हाम्रो विश्वासको वक्तव्य
१) पवित्र शास्त्रहरू
हामी विश्वास गर्दछौं, पुरानो र नयाँ नियमका पवित्र शास्त्रहरू
—
- पूर्ण र
शाब्दिक रूपमा
परमेश्वरका वचन हुन् (२ तिमोथी ३:१६-१७; २ पत्रुस १:२०-२१; मत्ती ५:१८),
- परमेश्वरबाट निश्वासित हुन् (२ तिमोथी ३:१६),
- विश्वास र जीवन सम्बन्धी अन्तिम अख्तियार हुन् (यूहन्ना १६:१२-१३; २ तिमोथी
३:१७),
- मूल लेखोटहरूमा त्रुटिरहित छन् (मत्ती ५:१८),
- अचूक छन् (मत्ती ५:१८)।
२) परमेश्वर
हामी विश्वास गर्दछौं, एउटै त्रिएक परमेश्वरमा (व्यवस्था ६:४;
मत्ती २८:१९) —
- जसको अस्तित्व अनादिदेखि तीन व्यक्तिहरूमा रहँदै आएको छ
- जोहरू पिता र पुत्र र पवित्र आत्मा हुनुहुन्छ (२ कोरिन्थी १३:१४; मत्ती
२८:१९), जोहरू,
- अस्तित्वमा सह-अनन्त हुनुहुन्छ,
- स्वभावमा अभिन्न हुनुहुन्छ,
- शक्ति र महिमामा बराबर हुनुहुन्छ,
- गुणहरू र सिद्धताहरूमा समान हुनुहुन्छ।
३) ख्रीष्टको व्यक्तित्व र कार्य
हामी विश्वास गर्दछौं, प्रभु येशू ख्रीष्ट —
- परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ (यूहन्ना १:१,२,१४),
- जो पवित्र आत्माबाटको गर्भधारणद्वारा कन्या मरियमबाट जन्मनुभई मानिस
बन्नुभयो तापनि आफ्नो ईश्वरत्व कायमै राख्नुभयो (लूका १:३५, यूहन्ना १:१४)।
उहाँ मानिस बन्नुको उद्देश्य थियो –
- परमेश्वरलाई प्रकट गर्नु (यूहन्ना १:१८) र
- पापी मानिसको उद्धार गर्नु (१ तिमोथी १:१५)।
- उहाँ मानिसको प्रतिनिधि हुनुभई –
- क्रूसमा हाम्रो सट्टामा बलिको रूपमा मर्नुभई हाम्रो उद्धार पूरा
गर्नुभयो (रोमी ३:२४; एफेसी १:७; १ पत्रुस २:२४), र
- मरेकाहरूबाटको उहाँको वास्तविक, शारीरिक बौरिउठाइले हाम्रो धर्मीकरण
पक्का भयो (रोमी ३:२५; १ पत्रुस १:३-५), र
- उहाँ स-शरीर स्वर्गारोहण हुनुभएर परमेश्वरको दाहिने बाहुलीमा उच्च
पारिनुभयो जहाँ अहिले महापूजाहारी भएर हाम्रो प्रतिनिधि, मध्यस्त र वकिलको
काम गर्दैहुनुहुन्छ (प्रेरित १:९,१०; हिब्रू ९:२४; ७:२५; रोमी ८:३४; १
यूहन्ना २:१-२)।
४) पवित्र आत्माको व्यक्तित्व र कार्य
हामी विश्वास गर्दछौं, पवित्र आत्मा एक ईश्वरीय व्यक्ति हुनुहुन्छ
जसले —
- संसारलाई पापको, धार्मिकताको र न्यायको विषयमा कायल पार्नुहुन्छ (यूहन्ना
१६:८-११),
- सबै विश्वासीहरूलाई नयाँ गरी जन्माउने, ख्रीष्टको शरीरभित्र बप्तिस्मा
गराउने, उनीहरूभित्र बास गर्ने र छुटकाराको दिनसम्म उनीहरूलाई छाप मार्ने
अलौकिक काम गर्नुहुन्छ (२ कोरिन्थी ३:६; १ कोरिन्थी १२:१२-१४; रोमी ८:९; एफेसी
१:१३-१४),
- विश्वासीहरूलाई सबै सत्यताहरूभित्र डोर्याउनुहुन्छ (यूहन्ना १६:१३; १
यूहन्ना २:२०,२७); अनि पवित्र आत्माले भरपूर हुनु प्रत्येक विश्वासीको
विशेषाधिकार र कर्तव्य हो (एफेसी ५:१८)।
५) मानिसको पूर्ण भ्रष्टता
हामी विश्वास गर्दछौं, मानिस —
- परमेश्वरको स्वरूप तथा प्रतिरूपमा सृष्टि गरिएको थियो (उत्पत्ति १:२६-२७), र
- आदमले पाप गर्दा मानव जाति नै पतन भयो, मानिस पाप स्वभावको भागीदार बन्यो र
परमेश्वरबाट अलग हुन पुग्यो (रोमी ३:२२-२३; ५:१२);
- मानिस पूरै भ्रष्ट छ र आफ्नो पतित अवस्थाबाट मुक्त हुन ऊ, आफैमा,
पूर्ण रूपमा असमर्थ छ (एफेसी २:१-३,१२)।
६) मुक्ति
हामी विश्वास गर्दछौं, मुक्ति —
- मानिसलाई अनुग्रहमा प्रदान गरिएको परमेश्वरको दान हो (एफेसी २:८-९);
- जुन प्राप्त गर्न एक व्यक्तिले प्रभु येशू ख्रीष्टमा व्यक्तिगतरूपमा विश्वास
गर्नुपर्छ (एफेसी २:८; यूहन्ना १:१२);
- जुन हामीलाई दिलाउन प्रभु येशू ख्रीष्टले आफ्नो बहुमूल्य रगत हाम्रा
पापहरूको क्षमाका लागि कलवरीमा बहाउनुभयो (एफेसी १:७; १ पत्रुस १:१८-१९)।
७) विश्वासीहरूको अनन्त सुरक्षा र मुक्तिको निश्वयता
हामी विश्वास गर्दछौं, सबै उद्धार पाएकाहरू
—
- एक पटक बचाइएपछि परमेश्वरको शक्तिले सुरक्षित राखिन्छन् र यसरी ख्रीष्टमा
अनन्तसम्मै सुरक्षित रहन्छन् (यूहन्ना ६:३७-४०; १०:२७-३०; रोमी ८:१,३८,३९; १
कोरिन्थी १:४-८; १ पत्रुस १:५);
- उनीहरू परमेश्वरको वचनले दिएको गवाहीको आधारमा आफ्नो मुक्तिको निश्चयतामा
रमाहट गर्न सक्छन्, तरैपनि, त्यही वचनद्वारा आफ्नो स्वतन्त्रतालाई शरीरको
अभिलाषा पूरा गर्नदेखि प्रतिबन्धित छन् (रोमी १३:१३-१४; गलाती ५:१३; तीतस
२:११-१५)।
८) विश्वासीका दुई स्वभावहरू
हामी विश्वास गर्दछौं, मुक्ति पाएको प्रत्येक व्यक्तिसँग
—
- दुइटा स्वभावहरू हुन्छन् (रोमी ६:१३; ८:१२-१३),
- जसमा उसको नयाँ स्वभावले पुरानो स्वभावमाथि उसभित्र बास गर्नुहुने पवित्र
आत्माद्वारा ऊ विजयी बन्न सक्ने प्रबन्ध गरिएको छ (गलाती ५:१६-२५; एफेसी ४:२२-२४;
कलस्सी ३:१०; १ पत्रुस १:१४-१६; १ यूहन्ना ३:५-९);
- अनि वर्तमान जीवनमै पुरानो स्वभाव निर्मूल हुन सक्छ भन्ने दाबी अ-बाइबलीय
हो (१ यूहन्ना १:८-१०)
९) अलगपनता
हामी विश्वास गर्दछौं, मुक्ति पाएका सबै —
- आफ्ना मुक्तिदाता र प्रभुको निन्दा नहुने तरिकाले जीवन बिताउन जिम्मेवार
छन् (२ तिमोथी ३:१-५; रोमी १२:१-२; १४:१३) र
- उनीहरूलाई सबै झूटा शिक्षा र अभ्यासदेखि साथै सबै सांसारिक र पापपूर्ण
मोजमज्जा, क्रियाकलाप र सङ्गतदेखि अलग रहनलाई परमेश्वरको आज्ञा छ (१ यूहन्ना
२:१५-१७; २ यूहन्ना ९-११; २ कोरिन्थी ६:१४-७:१)
१०) सुसमाचार प्रचार
हामी विश्वास गर्दछौं, मुक्ति पाएकाहरू —
- आफ्नो जीवनको र मुखको गवाहीद्वारा पवित्र शास्त्रका सत्यताहरूको साक्षी हुन
जिम्मेवार छन् (प्रेरित १:८), र
- सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास गर्न जिम्मेवार छन् (मर्कूस
१६:१५; २ कोरिन्थी ५:१९-२०)।
११) सेवाकाइ तथा आत्मिक वरदानहरू
हामी विश्वास गर्दछौं, आत्मिक वरदानहरू —
- परमेश्वरले आफ्नो सार्वभौम इच्छा बमोजिम प्रदान गर्नुहुन्छ (१ कोरिन्थी
१२:४-११) र
- आज पवित्र जनहरूलाई सिद्ध बनाउन प्रचारक, पास्टर, र शिक्षकका दानहरू यथेष्ट
छन् (एफेसी ४:७-१२), र
- नयाँ नियम पवित्र शास्त्रहरू लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने
क्रममा अन्यभाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्महरू गर्ने कामहरू बिस्तारै बन्द
भए (२ कोरिन्थी १२:१२; १ कोरिन्थी १३:८)।
- परमेश्वरले आफ्नो इच्छा बमोजिम रोगी-बिरामी र कष्टित व्यक्तिका लागि गरिएको
विश्वासको प्रार्थना सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ (यूहन्ना १५:७; १
यूहन्ना ५:१४-१५; याकूब ५:१४-१५)।
१२) मण्डली
हामी विश्वास गर्दछौं, मण्डली —
- ख्रीष्टको शरीर र मगनी गरिएको दुलही हो (एफेसी १:२२-२३; ५:२५,२७; २
कोरिन्थी ११:२), र
- वर्तमान युगमा नयाँ जन्म पाएका सबै व्यक्तिहरूले बनेको एक आत्मिक संरचना हो
(१ कोरिन्थी १२:१२-१४)।
- स्थानीय मण्डलीहरूको स्थापना र निरन्तरता नयाँ नियम पवित्र शास्त्रहरूमा
प्रस्ट सिकाइएको र परिभाषित गरिएको विषयवस्तु हो (प्रेरित १४:२७; २०:१७,२८-३२; १
तिमोथी ३:१-१३; तीतस १:५-११)।
१३) विधिहरू
हामी विश्वास गर्दछौं, दुइटा विधिहरू —
- पालन गर्न ख्रीष्टियनहरूलाई आज्ञा गरिएको छ, ती हुन्
–
- पानीको बप्तिस्मा (मत्ती २८:१९) र
- प्रभु-भोज (१ कोरिन्थी ११:२३-३३)
- पानीको बप्तिस्माले मुक्ति पाइँदैन तर मुक्ति पाएपछि एउटा व्यक्तिले
लिनुपर्ने कदम बप्तिस्माको हो जसद्वारा उसले संसारलाई आफू ख्रीष्टको मृत्युमा,
दफनमा र बौरिउठाइमा एकसाथ जोरिएको तथ्य (सम्मिलिकरण) को चित्रणरूपी गवाही दिने काम
गर्दछ (रोमी ६:४; कलस्सी २:९-१३)।
- पानीको बप्तिस्माको बाइबलीय तरिका चोपल्नु हो (प्रेरित ८:३८-३९)।
- प्रभु-भोजको शुरूआत येशू ख्रीष्टले गर्नुभएको हो र यो उहाँ नआउन्जेलसम्म
उहाँको मृत्युको सम्झनामा गरिन्छ (१ कोरिन्थी ११:२६)।
- पानीको बप्तिस्मा केवल एक पटक लिइन्छ जो सम्मिलिकरणको चित्रण हो र जीवनको
नयाँपनाको गवाही हो (रोमी ६:४), तर प्रभु-भोज सम्झनाका लागि हो र यो हाम्रो
प्रभु येशू ख्रीष्टको शरीर र बहाइएको रगतको सम्झनामा पटक-पटक लिइनुपर्छ (१
कोरिन्थी ११:२५)।
- प्रभु-भोजमा नयाँ जन्म पाएका सबै विश्वासीहरू सहभागी हुन सक्छन्।
१४) शैतानको व्यक्तित्व
हामी विश्वास गर्दछौं, शैतान —
- एक व्यक्ति हो
- पापको कर्ता र मानिसको पतनको कारक हो (यशैया १४:१२-१७; उत्पत्ति ३:१-६)
- परमेश्वर र मानिसको खुलेआम शत्रु हो (अय्युब १:६-७; २ कोरिन्थी ४:३-४; १
पत्रुस ५:८; मत्ती ४:२-११) र
- ऊ आगोको झीलमा अनन्तसम्म दण्डित हुनेछ (मत्ती २५:४१; प्रकाश २०:१०)।
१५) बाइबलको व्याख्या
हामी विश्वास गर्दछौं, बाइबलको व्याख्या —
- शब्दहरूको अक्षरश:, सामान्य, स्वभाविक र मौलिक अर्थमा आधारित हुनुपर्छ र
अक्षरश: अर्थ अनर्थ हुने खण्डमा मात्र अर्को (लाक्षणिक) अर्थ खोज्नुपर्छ।
- बाइबलको सही व्याख्या प्रबन्धवादी (Dispensational)
व्याख्या हो भन्ने हामी मान्दछौं, तर
प्रभु-भोज र पानीको बप्तिस्मा वर्तमान मण्डली युगका लागि होइनन् भन्ने जस्ता
शिक्षा अपनाउने "उग्र-प्रबन्धवादी"
(Ultra-dispensational)
शिक्षालाई अस्वीकार गर्दछौं (मत्ती २८:१९-२०; प्रेरित २:४१-४२; १८:८; १
कोरिन्थी ११:२३-२६)।
१६) ख्रीष्टको दोश्रो आगमन
हामी विश्वास गर्दछौं, ख्रीष्टको दोश्रो आगमन
—
- त्यो "धन्यको
आशा" हो (तीतस
२:१३),
- जुन आशा त्यो दिन पूरा हुनेछ जब प्रभु येशू ख्रीष्ट स्वयं उद्धार
पाएकाहरूलाई लिनलाई आकाशमा आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८),
- जुन आगमन कुनै पनि घडी हुन सक्नेछ (१ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी
१:९),
- तरैपनि उक्त आगमन हजार वर्षको राज्यभन्दा अगाडि हुने संकष्टकालभन्दा पनि
अगाडि हुनेछ (१ थेस्सलोनिकी १:९-१०, ५:९; प्रकाश ३:१०),
- जुन संकष्टकालपछि प्रभु येशू ख्रीष्ट आफ्ना पवित्र जनहरूलाई साथमा लिएर
पृथ्वीमा आफ्नो हजार वर्षको राज्यलाई स्थापना गर्न स्वर्गबाट ओर्लनुहुनेछ
(प्रकाश १९:११-१६; २०:१-६)।
१७) अनन्त अवस्थिति
हामी विश्वास गर्दछौं, मानिसको अनन्त अवस्थितिमा जसका लागि
—
- सबै मानिसहरू स-शरीर बौराइनेछन् (यूहन्ना ५:२८)
- मुक्ति पाएकाहरू अनन्त जीवनका लागि (यूहन्ना ५:२९क; मत्ती २५:४६ख),
- मुक्ति नपाएकाहरू न्याय र अनन्त दण्डका लागि (यूहन्ना ५:२९ख; मत्ती
२५:४६क; प्रकाश २०:५,६,१२,१३)।
- मरणपछि उद्धार पाएकाहरूका प्राणहरू –
- शरीरबाट अलग भएर प्रभुसित रहन जान्छन् (लूका २३:४३; २ कोरिन्थी ५:८;
फिलिप्पी १:२३), र
- आनन्दमय चेतनामै पहिलो बौरिउठाइको घडीसम्म रहन्छन् (प्रकाश २०:४-६; १
थेस्सलोनिकी ४:१६-१७),
- जुन घडी आत्मा, प्राण र शरीरको मिलन भई उनीहरू सदाका लागि प्रभुसित महिमित
अवस्थामा हुनेछन् (फिलिप्पी ३:२१)।
- मरणपछि उद्धार नपाएकाहरूका प्राणहरू –
- दोश्रो बौरिउठाइसम्म कष्टको चेतनामै रहन्छन् (लूका १६:१९-२६),
- जब प्राण र शरीर जोडिएर उनीहरू ठूलो सेतो सिंहासनका सामु देखा पर्नेछन्
र आगोको झीलभित्र फ्याँकिनेछन् जहाँ उनीहरू अस्तित्वहीन भएर जानेछैनन् बरू
अनन्तसम्म पीडायुक्त चेतनामा दण्डित हुनेछन् (मत्ती २५:४१-४६; २ थेस्सलोनिकी
१:७-९; यहूदा ६-७; मर्कूस ९:४३-४८; प्रकाश २०:११-१५)।
द्रष्टव्य: विश्वासका उपर्युक्त दफाहरूको समर्थन जनाउँदा
हामीले पुरानो र नयाँ नियम पवित्र शास्त्रहरूका कुनै पनि खण्डलाई न ता पन्छाउँदछौं
न ता कम महत्वको ठान्दछौं, तर हाम्रो विश्वासको यस वक्तव्यमा प्रकाशित सत्यताको
ज्ञान, विश्वास र स्वीकार खाँटी विश्वास र विश्वासयोग्य अभ्यासका लागि अनिवार्य
ठान्दछौं।