येशूले हुनुहुन्छ भन्ने विषयमा मानिसहरू अनेक विचार गर्छन्। येशू संसारमा हिँड्डुल गर्नुहुँदा मानिसहरूले उहाँले हुनुहुन्छ भनी ठान्दथे (मत्ती १६:१३-१४)? _____________________ _____________________________________________________________________________________ ____________________________________________________________। (टिप्पणी: तिनीहरूले येशू मृत्युबाट बौरनुभएको कुनै एक भविष्यवक्ता हुनुहुन्छ भनी ठाने।) येशूका शत्रुहरूले चाहिँ “ऊसँग _________ ___________ छ” (यूहन्ना १०:२०) भन्दै उहाँलाई पागलको संज्ञा दिए। उहाँका आश्चर्यकर्महरू शैतानको शक्तिले गरिएका हुन् भनी उहाँलाई झूटा आरोप लगाए (मत्ती १२:२२-२६, मर्कूस ३:२२)। उनीहरूले उहाँलाई “तिमी __________ हौ” (यूहन्ना ८:४८) भने। कसैलाई “सामरी” भन्नु उसको अनादर गर्नु थियो किनभने यहूदीहरू सामरीहरूलाई घृणा गर्दथे।
आज पनि मानिसहरू येशूले हुनुहुन्छ भन्ने विषयमा अनेक विचार गर्छन्। कति भन्छन्, उहाँ एक महान् गुरु हुनुहुन्थ्यो। अरुहरू भन्छन्, उहाँ ईशाई धर्मका संस्थापक हुनुहुन्छ। कति भन्छन्, उहाँ एक ठूला भविष्यवक्ता हुनुहुन्छ। अरुहरू भन्छन्, उहाँ अहिलेसम्मको सबभन्दा महान् पुरुष हुनुहुन्छ।
येशूले हुनुहुन्थ्यो भनेर आफ्ना साथीहरूलाई सोध्नुहोस्। उनीहरू के जवाफ दिन्छन्? शिक्षकहरू के जवाफ दिन्छन्? तपाईंले चिन्नुभएका अरु मानिसहरू के जवाफ दिन्छन्?
येशू बास्तवमाले हुनुहुन्छ? यो बुझ्नैपर्ने विषय हो। प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु। उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञा पालन गर्नेछु (लूका ६:४६ हेर्नुहोस्)।
येशू झूटा हुन् भन्नेले के उहाँमाथि भरोसा राख्न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ? येशू पागल हुन् भन्नेले के उहाँलाई मुक्तिदाताको रुपमा विश्वास गर्न सक्छ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ। ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ। येशू २००० वर्ष अघि मर्नुभएको मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न।
| येशू |
... |
हुनुहुन्छ भने | मेरो जिम्मेवारी |
| उहाँ | सर्वशक्तिमान् परमेश्वर, सर्वोच्च प्रभु | हुनुहुन्छ भने | मैले उहाँलाई दण्डवत्, प्रेम, आदर गर्नुपर्छ, उहाँको डर मान्नुपर्छ, आज्ञापालन गर्नुपर्छ र उहाँको सेवा गर्नुपर्छ |
| उहाँ | असल गुरु मात्र | हुनुहुन्छ भने | उहाँको कुरा सुन्नुपर्छ तर अरु गुरुहरूको कुरा पनि सुन्नुपर्छ |
| उहाँ | भविष्यवक्ता मात्र | हुनुहुन्छ भने | अरु भविष्यवक्ताहरूको पनि प्रतिक्षा गर्नुपर्छ र उनीहरूको कुरा पनि सुन्नुपर्छ |
| उहाँ | मरेर गएका मानिस मात्र | हुनुहुन्छ भने | मरेर गइसकेका मानिसले मलाई सहायता गर्न सक्दैनन् भनी महसुस गर्नुपर्छ |
| उहाँ | झूटो व्यक्ति | हुनुहुन्छ भने | उहाँको कुरा मैले विश्वास गर्नुहुँदैन किनभने मूर्खले मात्र झूटो व्यक्तिको कुरा विश्वास गर्छ |
| उहाँ | पागल | हुनुहुन्छ भने | उहाँलाई पछयाउनु हुँदैन किनभने मूर्खहरू मात्र पागल मानिसका पछि लाग्छन् |
(मर्कूस १४:६१-६२)
धेरै हिसाबमा येशू अरू मानिस जस्तै हुनुहुन्थ्यो। उहाँको शारीरिक रुप असाधारण थिएन। निश्चय पनि उहाँ प्यालेस्टाइनका अरू यहूदी पुरुषहरू जस्तै देखिनुहुन्थ्यो। उहाँको शिरमाथि कुनै तेजिलो चमक थिएन (यद्यपि कतिपय चित्रहरूमा त्यस्तो देखाइन्छ)। उहाँको केश चेलाहरू वा अरु मानिसहरूका जस्तै छोटो थियो (यद्यपि कतिपय चित्रहरुमा उहाँलाई लामो केश पालेको देखाइन्छ)। उमेरमा उहाँ करीब ३० वर्षको देखिनुहुन्थ्यो (लूका ३:२३ र यूहन्ना ८:५७ दाँज्नुहोस्)। यहूदीहरूले उहाँलाई स्वर्गबाट ओर्लेर आउनुभएको व्यक्तिको रूपमा नभएर यूसुफको परिवारबाट आउनुभएका व्यक्तिको रूपमा मात्र चिन्दथे (यूहन्ना ६:४१-४२, मत्ती १३:५५-५६ दाँज्नुहोस्)। तरैपनि कसैले दावी नगरेका आश्चर्यपूर्ण दावीहरू उहाँले गर्नुभयो! निम्न कुराहरूलाई विचार गरौं:
यूहन्ना ८:५६ मा येशूले भन्नुभयो, “अब्राहामले मेरो दिन देखे र आनन्दित भए।” यूहन्ना ८:५७ अनुसार यहूदीहरूलाई थाहा थियो कि येशू _________ वर्ष भन्दा बढी हुनुहुन्नथ्यो। तब तिनीहरूले येशूलाई सोधे, “के तिमीले अब्राहामलाई देखेका छौ र?” (५७ पद)। अब्राहाम करीब २००० ई.पू. (B.C.) मा (येशू पृथ्वीमा हिँड्डुल गर्नुभन्दा २००० वर्ष पहिले) जिउँथे। येशूले उनीहरूको प्रश्नको जवाफ कसरी दिनुभयो (यूह्न्ना ८:५८ )? ____________________________________ _______________________________। मानौं कसैले तपाईंलाई भन्यो, “मेरो कुरा सुन्नुहोस् त। मेरो उमेर २००० वर्ष नाघिसक्यो।“ यो सुनेर तपाईंलाई कस्तो लाग्छ होला?
तर येशू न ठट्टा गर्दैहुनुहुन्थ्यो न ता उहाँ पागल हुनुहुन्थ्यो। मानिसको रुपमा उहाँ ३० वर्ष जति पुग्नुभएको थियो, तर उहाँ परमेश्वर नै हुनुभएकोले उहाँ अनन्तको वचन हुनुहुन्थ्यो (यूहन्ना १:१-२ हेर्नुहोस्)! बप्तिस्मा दिने यूहन्ना येशूभन्दा छ महिना जेठा थिए तर यूहन्नाले बुझेका थिए कि “यूहन्ना हुनुभन्दा अघि येशू हुनुहुन्थ्यो!” (यूहन्ना १:३० पढ्नुहोस्)। बास्तवमा संसार हुनुभन्दा पहिले येशू हुनुहुन्थ्यो (यूहन्ना १७:५,२४ हेर्नुहोस्)! अनन्त परमेश्वर हाम्रो लागि क्रूसमा मर्नका लागि अनन्तताबाट आउनुभयो, एउटा मानिस बन्नुभयो!
यहूदीहरूलाई छक्क पार्ने गरी येशूले पक्षाघातको रोगीलाई के भन्नुभयो (मर्कूस २:५)? ________________________________________________________। पाप क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७)? ________________। जसको विरुद्धमा हामीले पाप गरेका छौं र जसलाई चोट पुर्याएका छौं उही व्यक्तिले मात्र हामीलाई क्षमा दिन सक्छन्। यदि मैले कसैलाई नाकमा एक बक्सिङ्ग (मुड्कि) दिएँ भने, क्षमा पाउन म त्यही व्यक्तिकहाँ जानुपर्छ किनभने मैले चोट पुर्याएको र अपमान गरेको व्यक्ति उही नै हो। हाम्रो प्रत्येक पापले कसलाई चोट पुर्याउँछ र अपमान गर्छ (भजन संग्रह ५१:४)? ________________। तब हामीलाई कसले मात्र क्षमा दिन सक्नुहुन्छ? ________________। कुनै समान्य मानिसले पापहरू क्षमा गर्न सक्छु भनेर दावी गर्न मिल्छ? ______________। येशू ख्रीष्ट पापहरू साँच्चै क्षमा गर्न सक्नुहुने व्यक्ति हुनुहुन्थ्यो भने उहाँ पक्कै पनिले हुनुपर्छ? _________________।
मानिसलाई इन्साफ गर्ने र कतिपयलाई सदाका लागि नरक-कुण्डमा पठाउने अधिकार परमेश्वरलाई बाहेक अरु कसैलाई छ (दाँज्नुहोस् याकूब ४:१२)? ________। के येशूले उक्त अधिकार आफूसित भएको दावी गर्नुभयो (यूहन्ना ५:२२,२७, मत्ती २५:३१-४६)? ____________। यदि येशू एक सामान्य मानिस मात्र हुनुहुन्थ्यो भने आफूलाई सबै मानिसको अन्तिम इन्साफ गर्ने न्यायकर्ताको रूपमा प्रस्तुत गर्नु उचित हो? __________। यदि येशू सारा संसारको न्यायकर्ता साँच्चै नै हुनुहुन्छ भने उहाँ पक्कै पनिले हुनुपर्छ? ________________।
“मसिह” शब्दकै अर्थ भएको अर्को कुन शब्द छ जुन नयाँ नियममा धेरै पटक पाइन्छ (यूहन्ना १:४१)? ____________। पवित्रशास्त्र (पूरानो नियम) राम्ररी जानेका यहूदीहरूले आउनेवाला मसिह निम्न बमोजिम हुनुहुनेछ भनी बुझेका थिए (जोडा मिलाउनुहोस्):
१. _________ २. _________ ३. _________ | “शक्तिशाली परमेश्वर” नाउँ गरेको राजाशासक जो अनन्तको परमेश्वर हुनुहुन्छराजा जसको राज्य वा शासन कहिल्यै अन्त हुनेछैन तर सदासर्वदा हुनेछ | (क) यशैया ९:६(ख) दनियल ७:१३(ग) मिका ५:२ |
तसर्थ, कुनै मानिसले आफू मसिह अथवा ख्रीष्ट हुँ भनी दावी गर्नु यसो भन्नु बराबर थियो, “मचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको राजा हुँ। म नै अनन्तदेखिको सर्वशक्तिमान परमेश्वर हुँ अनि मैले नै सदासर्वदा शासन गर्नेछु।“ यदि कुनै राजा वा राष्ट्रपतिले आफ्नो विषयमा त्यस्तो घोषणा गर्यो भने तपाईंले के सोच्नुहुनेछ?
के येशूले आफू मसिह (ख्रीष्ट) हुँ भनी दावी गर्नु भयो (यूहन्ना ४:२५-२६)? ____________। के तपाईं उहाँ साँच्चै नै मसिह (ख्रीष्ट) हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ? ____________।
के येशूले कहिल्यै “म परमेश्वरको पुत्र हुँ” भनी भन्नुभयो (यूहन्ना १०:३६ र यूहन्ना ९:३५-३८ पढ्नुहोस्)? ______________। के पत्रुसले मत्ती १६:१६ मा ठीक जवाफ दिए? ____________। ख्रीष्टले हुनुहुन्छ भनेर पत्रुसले कसरी जाने (मत्ती १६:१७ हेर्नुहोस् र सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्)?
उहाँलाई महापूजाहारीले “के तँ परमधन्य (परमेश्वर) का पुत्र ख्रीष्ट होस्?” भनी प्रश्न गर्दा येशूको जवाफ के थियो (मर्कूस १४:६१-६२)? ___________________________________।
कसैले भन्ला, “येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दावी गर्नुभएको हो तर उहाँले आफू परमेश्वर नै हुँ भनेर दावी गर्नुभएन। त्यसैले उहाँ परमेश्वर हुनुहुन्नथ्यो, केवल परमेश्वरको पुत्र हुनुहुन्थ्यो।” तर “परमेश्वरको पुत्र” भन्नाले के बुझिन्थ्यो त्यसबेला? त्यसबेलाका मानिसहरूले के बुझ्थे?
कसैले आफ्ना पिता परमेश्वर हुनुहुन्छ (आफूचाहिँ परमेश्वरको पुत्र हुँ) भनी दावी गर्नु उसले आफूलाई प _____________को ब _____________ तुल्याउनु थियो (यूहन्ना ५:१८)। तसर्थ “परमेश्वरको पुत्र” को स्पष्ट अर्थ यो थियो:
“परमेश्वरको पुत्र” = “परमेश्वर”
मानौं प्रकाश प्रजापतिको बाबुको नाम हेमन्त प्रजापति रहेछ। के प्रकाश “प्रजापतिको छोरा” हो? _________। अनि प्रकाश पनि प्रजापति नै हो? __________। प्रकाश प्रजापतिचाहिँ एक प्रजापतिको छोरा हो अनि ऊ आफै पनि प्रजापति हो! येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र आफैं पनि परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनहुन्छ र साथै परमेश्वर पनि हुनुहुन्छ। उहाँ परमेश्वरसँग हुनुहुन्छ, त्यति मात्र नभएर उहाँ परमेश्वर नै हुनुहुन्छ (यूहन्ना १:१)! उहाँ परमेश्वरको पुत्र मात्र हुनुहुन्न, उहाँ परमेश्वरसँग एक हुनुहुन्छ (यूहन्ना १०:३०)! के येशूले आफू परमेश्वर हुँ भनी साँच्चै नै दावी गर्नुभयो (यूहन्ना १०:३३)? _______________। के यहूदीहरू उहाँको दावी सुनेर खुशी भए (यूहन्ना १०:३०-३३)? ______________।
(मत्ती १६:१५)
मत्ती १६:१५ मा प्रभु येशूले चेलाहरूका सामु राख्नुभएको प्रश्न नै सबभन्दा महत्वपूर्ण प्रश्न हो: “तर _____________चाहिँ नि के भन्छौ मले हुँ?” तपाईंचाहिँ के सोच्नुहुन्छ? ख्रीष्टले हुनुहुन्छ? तपाईं के जवाफ दिनुहुन्छ? तपाईंको अनन्त भविष्य यसैमा भर पर्छ!! यसको मतलब मृत्यु पछाडि तपाईं अनन्तको लागि कुन ठाउँमा पुग्नुहुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। येशूले यूहन्ना ८:२४ मा भन्नुभयो, “किनभने ______ _________ _______ भनी तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ।” आफू जो हुँ भनेर जति पनि कुराहरू येशूले भन्नुभ ती विश्वास गर्न हामी जिम्मेवार छौं!!!

|
पालुङ चर्च |