापनि उहाँको आफ्नै शहर नासरतका बासिन्दाहरूले उहाँलाई राम्ररी स्वागत गरे कि? उहाँ हुर्कनुभएको ठाउँ त्यही थियो (लूका २:५१-५२)। चुनावमा उठेको उम्मेद्वारलाई विचार गरौं। अरूले भोट नदिए पनि आफ्नै गाउँलेहरूले त भोट दिन्छन्! येशू आफ्ना टोलबासीहरूका बीच कत्तिको लोकप्रिय हुनुहुन्थ्यो? के नासरतका बासिन्दाहरूले येशूलाई आफ्नो शहरको “आदर्श व्यक्ति” ले रूपमा लिए? के उनीहरूले उहाँलाई सबैभन्दा महान् अगमवक्ता भनी सम्झे?
लूका ४:१६-३० पढ्नुहोस्। के उनीहरू ख्रीष्टले परमेश्वरको वचन प्रचार गरेको सुन्न चाहे? __________। उनीहरूले उहाँलाई के गर्न चाहे (पद २९)? ___________________।
येशूले पाँचओटा रोटी र दुईटा माछा लिनुभई थुप्रैलाई खुवाउने आश्चर्यकर्म गर्नुहुँदा महिला र बालबच्चाबाहेक त्यहाँ कतिजना थिए (मत्ती १४:२१)? _____________________।
ख्रीष्ट राजा बन्न योग्य हुनुहुन्छ भनी ती मानिसरूले किन सोचे (यूहन्ना ६:१५)? उनीहरूले ख्रीष्टलाई किन खोजे (यूहन्ना ६:२४,२६)? ______________________________ _________________________। उनीहरू येशूबाट पेट भर्ने भोजन चाहन्थे कि आत्मिक भोजन? ________________________।
जब येशूले ती मानिसहरूलाई उनीहरूको आत्माको लागि भोजन दिन थाल्नुभयो (प्रमेश्वरको वचन सिकाउन थाल्नुभयो), तब उहाँलाई आफ्ना राजा बनाउन खोजिरहेका ती सबै मानिसहरू के गर्न थाले (यूहन्ना ६:४१,५२,६०,६६)? _____________________________ ____________________________________________________________________।
प्रभुको साथमा पहिले हजारौं व्यक्तिहरू भए तापनि पछि गएर कतिजना मात्र बाँकि रहे (यूहन्ना ६:६७)? ____________________________। चाँडै नै अर्को एकजानलाई पनि उहाँले गुमाउन लाग्नुभएको थियो (यूहन्ना ६:७०-७१)!
पत्रुस र दसजना चेलाहरूको तृष्णा के थियो (यूहन्ना ६:६८)? __________________ ______________। के उनीहरू येशूद्वारा आत्मिक भोजन खुवाइन चाहन्थे? ____________।
मत्ती २१:४२ पढ्नुहोस्। प्रेरित ४:११ मा पत्रुसले यहूदीहरूलाई भने कि येशू ख्रीष्टचाहिँ चट्टान हुनुहुन्छ जसलाई उनीहरूले अस्वीकार गरे (“जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो”, पद १०)। परमेश्वरले एउटा अचम्म र गजबको काम गर्नुभयो! उहाँले अस्वीकार गरिएको त्यो चट्टानलाई लिनुभयो, अनि बौरी उठाइद्वारा त्यसलाई कुनाको शिर बनाउनुभयो (प्रेरित ४:१०-११)! भवनको सबैभन्दा महत्वपूर्ण ढुंगा नै कुनाको ढुंगा हो! अब मूल प्रश्न छ, यो चट्टानलाई तपाईं के गर्नुहुन्छ? तपाईंले दुईटामध्ये एउटालाई रोज्नुपर्छ:

तपाईं कहाँ हुनुहुन्छ? चट्टानमाथि (विश्वास) कि चट्टानमुनि (इन्साफ)! कि त तपाईं यस ढुङ्गामा ठेस खाएर लड्नुहुन्छ (ठेस खुवाउने ढुंगा--मत्ती २१:४४; १कोरिन्थी १:२३; १ पत्रुस २:८; यशैया ८:१४-१५) कि त त्यो ढुंगालाई आफूमाथि खस्न दिएर धूलोपीठो बन्न सक्नुहुन्छ (मत्ती २१:४४) कि त चट्टानको बलियो जगमाथि आफ्ना खुट्टामा खडा भई त्यसद्वारा स्थिरता र आड पाउन सक्नुहुनछ (१ पत्रुस २:६)! परमेश्वरको चट्टानलाई अस्वीकार नगर्नुहोस्! त्यसमाथि भरोसा गर्नुहोस् र विश्राम पाउनुहोस्।
जब येशूले आफू असल गोठाला हुँ भनी भन्नुभयो (यूहन्ना १०:१-१८), यहूदीहरूको प्रतिक्रिया कस्तो थियो? त्यहाँ मानिसहरूको बीचमा “फाटो भयो” (यूहन्ना १०:१९)। बहुसंख्यक (“धेरै”) ले भने (यूहन्ना १०:२० हेर्नुहोस्), _____________________________________। अल्पसंख्यक (“अरू”) ले भने (यूहन्ना १०:२१ हेर्नुहोस्), ____________________________ _____________________________________________________________।
असल गोठालाले आफ्ना भेंडाहरूका निम्ति के गर्नुहुने प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १०:११,१५,१७,१८)? _______________________________________________________ ____________________________________________________________।
यूहन्ना १२:३२ पढ्नुहोस् जहाँ प्रभु येशू ख्रीष्टले आफू क्रूसमा मर्ने विषयमा भन्नुभयो। कलवरी क्रूसमा उचालिनुभएर उहाँले _____ ______________ आफूकहाँ _____________! यसको अर्थ सबै मानिसले मुक्ति पाउँछन् भन्ने निश्चय होइन। के हो यसको अर्थ?
प्रभु येशू क्रूसमा मारिनुहुँदा त्यहाँ अरू दुईटा क्रूसहरू थिए -- एउटा उहाँको दायाँतर्फ र अर्को उहाँको बायाँतर्फ (मर्कूस १५:२७)। प्रभु येशूले सबै मानिसहरूलाई बीचको क्रूसतर्फ खिँच्नुहुन्छ। त्यहाँ आएर प्रत्येकले क्रूसमा टाँगिनुभएको प्रभुलाई कि ग्रहण गर्नुपर्छ कि अस्वीकार गर्नुपर्छ। दायाँ र बायाँका दुईटा क्रूसले चित्रण गरे जस्तै, एउटा व्यक्तिले दुईटामध्ये एउटा निर्णयलाई रोज्नैपर्छ:

यस प्रश्नलाई मनन गर्ने क्रममा, लूका २३:३९-४३ लाई ध्यानपूर्वक पढ्नु असल हुनेछ। हेर्नुहोस्, शुरुमा दुवै कुकर्मीले बीचको क्रूसमा झुण्डिरहनुभएको ख्रीष्टलाई अस्वीकार गर्दै थिए (मत्ती २७:४२-४४)! तर पछि एउटाले पश्चात्ताप गर्यो र आफ्नो मन बदल्यो! ख्रीष्टलाई अस्वीकार गर्नुको सट्टा उसले ख्रीष्टलाई ग्रहण गर्यो। तपाईं नि? बीचको क्रूसमा मर्नुहुने व्यक्तिलाई तपाईं के गर्नुहुन्छ?
|
पालुङ चर्च |