येशू संसारमा आउनुहुँदा यदि तपाईं पनि इस्राएलमै हुनुभएको भए उहाँको मृत्यु र बौरिउठाइ हुनुभन्दा अगाडिका ३ वर्षको समय अवधिमा येशूले गर्नुभएको कस्ता कस्ता आश्चर्यकर्महरू तपाईंले पनि देख्न सक्नुहुन्थ्यो (मत्ती ११:४-५)? ___________________________________________ _________________________________________________________________________________________________________________________________________________।
आश्चर्यकर्म भनेको त्यस्तो काम हो जुनचाहिँ प्रकृतिको साधारण नियमभन्दा बाहिरै पर्दछ। उदाहरणको लागि, फलामको एउटा टुक्रा नदीमा फ्याँकियो भने त्यसलाई के हुन्छ? त्यो तैरन्छ कि डुब्छ? ____________। भू-आकर्षणको नियम अनुसार त्यस्ता चीजहरू डुब्नैपर्छ! २ राजा ६:१-७ पढ्नुहोस्। के त्यो एक आश्चर्यकर्म थियो? __________। कसरी?
के परमेश्वर आश्चर्यकर्महरू गर्न सक्नुहुन्छ? _____________। किन (उत्पत्ति १८:१४, मत्ती १९:२६)? _____________________________________________।
हामीले अघिल्लो पाठमा येशू ख्रीष्टको बारेमा के सिक्यौं? उहाँ केवल मानिस मात्र हुनुहुन्थ्यो कि मानिसभन्दा बढी हुनुहुन्थ्यो? _________________________। के येशूले सामर्थी र आश्चर्यका कामहरू गर्न सक्नुहुन्थ्यो? __________________। धेरै समय पहिले येशूले कुनचाहिँ सामर्थी काम गर्नुभएको थियो (यूहन्ना १:३, कलस्सी १:१६)? __________________________________ _________________________________।
येशूले कुन उद्देश्यले सामर्थ्यपूर्ण आश्चर्यकर्महरू गर्नुभयो? के रोगीलाई निको पार्नु र अन्धालाई देख्ने बनाउनु नै उहाँको अन्तिम लक्ष्य थियो? हुन ता येशू ती रोगीहरूलाई ठूलो प्रेम गर्नुहुन्थ्यो अनि तिनका दुःखहरूको वास्ता गर्नुहुन्थ्यो, तरैपनि येशूले आश्चर्यकर्महरू गर्नुको अर्कै कारण थियो कि?
मर्कूस २:१०-११ मा येशूले एक पक्षघाती निको पार्नुभएको कारण स्पष्टै बताउनुभएको छ। उक्त खण्ड राम्ररी पढेर ठीक जवाफमा मात्र (ü) चिन्ह लगाउनुहोस्:
पाप क्षमा गर्ने अधिकार आफूसित छ भन्ने आफ्नो दावीलाई येशूले गर्नुभएको त्यस चंगाइको आश्चर्यकर्मले कसरी प्रमाणित गर्यो सो बुझ्ने प्रयास गरौं। मर्कूस २:५ मा येशूले रोगीलाई भन्नुभयो, हे छोरा, तिम्रा ___________ क्षमा भए! पापहरू क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७ र अघिल्लो पाठमा हेर्नुहोस्)? ______________। येशूले पापहरू क्षमा गर्न सक्नुहुन्छ भनेर के यहूदी शास्त्रीहरूले विश्वास गरे (मर्कूस २:५-८)? __________________।
कसैको हृदयभित्र नियालेर उनका पापहरू क्षमा भए कि भएनन् भनी के आँखाले देख्न सकिन्छ? ______________। पाप क्षमाको कार्य बाहिरी काम हो कि भित्री? ____________। ती विश्वास नगर्ने यहूदीहरूले यसरी तर्क गरे, “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ। तिमीले भन्दैमा यस मानिसका पापहरू क्षमा भएका छैनन्। केवल परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ।”
येशूले तब एउटा काम गर्नुभयो जुन सबैले आफ्नै आँखाले देख्न सक्थे। उहाँले के गर्नुभयो (मर्कूस २:११-१२)? ___________________________________________________________ ________________। के यो काम उनीहरू सबैले देख्न सक्ने काम थियो (मर्कूस २:११-१२) ____________। अब ती यहूदीहरूले “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ! तिमीले भन्दैमा यो मानिसको रोग निको हुने होइन, भएको पनि छैन” भनेर भन्न सक्थ्यो? ______________। किन?
येशूले चंगाइको त्यो ठूलो आश्चर्यकर्म गर्न सक्नुभयो भने उहाँले पाप क्षमाको झन् ठूलो आश्चर्यकर्म पनि गर्न सक्नुहुन्छ भन्ने प्रमाण यहाँ पाउँछौं (मर्कूस २:१०)! रोगको समस्यालाई हल गर्न सक्नुहुने परमेश्वरले पापको समस्यालाई पनि हल गर्न सक्नुहुन्छ!
तपाईंले नि? आफूले पापको क्षमा पाएको छु भनी अरुलाई कसरी प्रमाण दिन सक्नुहुन्छ?

परमेश्वरले तपाईंलाई बचाउनुभएको छ र तपाईंका सबै पापहरू क्षमा गरिदिनुभएको छ भनेर तपाईंले आफ्ना साथीहरूलाई कसरी देखाउन सक्नुहुन्छ? बाहिरबाट हेर्दा तपाईं सफा हुनहुन्छ कि हुनुहुन्न (अर्थात् तपाईंले हात मुख धुनुभएको छ कि छैन) भनेर त उनीहरूले देख्न सक्छन्, तर भित्र हृदयमा तपाईं कत्तिको सफा हुनुहुन्छ भनेर उनीहरूले के देख्न सक्छन्? तपाईंका पापहरू साँच्चै क्षमा भएका छन् र तपाईं साँच्चै परमेश्वरको सन्तान बन्नुभएको छ भनेर उनीहरूलाई कसरी प्रमाण दिन सक्नुहुन्छ? यूहन्ना ३:८ हेर्नुहोस्। के हावालाई देख्न सकिन्छ? हावा छ भनेर कसरी जान्न सकिन्छ? यदि हावा चल्दैछ भने त्यसले काम गर्छ र त्यसको असर देख्न सकिन्छ! यदि तपाईंका पापहरू क्षमा भएका छन् भने के तपाईंको जीवनले त्यो देखाउन सक्छ? ______________। कसरी?
येशूले गर्नुभएका आश्चर्यकर्महरूले एउटा कुराको स्पष्ट प्रमाण दिन्छ। त्यो यही हो उहाँले साना र ठूला सबैका हृदयहरूमा झन् ठूला आश्चर्यकर्महरू गर्न सक्नुहन्छ! केही उदाहरणहरू हेरौं:
याद राख्नुहोस्, येशूले निको पार्नुभएको प्रत्येक रोगी, बिरामी, पक्षघाती, कोरी मानिस अखिरमा मर्नै पर्यो! अनि बिचरा लाजरस (यूहन्ना ११ अध्याय)! येशूले उसलाई मृत्युबाट बिउँताउनुभयो तर ऊ पनि पछि फेरि दोस्रो पटक मर्नै पर्यो। दुई-दुई पटक मर्ने चाहना तपाईंलाई हुन्छ होला? _____________।
मानिसको सबभन्दा ठूलो समस्या न ता उसको दृष्टि हो न ता उसको शारिरीक स्वस्थ्य नै। हामी सबैलाई शरीरमा स्वस्थ रहने चाहना भए तापनि यो नै सबभन्दा महत्वपूर्ण कुरा होइन। सबभन्दा महत्वपूर्ण कुराचाहिँ प्रभु येशू ख्रीष्टसँग एउटा जिउँदो, साँचो र गजबको सम्बन्ध हुनु हो। यसलाई भनिन्छ मुक्तिको आश्चर्यकर्म!
के तपाईंले आफ्नो जीवनमा सबैभन्दा महान् आश्चर्यकर्मको अनुभव पाउनुभयो? यदि पाउनुभयो भने मुक्तिदाताको विषयमा अरुलाई पनि किन नबताउने ता कि उनीहरूले उहाँमाथि विश्वास गरुन् र उनीहरूले पनि यो आश्चर्यकर्मको अनुभव गरून्।
|
पालुङ चर्च |